IMG-LOGO

कृष्ण जोशी

 मंगल, फागुन १७, २०७८  शिखर पुग्नु अघि

एउटा यात्राको समाप्तिले भन्दा एउटा यात्राको प्रारम्भले मात्र पनि मनलाई त्यसै–त्यसै आन्दोलित पार्दो रहेछ गहिराइमा नदीको डुब्नुभन्दा किनारमा बसेर डुब्नुको अन्दाजले पो मनलाई त बिथोल्दो रहेछ ।   अपराधपछिको अपराधी सन्त्रास भोग्नुभन्दा अपराध तयारीको सुरुआतले मात्र पनि आगो लागेझैँ पोल्दो रहेछ अपराधतर्फको प्रस्थानले भन्दा पनि बहकिने मनको बानीले पो दोष भोग्नुपर्दो रहेछ ।   ठूलो कुनै दुर्घटनामा पर्नुभन्दा पहिले दुर्घटनास्थलतर्फको अभियान पनि कहिलेकाहीँ नियन्त्रण गर्नुपर्दो रहेछ गल्ती कुनै हुनुभन्दा पहिले हुने गल्तीको मिठासबाट आन्दोलित हुन पो साह्रो रहेछ ।   पाएपछि खोजेको चिजको मूल्यलाई बिर्सनुभन्दा खोजिरहने अभियानको सुरुआत पो महँगो र सुखद रहेछ सुन्दर सर्वाङ्गहरूलाई सखाप पार्नुभन्दा त विचरणबाट मात्तिनु पो धेरै कठिन रहेछ ।   गहिराइ कति हो थाहा पाउन शिखर पुगेर खस्नुभन्दा धेरै बेर तलसम्म हेरेपछि प्रस्थान गर्नु पो शिखरबाट कठिन रहेछ शिखर पुगेर शिथिल र थकित हुनुभन्दा चिसो–चिसो हिउँ र बतास हुनुभन्दा शिखर पुग्नुअघि नै शिखर छाड्नुपनि अप्ठेरो अति धेरै अप्ठेरो रहेछ ।   घाइते कुनै ठूलो दुर्घटनाबाट हुनुभन्दा सानै घटनाको घाउ पनि पर्याप्त दुख्दो रहेछ आँखाहरू सबैलाई छलेर केही क्षण एकान्त जङ्गलसँग साटिनुभन्दा पसल–पसल सहरमा टाँगिनु पनि कठिन रहेछ घर–घरमा बत्तीहरू, अँध्यारो पनि महँगो छ शिखर पुग्ने पनि हतार छ शिखर पुग्नुअघि शिखर छाड्न पनि कठिन छ ठूलो दुर्घटनालाई छल्न सानो घटनालाई भोग्न पनि हतार छ ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्