IMG-LOGO

रामायणमा के छ ?

 मंगल, असोज ५, २०७८  –आर.एल.श्रमजीवी

हिजो नेपाली नव– जवानहरुलाई माक्र्सवाद, लेलिनवाद, माओवाद पढाइयो । अबका नयाँ पुस्ताले हाम्रा धार्मिक ग्रन्थ,वैनिक साहित्यिक ग्रन्थ, ऐतिहासिक र साँस्कृतिक पुस्तक पढ्नु पर्छ । महाभारत नयाँ पुस्ताले मात्र होईन सबै देश र महादेशमा पुगेका नेपालीहरुले अध्ययन गर्नपर्छ, साथै रामायणको पनि अध्ययन हुनुपर्छ । हुन त यी दुवै ग्रन्थ हिन्दु धार्मिक ग्रन्थ भए पनि म यी पुस्तकलाई वैदिक साहित्य भन्न रुचाउञ्छु । रामायण र नेपाली भाषाको अनोन्यास्रित सम्बन्ध छ । नेपालको एकीकरण राजा पृथ्वीनारायण शाहले गरे । तर नेपाली भाषालाई नेपालको भुगोलभरी जोड्ने काम भानुभक्त आचार्यको रामायणबाट भयो । नेपालको एकीकरणको शुरुवात बिक्रम सम्बत १८२५ बाट भयो । पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकामा विजय हासिल गरिसकेपछि वि.सं १८२६ मा आफ्नो देशको राजधानी नुवाकोटबाट काठमाडौँमा सारेसँगै नयाँ नेपाल स्थापना भएको हो । पृथ्वीनारायणको अर्थात शाह वंशको राज्य विस्तार अभियानसंगै नेपाली भाषा त्यति विस्तार भएको थिएन । जब आदिकवि वाल्मीकि द्वारा लेखिएको संस्कृतको रामायणलाई भानुभत्त आचार्यले नेपालीमा उल्था गरेका थिए । त्यही रामायण नेपालीहरुका घर घरमा पुग्यो र नेपाली भाषाको विस्तार भयो । नेपाली भाषा, साहित्य र सबै जात जातिलाई एउटै माला बनाउन रामायणको अतुलनीय भूमिका छ ।      मैले यतिवेला भानुभक्तले लेखेको रामायणका साथै विभिन्न विद्वान, लेखक, बुद्धिजीवीले लेखेका पुस्तक र लेखलाई आधार मान्दै रामायण पात्र र प्रवृति लेखिरहेको छु । वाल्मीकिद्वारा लेखिएको संंस्कृतको रामायण एक अनुपम महाकाव्य हो । रामायणमा २४ हजार श्लोक छन् । महाभारत पछिको यो पनि हिन्दूहरुको महान धार्मिक ग्रन्थ हो । मैले यसअघि महाभारत कथाको चर्चा गर्दै आएको थिएँ । अबका अंकहरुमा महाभारतका पात्र र तिनका चरित्रबारेमा चर्चा हुनेछ । महाभारत भन्दा रामायणमा पात्रहरु थोरै छन् नेपाल र भारतमा रामायणको धेरै ठुलो महत्व दिइन्छ । मैले रामायणका पात्रहरुको चरित्रबारेमा आफ्नै धारणाले विश्लेषण गरेको छु । महाभारतमा जस्तै मेरा विद्ध्वान साथीहरु, आम पाठक, शुभचिन्तकहरुले सल्लाह सुझाव दिनु हुनेछ भन्ने आशा पनि राखेको छु । संक्षेपमा रामायणका पात्रहरु ः दशरथ ः अयोध्याका राजा, रामका पिता हुन दशरथ । उनका तीन श्रीमती कौशिल्या, कैकयी रे सुमित्रा थिए । उनका अरु छोराहरु ःभरत, लक्ष्मण शत्रुधन थिए । कैकयी दशरथकी मन परेकी रानी थिइन् । उनले रामलाई वनवास पठाई आफ्नो छोरा भरतलाई राजकुमार बनाउन बाध्य पारिन् । राम बनवास गय पछी दशरथको हृदयघात भै मृत्यु भएको थियो । राम ः राम रामायणका प्रमुख पात्र हुन् । उनलाई विष्णुका सातौं अवतार मानिन्छ । उनी अयोध्याका राजा दशरथ रानी कौशिल्याका जेठा सबैका प्रिय छोरा थिए । उनलाई सर्वगुण सम्पन्न पुरुष मानिन्छ । दशरथलाई उनकी दोस्री श्रीमती कैकयीले रामलाई राज शिंहासन छाडी १४ वर्ष वनबास पठाउन बाध्य बनाएकी थिइन् । आप्mनी पत्नी सीतालाई रावणले हरण गरेका थिए । उनले राक्षसका राजा  रावणको बध गरेका थिए । पछि उनले सीतालाई फिर्ता ल्याए । सीता ः कथाका अर्का मुख्य पात्र हुन् । उनलाई धर्ती पुत्री मानिन्छ । उनी राजा जनककी धर्मपुत्री थिइन् । पछि रामकी धर्मपत्नी भइन । मिथिलाका राजा जनकले आयोजना गरेको राजकुमारहरुको सभामा रामले शिव धनुष तोडी सीतासँग विहे गरेका थिए । सीताका लागि सुयोग्य वर खोज्नको लागि सभा आयोजना गरियो थियो । सीता विष्णुकी जीवन संगिनी लक्ष्मीकी अवतार मानिन्छ । सीतालाई सर्वगुण सम्पन्न नारी भनिन्छ । उनी रामसंगै वनबास जादा रावणले उनलाई हरण गरेको थियो । रामले रावणलाई नहँराउदा सम्म उनी लंकामा बन्दी बनाइएकी थिइन् । पछि उनले लव कुशलाई जन्म दिइन । भरतः उनी राजा दशरथ र रानी कैकयीका छोरा थिए । उनले आफ्नी आमाले रामलाई वनबास पठाउन बाध्य बनाएको कुरा थाहा पाएपछि दरबार त्यागी रामको खोजिमा जंगल हिडेका थिए । रामले फिर्ता पठाउदा नमानेपछि उनलाई सम्झाइ बुझाई अयोद्या पठाएको थियो । रामका चप्पल राजगद्दीमा  वास्तविक राजा राम मानेका थिए । रामको अनुपस्थितीमि भरत १४ वर्ष अयोध्याका राजा भए । उनले माण्डवीसंग विवाह गरे । लक्ष्मणः रामका कान्छा भाइ हुन् । उनले रामसंगै बनबास जाने निर्णय गरेका थिए । उनी राजा दशरथ र रानी सुमित्राका छोरा थिए । शत्रुधन उनका जुम्ल्याहा भाइ हुन । लक्ष्मणलाई शेषनागका अवतार मानिन्छ । सीतालाई बचाउन राक्षस सुर्पणखासँंग लडाइ रामले गरे । शत्रुघनः उनी राजा दशरथ र रानी सुमित्राका छोरा हुन् । उनी रामका कान्छा भाइ र लक्ष्मणका जुम्ल्याहा भाइ हुन् । उनको विवाह श्रुतकृतीसँग भयो । रामका सहयोगी हनुमान हनुमान किशकिन्ध राज्यसँंग सम्बन्धित बाँदर हो । हनुमान रामका परम भक्त थिए । उनी सुमेरु राज्यका वाँदर राजा थिए । केसरी र देवी अञ्जनाका छोरा हुन् । उनले रानी सीताको खोजी गर्न र लंकाको युद्ध जित्न ठूलो भुमिका निभाएका थिए । उनी आजसम्म संसारमा जीवित रहेको विश्वास हिन्दु कटरपन्थीहरु गर्छन् । सुग्रिवः उनले सीतालाई रावणबाट फिर्ता ल्याउन सहयोग गरे । उनले रामसंग एक सम्झौता गरे सुग्रिवको सहयोगको बदलामा रामले सुग्रिवको भाइ किश्किन्धको राजा वलीलाई मार्नु परेको थियो । अंगदाः एक वानर जसले रामफाई सीता खोज्न र रावणसंग लड्न सहयोग ग¥यो । वली ः ताराको छोरा तथा सुग्रिवको भतिजा थिए । सुग्रिवले वाचा पूरा गर्न नसकेपछि अंगदा र ताराले राम र लक्ष्मणलाई सीताको उद्दार गर्न मद्दत गरेका थिए । जम्बावनः जम्वान्त एक रिक्षाराज (भालुहरुका राजा) थिए । उनले सीतालाई खोज्न र रावणसंग लड्न रामलाई सहयोग गरे । उनले हनुमानलाई उसको विशाल शक्ति र शाहस महसुस गराएर समुन्द्र माथि उडेर लंकामा खोजी गरेका थिए । जटायुः जटायु अरुणका छोरा र गरुडका भतिजा थिए । उसले गरुडको रुप धारण गरि सितालाई रावणबाट बचाउन कोशिश गरेका थिए । सम्पतीः अरुणको छोरा, जटायुको भाइ । सम्पतीले सीताको खोजी गरेका थिए । राक्षस विभिषणः रावणको कान्छो भाइ विभिषण हुन् । उनी सीताको अपहरण विरुद्धमा थिए र रावणले सीता फिर्ता गर्न अस्वीकार गरेपछि उनले रामलाई सहयोग गरेका थिए । विभिषणको ज्ञान रामका लागि लंका जित्न महत्वपूर्ण भएको थियो । पछि उनलाई रामले लंकाको राजा बनाइ दिए । रामका सत्रुपक्ष राक्षसका राजा रावणः रावण लंकाको राजा थिए । उनी विश्रवा नामका ऋषि र दैत्य कैकेसी राजकुमारीको छोरा थिए । दशहजार वर्षको घोर तपस्यापछी सृष्टिकर्ता बह्माबाट उसलाई देवता र राक्षस लगायत कसैले पनि मार्न नसक्ने वरदान पाएका थिए । उनले सीतालाई अपहरण गरेर लंंकामा बन्दी बनाएका थिए । तर पनि उनले सीताको सतित्व नस्त नगरेको भनिन्छ । सीता उपहरण पछि उनी रामबाट मारिए । ईन्द्रजित÷मेघनधः रावणको जेठो छोरा जसले राम र रावणलाई दुई पल्ट परास्त ग¥यो । उसले आफ्नो जादुमयी रणकौशल र रणनीतिले धेरै बाँदर सेनाको विनाश ग¥यो । कुम्भकर्णः रावणको भाइ उसले खवाई र सुताई प्रख्यात छ । कुम्भकर्ण ६ महिना खान्थ्यो ६ महिना सुत्थ्यो । उसको भिमकाय शरीर र निष्ठाले गर्दा रावण सेनाको महत्वपूर्ण भाग थियो । रामले उनको शिर छेदन गरेर मारे । सुपर्णखाः रावणकी बहिनी हो । जो रामलाई मन पराउँथी । उसँग चाहेको बन्न सक्ने जादुमय शक्ति सुपर्णखामा थियो । बाँदर बलीः उ किशकिन्धको राजा थियो । उ ताराको श्रीमान थियो । इन्द्रको छोरा तथा सुग्रिवको दाइ तथा अंगदाको बुवा हो । उसमा एउटा अदभूत बरदान थियो । बलीसंग युद्ध गर्न जोकोहीले आफ्नो आधा शक्ति गुमाउँथ्यो । उ पनि रामद्वारा मारियो । मैले मुख्य यिनै घट्ना र पात्रहरुको कथालाई आगामी अंकहरुमा निरन्तर ल्याउने छु ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्