IMG-LOGO

अन्तराष्ट्रिय रेफ्रि ढकाल सम्मानित

 मंगल, बैशाख १३, २०७९  --

      पनैती–३, डिहिगाउँका  दिपेन्द्र ढकाललाई पनौती नगरपालिकाले सम्मान गरेको छ । उनले पनौतीको मात्रै नाम राखेनन् । सिङ्गो देशको नाम राखे खेल जगतको इज्जत धाने । हो उनै ढकाल हुन् ‘रोयल स्पेनिस इन्टरनेसनल ओपन तेक्वान्दो प्रतियोगिता २०२२’ मा उत्कृष्ट निर्णायक  घोषित भएपछि राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा खेलकुद  मार्फत आफ्नो नाम कमाएका काभ्रेली तेक्वान्दो रेफ्री दिपेन्द्र ढकाललाई पनौती नगरपालिकाले शुक्रबार सम्मान गरेको हो ।       चैत्र १८ देखि २० गतेसम्म स्पेनको एलिकान्टेमा भएको विश्व वरीयता जीटू तेक्वान्दो च्याम्पियन सिपमा ढकाल वेस्ट रेफ्री बन्न सफल भएका थिए । प्रतिस्पर्धामा सहभागि विभिन्न महादेशका रेफ्रीहरुलाई उछिनेर नेपाली रेफ्री ढकाल प्रथम बन्न सफल भएको भन्दै आफ्नो ठाउँ पनौती नगरपालिकाका प्रमुख भिम न्यौपाने बताउनुभयो । उहाँले राम्रो काम गर्नेलाई सम्मान गर्दा हौसला बढ्ने बताउँनुभयो ।       रेफ्री ढकाललाई पनौती नगरपालिका निवर्तमान नगर प्रमुख भिम न्यौपाने, उप–प्रमुख गिता बञ्जारा र प्रमुख प्रशासकिय अधिकृत प्रदिप पौडेल, वडा नं. १० का अध्यक्ष मोहन  भण्डारी, बरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी लगायतले खादा, टिका र सम्मान पत्रद्वारा सम्मान गर्नु भएको थियो ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्