IMG-LOGO

बाढीको प्रलय र विदेशी सहयोग

 मंगल, भदौ १६, २०८३  -

    भदौ १० गते चीनको तिब्बतबाट आएको बाढीले रसुवाको केरुङ नाका टिमुरे स्याफ्रुबेसी मात्र होइन नुवाकोटको वेत्रावती त्रिशूली ढुङ्गे देवीघाट मात्रै होइन धादिङ्गको मलेखु अदमघाट मुग्लिङ सम्म नै प्रभाव पार्यो । यो बाढीले बस्ती बाटो पुल जलविद्युत आयोजना मात्रै बगाएन  । नदी किनारमा रहेका सभ्यता पनि बगायो । बस्तीका बस्ती उजाड हुने गरी बगाएको बाढीले मान्छेको पछिल्लो पुस्ता पनि बगायो । इतिहासमा भयावह त्रासदी र अकल्पनीय प्रलय भदौ १० गते भयो । यो बाढीको खबरले देश विदेशमा रहेका नेपाली स्तब्ध छन् । छिमेकी मुलुक भारत चीन लगायत विश्वका अधिकांश मुलुकले नेपालीले ब्यहोरेको यो विपत्ति प्रति सहानुभूति प्रकट गरेका मात्रै छैनन् सक्दो आर्थिक सहयोग प्रदान गरेका छन् । विपद व्यवस्थापनको लागि विदेशीहरुले विज्ञ सहितको टोली लिएर आउँछु भन्दा सरकार विदेशी सहयोग लिन अंनकनाई गरिरहेको छ ।     विदेशी सैन्य बिज्ञहरुको सहयोग लिनु हुँदैन राष्ट्रियतामाथि खतरा हुन्छ, हाम्रै सेना सक्षम छ भन्ने नकारात्मक सामाजिक संजालमा यति घना रुपमा चलाईयो कि सरकारनै दबाबमा आयो विदेशी सहयोग लिने कि नलिने भनेर । सरकारलाई त्यो अप्ठ्यारोमा पार्ने हालको सत्ताधारी दलकै कार्यकर्ता थिए । तिनीहरुलाई भ्रम थियो कि बालेन आएपछि नेपाल जत्रो बिपत्तिको पनि सामना गर्न सक्नेगरि मजबुत भएको छ भनेर । जसले गर्दा सरकार पनि दोधार भयो कतै विदेशी बिज्ञ टोलि बोलाउँदा देशद्रोहिको बिल्ला भिराउने हैनन ? अन्त्यमा विपक्षी दलहरुले बिपत्तिको बेलामा आफ्नो बलबुताले नभेटेपछि मानव जीवन जोगाउन विदेशी सहयोग लिनु नाजायज हैन भनेर सरकारलाई बल दिएपछि बल्ल सरकारले विदेशी बिज्ञ टोलिलाई अनुमति दिने आँट ग¥यो जतिबेला ढिलो भैसकेको थियो । मान्छे टनेलभित्र थुनिएको तीन दिन भैसकेको थियो ।     स्थिति गम्भीर छ । सरकार लाई केही दोष छैन सकेको प्रयास गरिरहेको छ तर सत्ताधारी दलका कार्यकर्तालाई जीवन गुमाएकाको आत्माले र इतिहासले अवश्य धिक्कार्ने छ । देशमा आएको यो विपत्तिमा सबै एकजुट हुन आवश्यक छ । बादविवाद होइन यो प्रलयलाई सामना गर्ने मजबुद मन मस्तिष्क बनाउन आवश्यक छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्