हिन्दु धर्ममा एउटा उक्त्ति छ “ जब धर्म” र “अधर्म“ को असन्तुलन हुन्छ त्यतिबेला विष्णु भगवानले अवतार लिन्छन र धर्म र अधर्मको असन्तुलनलाई संतुलित गरिदिन्छन। आज तिनै विष्णुका छैठौ अवतार भनिएका परशुरामबारे चर्चा गर्दैछु। राम विष्णुका सातौ अवतार र कृष्ण सातौ अवतार भनिन्छ । परशुराम , राम र कृष्ण यी तिनैजना विष्णुका अवतारका रुपमा मानव रूपमा जन्म लिएका थिए भन्ने हिन्दु मान्यता छ। भगवान भनिएका राम र कृष्ण एक सामान्य मान्छेका रुपमा आफ्ना कर्मले नाम राखेर यस धरतीबाट विदा भए तर परशुरामले भागवान बिष्णुको अवतारका रुपमा जन्म लिनासाथ धर्मको स्थापना गर्नुका साथै आउने अवतारकाका लागि काम गरेको वृतान्त पाइन्छ । त्यसैले परशुरामलाई हिंदू संस्कृतिमा सात चिरंजीविमा एक मानिन्छ । परशुरामले त्रेता युग ( रामको समय अवधि), द्वापर युग (श्रीकृष्णको समय अवधि) मा सहायता र भूमिका निभाएको र कलियुगमा कल्कि अवतारलाइ आध्यात्मिक र युद्धःकलाको गुरुका रुपमा भूमिका निभाएको भनिन्छ । ऋषि व्यास, कृपाचार्य र अश्वत्थामाका साथै परशुराम ऋषिहरुमा सबैभन्दा प्रमुख मानिन्छन ।परशुराम ः अर्थात् परशु भएका राम। द्रोण, भीष्म र गर्ण जस्तै महारथिहरूका गुरू थिए। परशुरामको मुख्य हतियार परशु (बन्चरो) भएकोले उनको नाम परशुराम भएको मानिन्छ । परशुरामका पिताको नाम ऋषि जमदग्नि र माताको नाम रेणुका थियो । परशुराम एक ऋषिपुत्र भए पनि उनमा क्षत्रीय गुणहरू थिए । परशुरामले २१ पटक पृथ्वीका क्षत्रियहरूको संहार गरेका थिए । परशुराम महाभारतका एक पात्र हुन् । महाभारत युद्धमा भीष्म र परशुराम बीच भयंकर युद्ध भएको थियो। जहाँ दुवैले एक अर्कामा हतियारहरु प्रयोग गरेका थिए। कहिले परशुराम बेहोशहुन्थे भने भने कहिले भिष्म, अहिले पनि कतै युद्द भए धारमा रक्षाका लागि अझै पनि ती दुईहरुका बीचमा युद्ध भइरहेको छ भन्ने हिन्दु मान्यता । महाभारत उद्योग उत्सव अन्तर्गत खण्ड एक अध्यायमा अम्बोपाख्यान उत्सव अन्तर्गत,उनको बखान गरिएको छ । परशुराम राजा प्रसेनजितकी पुत्री रेणुका र भृगुवंशीय जमदग्निका पुत्र तथा विष्णुका अवतार र शिवका परम भक्त थिए । यिनलाई शिवबाट विशेष परशु (बन्चरो) प्राप्त भएको थियो । यिनको नाम त राम हो तर शंकर द्वारा प्रदत्त अमोघ परशुलाई सदैव धारण गरिरहने कारणले यिनलाई परशुराम भनिन्थ्यो । विष्णुका दस अवतारहरू मध्ये छैठो अवतार, जो वामन एवं रामचन्द्रको मध्येमा गनिन्छन । जमदग्निको पुत्र भएको कारण यिनला ’जामदग्न्य’ पनि भनिन्थ्यो । यिनको जन्म अक्षय तृतीया अथवा वैशाख शुक्ल तृतीयाका दिन भएको थियो । अतः यस दिन व्रत गर्ने र उत्सव मनाउने प्रथा छ । परम्परा अनुसार उनले क्षत्रिहरूको २१ पटक विनाश गरेका थिए । क्षत्रिहरूको अहंकारपूर्ण दमनबाट विश्वलाई मुक्ति दिलाउनको लागि इनको जन्म भएको थियो । परशुरामले शस्त्र विद्या द्रोणाचार्यलाई सिकायका थिए । परशुरामले शुक्राचार्य, बृहस्पति, ब्रह्माजी र शिवजीसँग प्राचीन कालको धनुर्विद्या सिकेका थिए । परशुराम भगवान शिवजीलाई आफ्ना परम गुरु मान्थे । परशुरामलाई एक सच्चा पितृ बचन पालन गर्ने मान्छेको रूपमा पनि लिइएको छ । किन भने उनले पिता जमदग्निको आज्ञाअनुसार आफ्नी माता रेणुकाको हत्या गरेका थिए । एक दिन गन्धर्वहरूको जल विहार देखेर रेणुका मोहित भइन् भन्ने कारणले ऋषि जमदग्निले परशुरामलाई उनकी माता रेणुको हत्या गरिदिने आज्ञा दिएका थिए । परशुरामले पनि निस्संकोच पितृ आज्ञा पालन गर्न रेणुकाको गर्धन काटेका थिए । पछि गएर जमदग्निले खुसी हुँदै आफ्नो आज्ञाको पालना गरेकोमा परशुरामलाई मागे अनुसारको बरदान दिने वाचा गरे । तब परशुरामले आफ्नी मरेकी आमाको पुनर्जीवन मागे । यो देखेर जमदग्निले आफ्नो योग शक्तिले रेणुकालाई जीवित गराए । मातृबधको प्रायश्चित्तका लागि परशुरामले विभिन्न तीर्थहरूको भ्रमण गरेका थिए । परशुराम माता पिताका सच्चा भक्त थिए । मातृ बधको पापबाट मुक्त हुनको लागि परशुराम तिर्थाटनमा गएका बेला एक दिन जमदग्नीको आश्रममा सिकार खेल्दै हैहय क्षेत्री वंशका कार्तविर्य अर्जुन नाम गरेका राजा आफ्नो सेना सहित आए । ऋषी जमदग्नीले पनि उनिहरूको राम्रो स्वागत गरे । राजा कार्तविर्यका सेनाको स्वागतको लागि चाहिने सबै सामान आश्रममा पालिएकी एक गाईबाट प्राप्त भएको थियो । यो देखेर राजा कार्तविर्यको मनमा ऋषीबाट ति गाई प्राप्त गर्ने विचार आयो । राजाले ऋषीसँग पहिले त गाई मागे तर जमदग्नीले आफ्नो जीवन यापन चलाएकी यी गाई न दिने आग्रह गरे । यो सुनेर राजा कार्तविर्यले आफ्नो सेनालाई गाई लुटेर लिने आदेश दिए । राजाको आज्ञानुशार सेनाले ऋषी जमदग्नीलाई बन्धक बनाएर गाई लुटेर गए । त्यो बेला परशुराम आश्रममा थिएनन् । जब परशुराम आश्रममा आए तब सबै कुराहरू थाहा पाएर राजा कार्तविर्यको राज्यमा गए । राजा कार्तविर्यका हजारवटा हातहरू थिए । परशुरामले राजा कार्तविर्यसँग युद्ध गरे । परशुरामले राजा कार्तविर्यका हजारवटा हातलाई काटेर दुइटा हातहरू मात्र राखे । अब तँलाई मानव बनाएँ आज देखि दानवता छोडेर मानवतामा परिणत हुनु भनेर आफ्नो गाई लिएर परशुराम आश्रममा फर्किए । त्यसपछी परशुराम मातृबधको पापबाट मुक्ती पाउनकोलागी तिर्थयात्रामा गएको मौका पारी राजा कार्तविर्यका छोराहरूले ऋषी जमदग्नीलाई मारेर गाई लिएर गए । परशुराम आश्रममा फर्किए पछि रेणुकाले सबैकुरा भनेर बिलाप गर्न थालिन् । रेणुका छाती पिटेर रुन लागीन् । यो देखेर परशुरामलाई साह्रै रिश उठ्यो जति पटक रेणुकाले छाती पिटेकी छन् । त्यति पटक क्षेत्रीहरूको विनास गर्ने परशुरामले आफ्नी मातालाई बचन दिए । यसरी रुँदा रेणुकाले २१ पटक छाती पिटेकी थिइन् । त्यसैले परशुरामले पनि २१ पटक पृथ्वीमा घुमे सबै क्षेत्रीयहरूको नाश गरे । सबै क्षेत्रीय स्त्रीहरूलाई ब्राह्मणद्वारा सन्तानोत्पत्न गराए । यसै गरी परशुरामले पृथ्वीमा बढेका पापीहरूलाई नष्ट गरेर नयाँ धर्मको स्थापना गरे । त्रेता युगमा भगवान रामसँगको मिलन पछि परशुरामको तेज रामले आफू माथी लगेर परशुरामलाई एक सामान्य ऋषीको रूपमा राखिदिएका थिए । मातृ–पितृ भक्त परशुराम परशुरामकी माता एक दिन कलश लिएर जल भर्नकोलागी नदीमा गइन् । त्यहाँ गंधर्व चित्ररथ अप्सराहरूका साथमा जलक्रीडा गरिरहेका थिए । उनलाई देख्दा रेणुका यती मोहित भइन् कि जल ल्याउन ढिलो भयो तथा यज्ञको समय व्यतीत भयो । उनको मानसिक स्थिति देखेर जमदग्निले आफ्ना छाराहरूलाई रेणुकाको वध गर्नको लागि भने । परशुरामको अतिरिक्त अरु कुनै पनि छोराहरूले यस्तो काम गर्न तयार भएनन् । पिताको आदेश भएपछी परशुरामले माताको वध गरे । पिता प्रसन्न भएपछी उनले वरदान स्वरूप आफ्नी माता जीवित हुने बरदान मागे । पिताबाट प्राप्त वरदान परशुरामका पिताले क्रोधको आवेशमा पटक पटक आफ्ना चारवटा छोराहरूलाई माताको हत्या गर्ने आदेश दिए । परशुरामको अतिरिक्त अरू कुनै छोरा पनि माताको बध गर्न तयार भएन । अतः जमदग्निले सबैलाई संज्ञाहीन गरीदिए । परशुरामले पिताको आज्ञा मानेर माताको शीर काटे । पिताले प्रसन्न भएर वर माग्न भने तब उनले चार वरदान मागे–माता पुनर्जीवित हउन् , उनलाई मरेको स्मृति न रहोस्, भाई चेतना–युक्त हउन् र म परमायु होऊँ । जमदग्निले उनलाई चारैवटा वरदान दिए । क्रोधी स्वभाव दुर्वाशाकै भाँति यि पनि आफ्नो क्रोधी स्वभावको लागि विख्यात छन् । एक पटक कार्तवीर्यले परशुरामको अनुपस्थितिमा आश्रम उजाडेका थिए, जसबाट परशुरामले क्रोधित भएर उसका सहस्त्र भुजाहरूलाई काटे । कार्तवीर्यका सम्बन्धिहरूले प्रतिशोधको भावनाबाट जमदग्निको वध गरे । यसमा परशुरामले २१ पटक पृथ्वीलाई क्षत्रिय–विहीन गरिदिए । प्रत्यक पटक मारिएका क्षत्रियहरूकी पत्निहरू जीवित रहे र नयाँ पीढीलाई जन्म दिए र पाँच तालहरूलाई रगतले भरिदिए । अन्तमा पितरहरूको आकाशवाणी सुनेर उनले क्षत्रिहरूसंग युद्ध गर्न छोडेर तपस्यामा ध्यान लगाए । रामावतारमा रामचन्द्रद्वारा शिवको धनुष भाँचेकोमा परशुराम क्रुद्ध भएर आएका थिए । उनले परीक्षाको लागि उनको धनुष रामचन्द्रलाई दिए । जब रामले धनुषमा ताँदो चढाइ दिए तब परशुरामले रामचन्द्र विष्णुको अवतार हुन् भन्ने थाह पाए । यसैले उनको वन्दना गरेर तपस्या गर्न गए ।
