IMG-LOGO

कर्ण र उनका दुई पत्नी वृषाली र सुप्रियाबारे

 मंगल, बैशाख १४, २०७८  आर एल श्रमजीवी

    महाभारतका प्रेरणादायी पात्र हुन् कर्ण  हुन् ।  मलाइ उनी अभागी पात्र लाग्छ  । समयले उनलाई सफल हुन  सकेन ।  उनले सबैसामुन्ने आफ्नो पुरुषत्व देखाउन भने पछि परेनन्। दुर्योधनका अत्यन्तै मिल्ने साथी उनी उनको सिद्धान्त अनि जीवनशैली भने प्रेरणादायी मानिन्छ । म महाभारत कथाका कर्ण  र बारबरिकबाट  अत्यन्तै प्रभावित छु । महाभारतका पात्रहरूका बारे लेख्ने क्रममा मैले सबै भन्दा पहिला कणर्का बारेमा लेखेको थिए।   ‘कर्म’मा विश्वास राख्ने कर्णर्ले आफ्नो जीवन साहसी र आत्मनिर्भर भएर बाँचे। जस्तोसुकै विषम परिस्थितिबाट पनि उनी भागेनन्, बरु उनले सदगुण र वीरताको साथमा लागेर ती परिस्थितीको सामना गरे। महाभारतका सबै योद्धाहरू मध्येमा कण  र्सबैभन्दा शक्तिशाली थिए। उनी अर्जुन भन्दा पनि शक्तिशाली थिए, त्यसैले कण र्लाई हराउनको लागि अर्जुनलाई पनि हम्य-हम्य परेको थियो ।कुरुक्षेत्रको युद्धमा, इन्द्र र श्रीकृष्णको सहयोगमा नै पाण्डवहरूले कणर्लाई हराउन सकेका थिए। कणर्को दानी स्वभाव पनि सायद सबैलाई थाहै होला। सूर्यपुत्र कणर् जन्मिँदा सुनको कवच र कुण्डलसँगै जन्मिएका थिए, जसको कारणले उनलाई कसैले पनि हराउन सक्दैनथे। इन्द्रलाई यो कुरा थाहा थियो कि कणर् एकदमै दानी छन्। यहि कमजोरीको फाइदा उठाएर इन्द्रले एक भिक्षुको भेष धरे र कणर्सँग उनको कवच र कुण्डल मागे। कणर्का गुरु ‘परशुराम’ले उनलाई सबै किसिमका शस्त्र-अस्त्रको ज्ञान सिकाएका थिए। कणर् पनि अति नै बुद्धिमानी थिए र यस्ता शस्त्र-अस्त्रको प्रयोग गर्नमा अर्जुनभन्दा माहिर थिए।दान, धर्म र परोपकारको लागि कर्ण कहिल्यै पनि पछि परेनन्, चाहे त्यो जतिसुकै महङ्गो किन नहोस् ।     अर्जुनले हराएपछि मृत्युको प्रतिक्षा गरिरहेका कणर्को छेवैमा इन्द्र र सूर्यले भिखारीको भेष धरेर भिख माग्न आए । आफू सँग केहि नभएको कुरा कणर्ले ती भिखारीहरूलाई सुनाएपछि, उनीहरूले कणर्को सुनको दाँत मागे। केहि कुरा नसोँची कणर्ले पनि ढुङ्गाले आफ्नो दाँत फुकालेर ती भिखारीहरूलाई दिए । इन्द्रको जालझेल थाहा पाएर पनि कणर्ले उनलाई आफ्नो कवच र कुण्डल झिकेर दिए । उनको यस्तो स्वभाव देखेर इन्द्रले पनि कणर्लाई एकदमै शक्तिशाली अस्त्र ‘शक्ति’ दिए । महाभारतमा कुन्ती पुत्र कणर्को चर्चा धेरै सुन्न सकिन्छ । कणर् महावीर तथा दानवीरको रूपमा प्रसिद्ध महाभारतमा वणर्ित छन् । महाभारतको प्रमुख पात्रमध्येका एक कणर्लाई महाभारतमा मुख्य भूमिकामा देखाउने गरिन्छ । कुरुक्षेत्रको युद्ध हुनुभन्दा केहि क्षण अगाडि कणर्लाई कुन्तीले आफ्नो वास्तविकता बताइन्- उनी नै कणर्की माता हुन्। त्यसैले पाण्डवहरूमा सबैभन्दा जेठो छोरा कणर् नै भएकोले कुन्तीले कणर्लाई पाण्डवहरूको साथ दिन आग्रह गरिन तर  कणर्ले आफ्नो मित्र दुर्योधनलाई धोका दिन चाहेनन् । त्यसैले उनले अर्जुन बाहेक अरू पाण्डवहरूलाई नमार्ने कुन्तीसँग वाचा गरे। श्रीकृष्णले पनि कणर्लाई पाण्डवको साथ दिन आग्रह गरेका थिए। साथै उनको लागि एउटा सिङ्गो राज्य पनि दिन तयार थिए। तर कणर्ले सम्पत्तीको लोभ गरी आफ्नो नैतिकता र मित्रतालाई छोडेनन् ।     कणर् महाभारतका सर्वश्रेष्ठ धर्नुधारी थिए । भगवान कृष्ण र भगवान् परशुराम स्वयंले समेत कणर्को श्रेष्ठता स्वीकार गरेका थिए । कणर्को चर्चा पछि यति चुलिए पनि उनको बाल्यकाल भने जन्म दिने आमाको पालनपोषणका साथ अघि बढ्न सकेन । उनलाई अधिरत र राधाले पालेका थिए । ती बालक गंगामा बहँदै गर्दा एक किनारामा भेटिएका हुन् । धृतराष्ट्रका सारथि अधिरथ नदीको किनारामा आफ्नो घोडालाई पानी पिलाउँदै गर्दा ती बच्चा भेटिएका थिए । पछि उनीहरुले आफ्नो घरमा लगेर पालनपोषण गर्न थाले । अधिरथ निःसन्तान थिए । अधिरथकी पत्नीको नाम राधा थियो । राधाले उक्त बालकलाई आफ्नो पुत्र समान गरेर पाले । ती बालकको कान एकदमै सुन्दर थियो । यसकारण उसको नाम कणर् राखियो भन्ने विभिन्न हिन्दू ग्रन्थहरुमा उल्लेख छ । यी सूत दम्पतीले नै कणर्को पालन-पोषण गरेका थिए । त्यसकारण कणर्लाई ‘सूतपुत्र’ पनि भन्ने गरिन्छ । उनलाई राधेय पनि भन्ने गरिन्छ ।     वृषाली र सुप्रिया कणर्की दुई पत्नीहरु थिए । दुवै एकदमै सुन्दर थिए । ‘अंग’ देशका राजा कणर्की पहिली पत्नीको नाम  वृषाली थियो भने कान्छी पत्नी थिइन् सुप्रिया ।  वृषाली अत्यन्तै सुन्दरी थिइन्।  कणर्को बृशालीपट्टिबाट ३ बच्चा र सुप्रियाको तर्फबाट ३ बच्चा जन्मिएका थिए । बृशालीबाट वृषसेन, सुषेण र वृषकेतको जन्म भएको थियो । बृशाली दुर्योधनको रथका सारथि सत्यसेनकी बहिनी थिइन् । यो पनि भनिन्छ कि बृशालीले कणर्को मुत्युपछि सोही चितामा आफ्नो समाधी लिएकी थिइन् । उनी एकदमै चरित्रवान र पतिव्रता नारी थिइन् । बृशालीको बारेमा यो पनि भन्ने गरिन्छ कि उनैले द्रौपदीलाई आफ्नो पिता या भाइहरूसँग जाउ भनेर सल्लाह दिएकी थिइन् । त्यतिबेला द्रौपदीले उनको सल्लाह मानेकी थिइनन् । केही दिनपछि द्रौपदीको चीरहरण भयो । कणर्की दोस्री पत्नी थिइन् सुप्रिया । उनी दुर्योधनकी पत्नी भानुमतीकी अति मिलनसार मित्र थिइन् । सुप्रियाको कोखबाट चित्रसेन, सुशर्मा, प्रसेन, भानुसेन नामक ३ पुत्र जन्मिए । सुप्रियालाई नै पद्मावती र पुन्नुरुवी समेत भन्ने गरिन्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्