IMG-LOGO

ओली–प्रचण्ड मिलन

 मंगल, सावन १२, २०८३  -

    एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक प्रचण्ड बीचको सम्झौतालाई लिएर यो हप्ता बहस र टिकाटिप्पणी भएको छ । कम्युनिष्टहरु मिल्न भन्दा फुटमा रमाएका छन् र पो यति धेरै कम्युनिष्ट पार्टी छन् । जति अप्ठ्यारो परिस्थिति आए पनि यिनीहरू कहिल्यै मिल्न सक्दैनन् । एकले अर्कोलाई सिद्धान्तहिन् भन्ने कम्युनिष्ट रोग हो । नेपालमा अस्तित्वमा रहेका, आफूलाई कम्युनिष्ट हुँ भन्ने पार्टी हेर्दा नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी बैद्य समूह नेकपा मसाल मोहन बिक्रमसिंह समूह नेमकिपा रोहित समूह नेकपा विप्लव समूह वैज्ञानिक समाजवादी आहुती समूह नेकपा बहुमत धर्मेन्द्र समूह लगायतका पार्टी छन् । यिनीहरू एकले अर्कोलाई दुश्मन जत्तिकै गाली गर्छन् । तर मिल्ने आधार केही छैन ।      अहिलेसम्मको इतिहास हेर्दा मिल्न बलगर्ने नेता प्रचण्ड नै हुन । उनले तत्कालीन मोटो मशालको महामन्त्री भएपछि तत्कालीन नेकपा चौम र रुपलाल विश्वकर्माको सर्वहारावादी संगठनलाई एकीकृत गरेर नेकपा एकता केन्द्र बनाए । एकता केन्द्रमा नेकपा मसालमा रहेका बाबुराम भट्टराईहरु आइपुगेका थिए । २०५१ भदौमा पुग्दा जनयुद्ध गर्ने र नगर्ने पक्ष र पक्ष हुँदा २०५१ कार्तिकमा नेकपा एकता केन्द्र फुट्यो । निर्मल लामाहरुले त्यही एकता केन्द्र चलाए भने प्रचण्ड बाबुरामहरुले नेकपा माओवादी बनाए । २०५२ फागुन १ गते नेकपा माओवादीले सशस्त्र बिद्रोह ग¥यो त्यसपछि पनि विभिन्न समूह र ब्यक्ति माओवादीमा आइरहे । माओवादी २०६२ मा पुग्दा विशाल पार्टी मात्रै होइन भूमिगत रहेको लालसेना भएको पार्टी थियो जस्ले सात दलसंगै १२ बुंदे दिल्ली सम्झौता गरेर २०६२÷०६३ को जन आन्दोलनमा सहभागी भएको थियो ।      दोस्रो आन्दोलन सफल भएपछि देश माओवादीमय भयो । अन्तरिम संविधान हुँदै संविधानसभाको चुनाव दोस्रो संविधानसभाको चुनाव पुग्दा माओवादी फुट्यो २०७४ मा नेकपा माओवादी र एमाले एकता भएर नेकपा बन्यो २०७७ पुग्दा अदालतले दुबैलाई आफ्नै अस्तित्वमा रहनेगरी फुटाइदियो । एमाले फुटेर नेकपा एकीकृत बन्यो । जेन्जी आन्दोलन पछि २०८२ को चुनाव अघि एकीकृत र माओवादी एकता भएर नेपाली कम्युनिष्ट पार्टी बन्यो । अहिले पÞmेरि इतिहास आफैं भत्काउनेहरु ओली प्रचण्ड हात मिलाउन आइपुगेका छन् । जस्को कुनै अर्थ छैन । यो सहमति र सम्झौता प्रति न कार्यकतामा उत्साह छ, न जनतामा आशा । सबैले बुझेका छन् केन्द्रीय सत्ताबाट पत्तासाफ भएपछि प्रदेशको सत्ता स्वार्थका लागि यो मिलन लाजमर्दो लाग्दैन बुढाहरु ? भनेर आक्रोश पोखिएका बेला अब ओली प्रचण्डले के गर्छन् ?

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्