IMG-LOGO

राधाकृष्ण सम्बन्ध र रासलीला

 मंगल, सावन २६, २०७८  आर एल श्रमजीवी

     महान् व्यक्तिहरूको चरित्र या महिमा वणर्न गर्दा भक्त या प्रशंसकले फूलबुट्टा भरेर पनि भन्ने गर्दछन् । यसरी भनिने कथा र तथ्य बिच आकाश जमिनको भिन्नता हुन्छ । उदाहरणका लागि हामीले सुनेका थियौ, महाकवि देवकोटा पैसा बाँडदै हिन्थे, लगाएको कोट फुकालेर अरूलाई दिन्थे । तर यो तथ्य होइन् । यसै गरेर पुराणमा वणर्ित भगवान् कृष्णका कतिपय लिलाहरु अतिशयोक्तिपूणर् तरिकाले वणर्न गरिएको छन् । कतिपय स्थानमा त उनले गरेका कार्यको वणर्न पढ्दा जिब्रो टोक्नुपर्ने अवस्था पनि आउँछ । ऋषिहरुले यसरी लेख्दा जोसमा होस् नपुर्‍याएको होउन् कि ती लेखनले कस्तो असर पर्छ र के अर्थ लाग्छ भनेर सोच्न समेत नसकेको  प्रतित हुन्छ ।      समय बित्दै जाँदा नयाँनयाँ तरिकाले अर्थ लगाउँदै र रोचक बनाउन अनेकन कथा थप्दै जाने प्रचलन पुराणहरुमा देखिन्छ । दुर्भाग्य के भने एक महर्षिले लेखेको कुरालाई अर्को महर्षिले जुठो भन्दैनन्, काट्दैनन, बरु प्रमाणित गर्न अर्को कथा जोडिदिन्छन् । चार्वाहकले मात्र आफ्नो धारणालाई अन्य महर्षि इतर भएर लेखे तर उनको दर्शनलाई अबैदिक भनेर निन्दा गरियो र एक्ला बृहस्पति बनाइए । मेरो नम्र निवेदन के भने तथ्यमा आधारित भएर अध्ययन गर्ने बिद्वान पाठकहरुले यस्ता कथामा अल्झेर बस्नु सुहाउँदैन । राधाकृष्ण प्रेम पनि सुन्दर तर अतिरञ्जित  तथ्यहिन कथा हो ।      राधा कृष्ण प्रेमको जति चर्चा छ यसमा सत्यता त्यति नै कम छ । यसका केही आधारहरुका बारेमा चर्चा गरौँ । वेद, उपनिषद, महाभारत र भागवत पुराणमा समेत राधा उल्लेख या राधाकृष्ण सम्बन्धको बारेमा कतै पनि चर्चा गरिएको छैन । राधाकृष्ण प्रेमको सुरुवात् र अतिशयोक्तिपूणर् वणर्न मध्यकाल या भक्तिकालबाट सुरु भएको देखिन्छ । निम्बार्क, बल्लभ र राधाबल्लभ संम्प्रदायले यसको सुरुवात गरे निम्बार्कको जन्म १२५० ई.मा भएको हुँदा कृष्णको साथमा राधा भक्ति पनि १२५० ई पछि मात्र सुरु भएको हुँदा यो सम्बन्ध पछि गाँसिएको हो । पद्म पुराण अनुसार राधा वैश्य बृषभानु राजाका भूमि पुत्री थिइन् र उनको विवाह रापाण, रायाण या अयनघोष नाम भएको व्यक्तिसँग भएको थियो । वेदले स्विकारेको श्रीकृष्ण चरित्रसँग विवाहित परस्त्री राधासँगको सम्बन्ध अवैध, अनुचित र निन्दनिय कार्य हुने भएकोले यसलाई सत्य मान्न सकिँदैन र यो तथ्यहिन छ । योगेश्वरकृष्णले जीवनमा आठ जनासँग विवाह गरेता पनि राधासँग कृष्णको विवाह भएको कुरा वेद, उपनिषद या भागवत मा पनि उल्लेख भएको छैन । यसपछि कतै उल्लेख भएको भए त्यो कपोलकल्पित तथ्यहिन कथा मात्र हो ।      अर्को कुरा कृष्ण नन्दगाउँमा रहन्थे भने राधा बरसाने भन्ने स्थानमा । यी दुई गाउँ बिच ४३(४५ किलोमिटरको अन्तर छ भने यातायातको साधन नभएको अवस्थामा यो दूरी झण्डै तीन दिनको बाटोमा पर्छ । कहिले र कतिबेला मिलन र प्रेम भयो भन्ने कुरा वेद, उपनिषद, महाभारत र भागवत पुराणमा समेत कतै उल्लेख गरिएको छैन । राधाकृष्ण प्रेमको जति चर्चा छ यसमा सत्यता त्यति नै कम छ । यसका केही आधारहरुका बारेमा चर्चा गरौँ । वेद, उपनिषद, महाभारत र भागवत पुराणमा समेत राधा उल्लेख या राधाकृष्ण सम्बन्धको बारेमा कतै पनि चर्चा गरिएको छैन । राधाकृष्ण प्रेमको सुरुवात् र अतिशयोक्तिपूणर् वणर्न मध्यकाल या भक्तिकालबाट सुरु भएको देखिन्छ । निम्बार्क, बल्लभ र राधाबल्लभ संम्प्रदायले यसको सुरुवात गरे निम्बार्कको जन्म १२५० ई.मा भएको हुँदा कृष्णको साथमा राधा भक्ति पनि १२५० ई पछि मात्र सुरु भएको हुँदा यो सम्बन्ध पछि गाँसिएको हो । रासलीला      रासको बारेमा भन्नु पर्दा त्यस बेलाको प्रचलन अनुसार कंश बध पश्चात् कंशको कैदबाट मुक्त भएका सोह्रसय गोपिनीहरुको स्वामी या मालिक मुक्तिदाता श्रीकृष्ण नै भए । सर्वज्ञ श्रीकृष्णले आफ्ना पत्नीहरु हुँदाहुँदै सोह्रसय गोपिनीहरुसँग रासलिला गरे (जसलाई विकृत रूपमा सम्भोग समेत भनिएको छ) भनेर पत्याउने अवस्था छैन । हौ स्वामी भएको अर्थमा तिनलाई आफू दास भएको जस्तो हिनता बोध हुन नदिन सामूहिक मनोरञ्जन गरे होलान् । तर वणर्ित पूणर्िमाको रातमा जङ्गलमा गएर रासलिला गरे भनेर पत्याउनु आफ्नै विवेकलाई ठग्ने कार्य मात्र हो । उनले त्यस्तो गरेको भए के उनका आठ पत्निहरुले छोडथे होलान् र ? उसैत नारीमा ईष्र्या जन्मजात हुन्छ, त्यसमाथि नारीले सबै बाँड्न सक्छन् पति बाँडन सक्दैनन्, यो धु्रवसत्य हो । तसर्थ रासलिलाको बारेमा जसले जतिसुकै व्याख्या गरेपनि त्यसलाई मेरो सोच र विवेकले तथ्यहिन ठान्दछ । यसै गरेर आराधीका र प्रेमीका बीचमा पनि निक्कै फरक छ ।  राधा र कृष्णको विवाह किन  भएन ?      जब साँचो प्रेम र विश्वासको कुरा हुन्छ, तब सबैभन्दा पहिला  श्रीकृष्ण र राधाको प्रेम जोडिन्छ । कसैको प्रेम सफल हुने बित्तिकै हामी वाह ! कस्तो प्रेम राधा-कृष्णको जोडीजस्तो लगायतका शब्दबाट तारिफ गर्छौ । तर, राधा र कृष्णबीच अत्यन्तै निकट प्रेम भए पनि विवाह भने हुन सकेन । किन त ? यस्तो पनि मान्यता छ कि, राधाले श्रीकृष्णसँग विवाह गर्न इन्कार गरेकी थिइन् । किनभने उनलाई लाग्थ्यो कि, उनी महलको जीवनका लागि बनेकी थिइनन् ।उनी एक ग्वाली थिइन् । तर, मानिसहरु श्रीकृष्णलाई कोही राजकुमारीसँग विवाह भएको हेर्न चाहान्थे । श्रीकृष्णले राधालाई सम्झाउन धेरै कोशिस गरे तर, राधा आफ्नो दृढताबाट पछि सरिनन् ।       भनिन्छ, सामाजिक नियमको दलदलमा फसेर राधा कृष्णको प्रेम कहानी अधुरो भएको थियो । उनीहरुको प्रेमका बीच पनि सामाजिक नियमले खलनायकको भुमिका खेल्यो । राधा र श्रीकृष्णलाई सामाजिक पृष्ठभूमीले उनीहरुको विवाहको अनुमति दिएन ।व्रह्मवैवर्त पुराणका अनुसार पृथ्वीमा आउनु भन्दा अगाडि राधाको श्रीकृष्णकी सेविकासँग बहस भएको थियो । जसका कारण श्रीकृष्णकी सेविकालाई राधाले राक्षसरुपमा पैदा हुने श्राप दिइन् । श्रीदामाले पनि राधालाई उनी मानवरुपमा जन्मिएका बेला आफ्ना प्रियतमसँग १०० वर्षको लागि बिछोड हुने श्राप दिएकी थिइन् । भनिन्छ,श्रीकृष्णले राधासँग यसकारण पनि विवाह गरेनन् उनी यो साबित गर्न चाहान्थे कि प्रेम र विवाह फरक कुरा हुन् । प्रेम एक निःस्वार्थ भावना हो भने विवाह एक सम्झौता हो वा अनुबन्ध हो । श्रीकृष्णको  मृत्यु      प्रकृतिभन्दा बलबान कोही छैन । कृष्णले पनि प्रकृति विरुद्ध कुनै कार्य गरेनन् भने अन्त्यकालमा पनि प्रकृतिको निणर्यलाई स्वीकारे । श्रृष्टि विनाशको चक्रलाई नरोकि उनले यादव वंशको संहार पनि हेरे । नारद कृष्ण सम्बादमा उनको अन्तिम अवस्थालाई केही झल्काईएको छ । नारदजी म आफ्नो प्रभुता देखाएर आफ्ना जातभाइ र कुटुम्बमाथि राजगर्न चाहन्न । दाइ बलराम बलको घमण्ड गर्छन्, भाइ गद सुकुमार भएकोले आलसि छ, छोरा प्रद्युम्न रूप सौन्दर्यको अभिमानी छ । यिनैका कारणले म असहाय छु । कुटुम्बहरुको तीतो कुरा सुनेर पनि क्षमा गर्न बाध्य छु । उग्रसेन र उनका छोरा अक्रुरमा राज्यसत्ता गएकोले सायद यादवहरु कृष्णसँग रुष्ट थिए ।      यसैको परिणाम थियो यादव कुलको महाविनाश । यादव कूलसंहारपछि दुखी बलराम समुन्द्रतिर गए र उतै बिलाए । कृष्णले बिधवाहरुलाई अर्जुनको जिम्मा लगाए, तर एक त प्रकृतिको अर्जुनमा पनि लागु भयो भने अर्को अर्जुनको शक्ति र कारक कृष्ण नै भएकोले कृष्णको अनुपस्थितिमा शक्तिहिन अर्जुनको आँखै अगाडिबाट आभिरहरुले केही स्त्रीहरुको हरण गरेर लगे । सर्वकला र सिद्धि सम्पन्न श्रकिृष्ण पनि आखिर मानव नै थिए र बृद्धावस्थामा शोकमग्न भएर उनी जङ्गलमा गए जहाँ जरा नामक व्याधाको तीरबाट उनको मृत्यु भयो । अन्त्यमा भन्नुपर्दा प्राप्त तथ्यहरुले श्रीकृष्ण एक पूणर् पुरुष थिए, सम्पूणर् वेदको सार र मानवकर्मका व्याख्याता  श्रीकृष्ण दृश्यजगतका महान ब्यक्त्तित्व  हुन् । उनको अस्तित्वलाई महापण्डित देवकोटाले पनि स्विकारेका थिए, “आखिर श्रीकृष्ण रहेछ एक, न भक्ति भो भाव न भो विवेक“ भन्दै । श्रीकृष्णलाई पूजा गर्नुभन्दा पनि उनले देखाएका मार्गमा जीवन डोर्‍याउनु नै हरेक मानवको लागि कल्याणकारी हुनेछ ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्