IMG-LOGO

गणेश नेपालीको आत्मदाह र हाम्रो समाज

 मंगल, असार ३०, २०८३  -

    गणेश नेपालीको आत्मदाह पछि नेपाली समाजमा को कस्ले कस्तो हर्कत देखाए ? हाम्रो समाज र सामाजिक संजाललाई हेरेर मिहिन ढङ्गले अध्ययनपछि हामी केही कुरा गर्दैछौ । दुःखी गरिव, मिहेनतीका पक्षमा को को उभिए ? को–को ब्यक्ति कुन कुन वर्गको कुरा गर्दैछन् सबै स्पष्ट भएको छ । आत्मदाहको परिस्थिति कसरी निर्माण भो ? किन यस्ता घटना बारम्बार दोहोरिन्छन ? यस्ता घट्ना रोक्न के कस्ता कुरामा ध्यान दिनुपर्छ ? यसबारे सरकार कति समवेदनशील र जिम्मेवार छ त ? यि र यस्तै प्रश्नको जवाफ हामी खोजिरहेका छांै ।      हामीलाई जेन्जी आन्दोलन पछि सुशीला कार्कीको मन्त्रीपरिषदमा शिक्षा मन्त्री रहेका महावीर पुन फरक लाग्थ्यो तर गणेश नेपालीको मृत्यु पछि यि कुन वर्गको रहेछन अस्ति देखि म्याउ गर्दा थाहा भो । यिनले किताब लेखेर खासै केही दिएका छैनन् । त्यत्रो बिक्री भएको पुस्तकका गरमागरम समिक्षा पनि आएका छैनन् । पढेर खासै केही नआएपछि त्यो पुस्तकको के महत्व ? तर पनि महावीर पुनले किताबको प्रचार गरेका मात्रै होइनन । पुस्तक बेचेर कृतिमान कायम गरे, पक्कै पठन सस्कृतिको विकास भएको हुनुपर्छ । उनका जसरी कोही लेखकले आफ्नो कृति बेचेको पनि देखिएको छैन । हामी उनलाई सधैं सम्मानकै दृष्टिले हेर्थे । यत्रो देश दौडाहा गरेको दुःखी गरिवका कुरा बुझेको होला त भनेको । यि महावीर पुन त मासुको थुप्रो पो रहेछन् । उनले नेपाली जनतामा बढी जरिवाना लगाउनु पर्ने र तिर्न नसके जेल हाल्नुपर्ने सोच देश र निमुखा जनता प्रति भएन ।      हो जीवन संघर्ष हो । जन्मिए देखि यहाँ दःुख छ । आत्महत्या, आत्मदाह गर्न हुन्न तर परिस्थितिले मनस्थिति कसरी बिगार्छ त्यो त भोग्नेलाई थाहा हुन्छ । पैसा सुको खल्तीमा नहुँदा घरमा एक गेडा चामल र एक फाको पिठो नभएर दःुख भोगेका को को हुनुहुन्छ ? मन मनै म म भनेर सोचौं त । आगोको जलन केही होइन मनको जलन पो जलन । जो जस्ले मृत्युलाई उत्सव मनाए त्यो हामीलाई मान्य छैन । हामी मृत्युमा शोक मनाउछौं । यही फरक छ । गरिवी र अभाव हुनुको पिडा भोगेकालाई थाहा हुन्छ दःुखी गरिवलाई हेर्ने र गरिने व्यबहार पनि थाहा हुन्छ । राज्य धनीलाई होईन गरिवलाई क्षण क्षणमा चाहिन्छ । जस्ले जे भने पनि हामी प्रेम आचार्य र गणेश नेपालीको पक्षमा छौ । दिन दःुखीको यो आवाज हामी उठाउँछौं उठाइरहने छांै किनभने हामी आवाजविहिनका आवाज हौं ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्