IMG-LOGO

प्रधानमन्त्रीको मुस्ताङ्ग भ्रमण किन ?

 मंगल, भदौ ९, २०८३  -

    प्रधानमन्त्री बालेन साह शनिबार र आइतबार बिदा मनाउन हिमाली जिल्ला मुस्ताङ पुगेका छन् । बिदाको यात्रा कि रहर हो कि कसैको बोलावट छ त्यहाँ ? यो बेला जानै पर्ने बाध्यता किन ? यी र यस्तै प्रश्न व्यापक उठेका छन् । देवता जस्ता नबोल्ने बालेन अचम्मका प्रधानमन्त्री हुन् । उनी बोल्दैनन् । बोलेर मनको कुरा खोले पो मान्छे चिन्न सजिलो हुन्छ । रोम जलिरहँदा नुरो बाँसुरी बजाएर बसेका थिए रे । देशमा यत्तिका व्यथिती हुँदा  प्रम साहलाई किन मुस्ताङ्ग जानु प¥यो ? हरेक शनिबार बिदा मनाउने रुटिङ्ग भए पनि र यो पल्ट मुस्ताङ्ग छानेछन् । अर्को पल्ट इलाम त्यसपछि भेडेटार अनि रारा दोधारा चाँदनी पुग्लान् भन्नु त्यो पनि होइन । भदौको झरी छ स्थानीय प्रशासनलाई पहिरो पन्छाउँदै सडक तम्तयार गर्नु छ । धादिङ्ग देखि मुस्ताङ्गसम्म अर्थात बीचमा पर्ने जिल्ला चितवन तनहुँ कास्कीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख सतर्क अवस्थामा रहनु परेको छ । हामीलाई त लाग्दैछ रोम जल्दा नुरो बाँसुरी बजाएर बसे जस्तै हो यो बेलाको यात्रा ।     हाम्रा प्रधानमन्त्री बालेन साह यो सालको भदौ २३ आउँन दुई हप्ता बाँकी हुँदा गाडीको लस्कर लिएर मुस्ताङ्ग पुगेका किन हुन । प्रधानमन्त्रीको मुस्ताङ्ग मिसन किन? धादिङ स्थित सेनाको व्यारेकमा प्रधानमन्त्रीको ब्रेकफास्ट भएको खबर एकाएक काठमाडौँका मिडियाले कभर गरेपछि खबर बाहिरियो । बिदा मनाउन प्रधानमन्त्री त्यस तर्फ गएका हुन् की ठूला मालिकको आदेशमा युरेनियम भण्डारको अनुसन्धान गर्न विज्ञ सहितको टोली त्यहाँ गाएको त होइन ?     कैलो कपाल र खैरो अनुहार गरेका मालिकहरु आफैँ विनलादेन सद्दाम जन्माउँछन् आदेश नमानेका भोली पल्ट गोली ठोकेर वा झुण्डाएर मारिदिन्छन् । मालिकको आदेश चर्को छ त्यही चर्कोमा सर्को तान्दै प्रधानमन्त्री मुस्ताङ्ग जानु रहर होकी बाध्यता? त्यो त आगामी दिनले रहस्य खोल्ने छन् । मुस्ताङ्ग त्यही विवादित क्षेत्र हो जहाँ तिब्बती धर्मगुरु दलाई लामाले खम्पा विद्रोह गराएका थिए । राजा वीरेन्द्रको पालामा खम्पा विद्रोहीहरुलाई निःशस्त्रीकरण गरिएको थियो । भन्नलाई त यो सरकार एक चीन नीतिमा प्रतिबद्ध भएको बताए पनि व्यवहार त यो सरकार चीनको टाउको दुःखाइ भएको छ । प्रमको मुस्ताङ भ्रमणको रहस्य एक दिन पक्कै खुल्छ खुल्छ ?

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्