कविता छुटेको साथीलाई जसले पहिले माया जोर्योे, हिंडेको पशुलाई जसले पहिले गोठालो लाग्यो, निगाला खिप्दै खिप्दै घूम, देश र डोको बनायो, कठबाँस झीरले खोप्दै उडेका वरलाई बाँसुरीमा थिच्यो– भत्केकालाई लय र ननिस्केका स्वरलाई ओठले फुक्यो, ए प्रशस्त छातीले सुसेल्ने ए ताजा हावाको ताजा डाक्टर त्यो पहिला दिनको पहिला आविष्कारलाई म लोभ गर्दछु, प्यार गर्द छु, सम्झन्छु तिमीले पहिला दिन सिस्नु उसिन्दा मलाई डाकेनौ म कति रिसाएको छु । जसले आफ्नो कहानी एक विराट् गुफाबाट शुरु गरेथ्यो तँ कति सोझो नरम पाठो जस्तो जङ्गलमा उफ्रेको ए प्यारो प्यारो मेरो लोभ, मेरो कलाकार आइज, म तँलाई छातीमा टाँसेर हेर्न चाहान्छु, मुखमा खरो सूर्ती चुसेर एक पल्ट अब सुसेलेको ।
