IMG-LOGO

कविताः बा

 मंगल, भदौ २२, २०७८  चट्याङ मास्टर

जब मेरो श्रीमतीको काखमा मेरा छोराछोरी लाडियेर मडारिएको देख्छु मेर्रो आँखा अगाडि त्यो स्वर्ग देखेर म मेरो जीवन र जगत प्रति धन्य हुन्छु म भित्रको बा आगाडी आउँछ र म छोरालाई आँखा तर्दै भन्छु – धेरै दुख न दे आमालाई, आज पढ्नु पर्दैन ? म छोरीलाई सोध्छु । अगिसम्म दंग छोराछोरी निन्याउरो मुख लगाएर जब आमाबाट पर जान्छन म मेरो अझ फराकिलो र राम्रो स्वर्गको कल्पना साकार पार्न जुट्छु मेरी श्रीमती आमा बनिन, अब म बा बन्छु जब तृप्त हृदयबाट म अतृप्त प्रदर्शन गर्छु अनि म बा बन्छु, म बा बन्छु ।   दिब्य दियोको शान्त दीपशिखा नै छन् मेरी छोरी भन्नै सक्दिन यो भन्दा बढी सुन्दरता कस्तो हुन्छ होला ? आफ्नो त्यो अक्षमता भनौ या घमण्ड लुकाउन छोरीलाई आँखा तर्दै भन्छु – मुख अलि राम्रोसंग धुन पनि आउँदैन कि के हो?   छोरी चुपचाप मुख पुछ्न थाल्छिन अनि म छोरीको लागि सुन्दरता भन्दा माथिको सुन्दरता खोज्न जुट्छु अनि म बा बन्छु म बा बन्छु ।   पुरुषोत्तम राम थिए, पुरुषोत्तम भन्दा उत्तम हुने यो मेरो छोरो छ मेरो छोरोमा के चै कमि होला भनेर खोज्छु पनि कहिले, तर भेट्दिन आफ्नो त्यो अक्षमता भनौ या घमण्ड छोप्दै म छोरालाई झपर्छु त्यत्ति काम पनि राम्रो संग गर्न सक्दैनस कि के हो?   छोरो अलि सतर्क भएर आफुले गर्न लागेको काम तिर फर्कन्छ अनि म पुरुषोत्तम भन्दा उत्तम मेरो छोरो को भबिश्य सजाउन जुट्छु अनि म बा बन्छु म बा बन्छु ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्