कुकर्मका कुझोकमा कती अकाल मा मरे । कुतर्कका कुबेगमा कती त व्यर्थमा परे ।। कुकर्मले कुतर्क भो कुतर्कले कुकर्म भो । चल्यो प्रसङ्ग पापको अघोर ढेर भो प्रभो ।। हरे ई जीव आफु नै ति पापमा घुडा धसी । गई पसी सडी मरी कुहीसके फसाफसी ।। बिछट्ट पाप थुप्रियो असार सार मानियो । नधोइ धोइने भयो न काटि काटिने छ यो।। उदार साहसी पनी परे यसै लपेटमा । कृपा–कटाक्ष कृष्ण हे घुमाउनोस् गरी क्षमा ।। चन्द्रिका, फाल्गुन १९७४
