श्रीकृष्ण आफ्नी रानी सत्यभामाको साथद्वारकाको सिंहासनमा विराजमान थिए । गरुड र सुदर्शन चक्र पनि उहाँसँगै बसिरहेका थिए । कुराकानीको क्रममा, रानी सत्यभामाले श्रीकृष्णलाई सोधिंन , भगवान ! तपाईंले त्रेतायुगमा रामको रूपमा अवतार लिनुभएको थियो, सीता त्यति बेला त पाईकी श्रीमती थिइन् । के उनी म भन्दापनि धेरै सुन्दरी थिइन् ? कृष्णले बुझे कि सत्यभामा आफ्नो रूपको ज्यादै घमण्ड गर्दै छिन् ।श्री कृष्णले सत्यभामालाई भने यसको जवाफ म दिन्न पवनपुत्र हनुमानले दिन्छन् । म हनुमानलाई यहाँ ल्याउन गरुडलाई आदेश दिन्छु । देवी ! तिमीले सीताले जस्तो पोशाक लगाउनु पर्छ र तत्कालै कृष्णले रामको रूप लिए । मधुसूदनले सुदर्शन चक्रलाई आदेश दिए रभने कि तिमीले दरबारको प्रवेश द्वारको रक्षागर्नु पर्छ । यो कुरा मनमा राख्नु कि कोही पनि मेरो अनुमतिबिना दरबारमा ्प्रवेश नगरोस् । सुदर्शन चक्रहरू कृष्णको आदेशमा दरबारको प्रवेश द्वारमा उभिएका थिए । गरुड हनुमानभएका ठाउँमा पुगे र भने कि हे वनश्रेष्ठ ! भगवान राम तपाईको द्वारिकामा माता सीतासँग भेट गर्न पर्खिरहेका छन् । तिमीमसँगै जाउँ म तिमीलाई चाँडै नै मेरो पछाडि लिएर जान्छु । हनुमानले नम्र भई गरुडलाई भने, “तपाईं जानुहोस्, म आउनेछु ।” गरुडले सोचे, मलाई थाहा छैन यो बुढो बाँदर कहिले पुग्छ होला ? यस्ता कुरा सोच्दै गरुड हतार हतार द्वारकातर्फ उडे । दरबारमापुगे पछि गरुडले देखे कि हनुमान उनको अघि राजमहलमा प्रभुको सामु बसिरहेका थिए । गरुडको टाउको लज्जित भएर झुक्यो । तब श्रीरामले हनुमानलाई भने कि तिमी पवनको छोरो विना अनुमति राजदरबारमा कसरी पस्यौ ?प्रवेश द्वारमा कसैले तिमीलाई रोकेन ? हनुमानले टाउको निहुराएर शिर निहुराए, उसको मुखबाट सुदर्शन चक्र निकाले र प्रभुको सामने राखिदिए । मलाई माफगरि दिनु भगवान बिस्तारै मुस्कुराउन थाले । हात जोडेर हनुमानले श्रीरामलाई सोधे, हे भगवान ! आज, आमा सीताको ठाउँमा, कुन नोकर्नीले तपाईंले यति धेरै सम्मानका साथ् तपाईंसँगै सिंहासनमा बसेकी छिन् । अहंकार भंगगर्ने महारानी सत्यभामाको पालो आयो । उनको सुन्दरताको अहंकार थियो, जुन एकै हनुमानको एकै शब्दमा चकनाचूर भयो । रानी सत्यभामा,सँगै सुदर्शन चक्र र गरुड़को घमण्ड पनि चूरचूर भयो । तीनै जनाले कृष्णको लीला बुझिसकेका थिए । तिनीहरूका आँखाहरूबाट आँसु आउँन थाल्यो अनि तिनीहरूले कृष्णसामु शिर झुकाए । हनुमान आफ्नो क्षेत्रमा फर्किए । एकपटक सत्यभामाले कृष्णलाई मनमा आएका सबै कुरा पोख्दै भनिन् - कति नाटक गर्न जान्यामु खले चाहिँ सबैभन्दा प्यारी तिमी नै मेरी रे, तिमी बाहेक अन्यत्र ध्यानै जाँदैन रे, सपनामा पनि तिम्रै नाम जपिरहेको हुन्छु रे । फकाउन पनि कति जानेको । यस्ता कला कसले सिकाएका होलान् यी पुरुषजातिलाई ? म लाटी नै उस्ती नि । होला त नि भनियो, विश्वास गरियो, किन हुन्थ्यो । ती सब हामीजस्तालाई थाङ्नामा सुताउने बहाना रहेछ । मुखले चाहिँ तिमी नै सबैथोक हौ, भन्ने, मन भने कि राधामा छ कि गोपिनीहरूमा, तिनीहरु न रूपका छन्, न रङ्गका, न शिक्षाका छन्, न संस्कारका । भनेर प़m्याट श्रीकृष्णलाई सत्यभामाले मनका कुरा पोखिन् । ‘होइन देवी ! होइन, तिमीले कुरा बुझिनौ । सबैभन्दा प्रिय तिमी नै हौ । श्रीमती त अरूहरू पनि छन् नि ।खोइ त कहिल्यै त्यता गएको छु । सधैँ तिम्रै साथमा छु । तिम्रै अँगालोमा बेरिएको छु । फेरि पनि कसरी भन्न सक्छ्यौ कि माया गरेको छैन भनेर । उनीहरू पनि मेरा भक्त हुन् । यता नआए पनि उतै बसेर मेरा नाम जपिरहेका छन् । साँचो भन्नुपर्दा तिमीहरूलाई अप्ठेरो पर्छ कि भनेर नआएका हुन् । त्यसैले यदाकदा सम्झनासम्म गरेको हुँ । त्यो पनि कर्तव्यमा बाँधिएका कारण । भजनगर्नेको भजन मैले पनि गाउनुपर्ने हुन्छ । लौ ठीक छ, त्यतिपनि छुट छैन भने पनि केही छैन तर यसका लागि तिमीले पनि केही गरिदिनुपर्ने हुन्छ ताकि कर्तव्यबाट मुक्तभई सधँै तिम्रो साथमा कैद हुन सकौँ । के राजी छ्यौ तिमी कृष्णले यसो भन्दै लाइन सोझ्याए ।‘ यतिभनेर कृष्ण आफ्नो कामतिर लागे । एक्कासि नारदले आएर ‘माताजी ! के सोच्दै हुनुहुन्छ र ?भनेको सुन्दापो सत्यभामाझल्याँस्स भइन् र खुसीहुँदै भनिन्- ‘देवर्षिजीकै प्रतीक्षामाथिएँ, आउनुभएछ खुसीलाग्यो ।’ ‘ए ! हो र रु केहीथियो कि ।’ ‘एउटा कुरा सोध्नु थियो ।’ ‘के कुरा होलामाता? ‘नराम्रो नमान्ने भएमात्र भन्छु ।’ ‘नराम्रो मान्नुपर्ने कुरै के छ र माता १ छोरो समानहुँ । के कुरा हो ढुक्क भन्न सक्नुहुन्छ ।’ ‘हेर्नुस् न रातदिननभनी सेवागरिरहेका छौँ तर वासुदेव कृष्ण सधँै राधा र गोपिनीको चिन्तागरिरहनुहुन्छ । उहाँउतै हराउन चाहनुहुन्छ । सेवागर्ने हामी, सम्झनागर्ने उनीहरूको । यो त अतिभएन र भन्या रु’ सत्यभामाले समस्या देखाइन् । ‘हुन त हो तर यसमा मेरो कस्तो सहयोग खोज्नुभएको हो कुन्नि रु’ नारदले जिज्ञासा राखे । ‘यही कि उहाका मनलाई सधैँ आफ्नै साथमा राख्ने उपाय बताइ दिनुभए आभारी हुने थिएँ,’ सत्यभामाले आसय पोखिन् । ‘उपाय त छ तर...... ‘के उपायहोला देवर्षी बताउनुस् न ।’ ‘यही किवासुदेव कृष्णलाई कसैको हातमादान दिनुपर्छ ।’ ‘दान ? त्यो त कसरी सम्भवहोला र ।’ ‘किन र माताजी ‘दान दिएपछि वासुदेव उनैका होलान्, उनैले लालान्, त्यस्तो भयो भने के गर्ने ? फेरि दानलिने मानिस पो को पाइएला र ? वासुदेव कृष्णको दानको कुरा छ,’ सत्यभामा अकमकाइन् । ‘जहाँ इच्छा त्यहाँ उपाय माताजी ! किन चिन्ता गर्नुहुन्छ र ? लिने मानिस कोही नभेटे मै लिदिउँला नि । पछिउहाँको तौल बराबरको सुन दिएर निखन्न सक्नुहुन्छ,’ नारदले समाधान देखाए । सत्यभामाले सर्त स्वीकारिन् । उपयुक्त समयमा भव्य यज्ञको आयोजना गर्यो । दानमा जान कृष्ण राजी भए, लिन नारदजी कस्सिए । गुरु पुरोहित स्वस्ति वाचन पढ्न लागे । नारदजी आफैँले सङ्कल्प पढे । दानयज्ञ सकियो, सबै खुसी भए । यसमा सबैभन्दा बढी खुसी सत्यभामा देखिएकी थिइन् तर जब निखन्ने बेलाभयो संसारभरिकै सुनले पनि वासुदेव कृष्णको तौल बराबर भएन । त्यसपछिबल्ल सत्यभामालाई गल्तीबोध भयो । खलखल पसिना चुहाउँदै टाउको समातेर सँुक्कसुँक्क गर्न लागिन् । माता रुक्मिणी नजिकै बसेर यी सबै हेरिरहेकी थिइन् । उनले सत्यभामाको बेचैनी देख्न सकिनन् र नजिकै थालीमा रहेको तुलसीको पत्ता टिपेर तुलोमा राखिदिइन् । तुलसीको एउटै पत्ताले संसारभरिकै सुनले नपुगेको तौल पूरा गरिदियो । यतिबेला भने सबैभन्दा बढी खुसी वासुदेव कृष्ण देखिएका थिए किनकि यो एउटै कार्यमार्फत सत्यभामालगायत सबैको घमण्ड तोड्ने काम गरेको थियो । यसरी सत्यभामाका घमण्ड तोडिएका थिए ।
