IMG-LOGO

श्रीकृष्ण र कणर्को गोप्य कुरा

 मंगल, सावन १२, २०७८  आर एल श्रमजीवी 

  श्रीकृष्णले पहिलो पटक खोले मृत्यु शैयामा रहेका कणर्सँग आफ्नो मार्मिक जीवनगाथा खोलेका थिए । मन पराएकी प्रेमिकासँग विवाह गर्न मैले पो कहाँ पाए र ? महाभारतमा श्रीकृष्ण र अर्जुनको संवाद सधै चर्चा हुने गरेको छ । श्रीकृष्णले अर्जुनलाई दिएको ज्ञानको उपदेश गीतामा उल्लेख छ । तर श्रीकृष्णले सुनाएको आफ्नो जीवनगाथा कमै चर्चा हुने गरेको छ । श्रीकृष्णले आफ्नो जीवनगाथा एक मात्र पात्रलाई सुनाएका थिए ती पात्र हुन् कणर् । यहाँ मैले महाभारतका एक महत्वपूणर् पात्र कणर्सँग जोडिएको कथा उल्लेख गरिएको छ । महाभारत युद्धको अन्त्य अन्त्यमा कणर् मृत्युको शैय्यामा थिए। महाभारतको युद्धकै दौरान कणर्ले श्रीकृष्णलाई सोधे, ’ हे भगवान मलाई जन्मिनेबित्तिकै आमाले त्यागिदिइन् । एक अवैध बच्चा भएर जन्मिनुमा मेरो के गल्ती थियो ? द्रोणाचार्यले मलाई शिक्षा दिन अस्वीकार गरे किनकी उनी मलाई क्षेत्रीय मान्दैनथे । यसमा मेरो के गल्ती थियो ?’        कणर् अझ गुनासो गर्दै भन्छन्, ‘परशुरामले मलाई शिक्षाको साथै श्राप पनि दिए कि आवश्यक परेको खण्डमा म आफ्नो विद्या बिर्सिन्छु भनेर । मैले चलाएको तीरको बीचमा गाई गल्तीले आयो र मर्‍यो । मलाई किन गौहत्याको पाप लाग्यो ? मलाई द्रौपदीको स्वयंवरमा पनि अपमानित गरियो । यहाँ सम्म कि मेरी आमाले पनि मलाई अन्य छोराहरुको चिन्ताले मात्र छोराको रुपमा स्वीकार गरिन् । मलाई अहिलेसम्म जति मिल्यो सबै दुर्योधनको दयाले मिल्यो । अब म दुर्योधनप्रति बफादार हुनु कसरी गल्ती भयो ?’कणर्को कुरा सुनेर मन्द मुस्कुराउँदै  श्रीकृष्णले भने-  ‘ दानवीर कणर् ! मेरो जन्म जेलमा भयो । जेलमा जन्म हुनुभन्दा पहिला नै मलाई मृत्युले कुरिरहेको थियो । जन्म भएको केही समयमा नै म आमाबुबासँग छुट्टिएर बस्नु पर्‍यो । तिम्रो बालापन घोडाको दौड, रथ र शस्त्रअस्त्रबाट अघि बढेको थियो भने मेरो बालापन गाईको गोबर सोहोरेर बिताउनु पर्‍यो । राम्रोसँग हिँड्न सक्ने बेला नभईकन म माथि ज्यान लिने उद्देश्यका साथमा आक्रमण हुन थाल्यो । त्यहाँ कुनै सेना, सुरक्षा, शिक्षा, गुरुकुल, महल केही पनि थिएन । मेरा आफ्नै मामाले मलाई सबैभन्दा ठूलो शत्रु सम्झिए ।’        श्रीकृष्ण कणर्लाई सुनाउदै भन्छन, ’तिमी जतिबेला समाज तथा गुरुबाट प्रशंसा पाँउथ्यौ त्यतिबेला मसँग कुनै शिक्षा पनि थिएन । तिमीले आफ्नो रोजाइको विवाह गर्‍यौ तर मैले आफ्नो मनमा बसेकी प्रेमिकासँग विवाह गर्न पाइनँ । मेरो विवाह मैले जसलाई राक्षसबाट बचाएको थिएँ, ती स्त्रीहरुसँग भयो । जरासन्धनको प्रकोपबाट बच्न मैले यमुना र सुदूर प्रान्तको समुद्री किनारामा बस्नुपर्‍यो । मलाई विश्वले कायर भन्ने उपनाम दियो । यदि दुर्योधनले युद्ध जितेको भए त्यसको श्रेय तिमीले पनि पाउने थियौ । युद्ध धर्मराजले जित्दैछन तर श्रेय अर्जुनले पाउने निश्चित छ । तर, कौरवले आफ्नो हारको दोषी मलाई ठहर गरे ।’        श्रीकृष्ण अझै सम्झाउदै भन्छन -  ‘हे कणर् संसारमा कसैको जीवन पनि चुनौती रहित हुँदैन । केही कमजोरी युधिष्ठिरमा थिए र केही कमी दुर्योधनमा थिए । सत्य के हो र उचित के हो भन्ने कुरा हामी आफ्नो आत्माबाट निर्धारण गर्छौं । यसले कुनै फरक पर्दैन कि हामीमाथि कति अन्याय भयो, यसले कुनै फरक पर्दैन कि हाम्रो कति अधिकार हनन भयो, यसले कुनै अर्थ राख्दैन कि हाम्रो कति अपमान भयो । वास्तविक अर्थ त केवल एउटा कुराले राख्छ कि हामीले त्यसको कसरी सामना गर्छौं भनेर ।’ त्यसैले कुनै पनि मानिसको जीवन चुनौती रहित छैन । सबैको जीवनमा केही न केही कमजोरी अवश्य हुन्छ । हामी सत्यलाई, सतमार्गलाई लिएर अघि बढ्नु पर्नेछ । त्यहि कर्मले हाम्रो भविष्य निर्धारण गर्नेछ । 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्