IMG-LOGO

नेपाली कांग्रेसको सही निर्णय

 मंगल, सावन ५, २०८३  -

    सत्ता सहकार्य गर्दै आएको नेपाली कांग्रेसले एमालेसँगको सहकार्यमा सम्बन्ध विच्छेदको घोषणा गरेको छ । यो निर्णयले प्रदेश सरकारहरुमा हलचल मात्रै होइन एमाले मर्महात भएको छ । हामीलाई लाग्छ नेपाली कांग्रेसका सभापति गगन थापाले गरे, ठीकै गरे । नेपाली कांग्रेस, कांग्रेस जस्तो २०६२÷६३ देखि नै भएन कहिले माओवादी जस्तो त कहिले एमाले जस्तो देखिने कांग्रेस कमजोर र सिद्धान्तमा खिया लागेको जस्तो देखिन्थ्यो । नेपाली कांग्रेसले एमाले जस्तो पार्टीसँग सत्ता सहकार्य गर्नुको कारण, कार्यको परिणाम हो ।      नेपाली कांग्रेस र एमालेको सत्ता सहकार्य नभएको भए जेन्जी विद्रोह हुने थिएन । जेन्जी विद्रोह नभएको भए ७६ जनाको ज्यान जाने थिएन । संसद भवन, सिंहदरबार लगायत सरकारी निवास, निजी निवासहरु, भाटभटेनी जल्ने थिएनन् । अराजकहरु र गैर राजनीतिको अल्गोरिदमले नेपाली जनताको दिमाग भत्काउने थिएन । त्यो दिमाग नभत्किएको भए राष्ट्रिय स्वतन्त्र पार्टी जस्तो अराजनितिक संगठन सत्तासिन हुने थिएन ।      यो सबै शेरबहादुर देउवाको प्रधानमन्त्री हुने लोभ र ओली जस्तो अंहमकारी हठीको सत्ता उन्मादले अहिलेको परिस्थिति आएको हो । नेपाली कांग्रेस भित्र एकता कायम हुने र कम्युनिष्टहरुसंग सम्बन्ध बिच्छेद गर्ने हो भने यो अराजकता चुड्की बजाएर हटाउन सकिन्छ, तर कांग्रेसको भ्यागुतो, धार्नी कहिल्यै पुग्दैन । किनभने नेपाली कांग्रेस भित्र पुराना नेताहरूले गगन थापाको नेतृत्वलाई स्वीकार गर्न सकेका छैनन् । उनीहरुको एकता होइन विग्रहको बाटो रोजिरहेका छन् । जब जब नेपाली कांग्रेस कमजोर हुन्छ देश दुर्घटनामा गएको इतिहास हामी कहाँ छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्