कविता मिलन घटना मात्र हुन् यसमा भाग्यको शक्ति छैन, फेरिँदो विश्वमा पल पल अलग्ग छन् निशानाको स्थिरता छैन, जीवन समानान्तर छन् क र ख दुई बिन्दुबाट रेखा हिँड्दछन् भेट हुन्छ ग बिन्दुमा गएर हेराहेरमा कोण बन्दछ परिलेखको परिमाण हुन्छ, तर मापको सानो आकारसम्म पाइँदैन । अनि घोत्लिएर हेर्दा देखिन्छ सच्चा प्रेम, नजरको वक्ररेखामा, यौवनको त्रिभुज अगाडि आउँछ चुच्चो पर्दै, ज्यामितिका पत्र पल्टिएर शून्यको खेलमा ।
