“परिवर्तित युवा; परिवर्तित सोच; परिवर्तित राष्ट्र” भन्ने मूल नाराका साथ आज २०७७ साल चैत ३१ गते शनिबारका दिन “नयाँ युवा नयाँ सोच सेवा समाज, जिल्ला इकाई काभ्रेद्वारा २०७७ साललाई विधाई गर्दै र नव वर्ष २०७८ लाई स्वागत गर्दै, धुलिखेल नगरपालिका अन्तर्गत हजार सिडिमा प्लाष्टिकजन्ने फोहोर र वरिपरि रहेका अन्य फोहोर पत्कर लाई व्यवस्थापन गरेर सरसफाई कार्यक्रम सम्पन्न भएको छ । नयाँ वर्षलाई सफा र समृद्धिका साथ स्वागत गर्दै “स्वस्थ सहर स्वस्थ धुलिखेल” हजार–सिँडी सरसफाई अभियान सञ्चालन गरिएको छ । उक्त कार्यक्रममा धुलिखेल नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको थियो । कार्यक्रमको शुभारम्भ दिपक खत्रिको अध्यक्षतामा गरिएको हो । कार्यक्रममा विभिन्न संस्था तथा क्लबका गरी ६८ जना युवा बालबालिकाको सक्रिय सहभागिता रहेको थियो । उक्त उपस्थितिमा यूवा साथीहरुले आफूले सक्ने सहयोग गरेर वातावरणलाई स्वास्थ पार्न महत्वपूर्ण योगदान दिनुभएको थियो । धुलिखेल नगरको युवाप्रेमी ओम श्रेष्ठ, रमन यगोल श्रेष्ठको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा सम्बोधन गर्दै ओम श्रेष्ठले भन्नुभयो, धुलिखेलको हजार सिँडी भनेको पर्यटकिय स्थल हो । यहाँ आन्तरिक र बाह्य पर्यटकहरु धुम्न आउने गर्छन् । यस नगरमा विभिन्न कला, संस्कृति रहेको छ । यसको संरक्षण गर्नु हाम्रो दायित्व हो । यस क्षेत्रलाई हामीले सदैव सफा र सुन्दर राख्न जरुरी छ भन्दै भोलीका दिनहरुमा पनि मैले व्यक्तिगत रुपमा र संस्थागत रुपमा सहयोग सल्लाह दिई रहनेछु भन्नुभयो । “युवा भनेको देशलाई एउटा मार्गदर्शन गर्ने बलियो आधार हुन् । “यसरी युवाहरु जागरुक भई सक्रियताका साथ काम गर्दा विभिन्न समस्या समाधान गर्न समेत मद्दत पुग्नुका साथै युवा पुस्तामा पनि एक जाँगरको भाव देखिएको छ । भर्खरका युवायुवतीहरुलाई यसरी काम गर्दै गर्दा निकै रमाइलो र समाजप्रति हामीले गर्नुपर्ने दायित्व हो भन्ने मानसिकता विकास भएको छ । कार्यक्रममा उपस्थित भएका युवाहरुले बताए अनुसार साढे ७ देखि सुरु गरिएको कार्यक्रम १० बजे सम्पन्न भएकोे थियो। कार्यक्रममा उपस्थित भई काम गर्नुहुने सबैलाइ माक्र्स र गप्स व्यवस्था रहेको थियो । उक्त कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष खत्रीले भोलीका दिनहरुमा पनि युवा लक्षित कार्यक्रमहरु हामी गरिरहनेछौँ हामी युवाहरु एक जुट्का साथ र सहयोग विभिन्न कार्यक्रमहरु गर्नुपर्छ ,हामी युवाहरु नै सामाजिक सेवा गर्दै देशको विकास गर्नुपर्छ भनेर बताउनुभयो । पर्यटकीय क्षेत्रको प्रवर्द्धन सरसफाइ गर्नु ,हामी युवा जनशक्तीको कर्तव्य हो । आयोजना गरिएको आयोजक समितिका सचिव पवन गौतमले जानकारी दिएका छन् ।
