IMG-LOGO

कोरोना कालमा मानसिक समस्या

 मंगल, असोज २७, २०७७  प्रा.डा. सुमनराज ताम्राकार

महामारी तथा प्राकृतिक प्रकोप लगत्तै मानसिक समस्याका केसहरु ह्वात्तै बढ्ने गरेको परिप्रेक्ष्यमा कोभिड १९ को अप्रत्याशित महामारीपछि हाल विश्वमा धेरै मानिस सानो, ठूलो मानसिक समस्याबाट प्रताडित भैरहेका छन् । विगतमा महाभूकम्प २०७२ पछि पनि भूकम्प प्रभावित जिल्लाका नेपालीहरुमा मानसिक रोगको भाषामा पीटीएसडी भनिने गहिरो आघात पछिको तनावपूर्ण अवस्था देखिएको थियो । वर्सेनी बाढी, पहिरो, चट्याङ्ग लगायतका प्राकृतिक प्रकोपका कारण क्षेत्रगत रुपमा यस्तै नियति भोग्नु परिरहेको छ । यस्तैमा गत शनिबार अर्थात् प्रत्येक अक्टोबर १० तारिखको दिन ‘सबैका लागि मानसिक स्वास्थ्यः पर्याप्त लगानी, व्यापक पहँुच, जसलाई पनि, जहाँ पनि’ भन्ने नाराका साथ विश्व मानसिक स्वास्थ्य दिवस मनाइयो ।   तपाई आपैंm सोच्नोस् कोही मानिस भौतिक तथा सामाजिक तवरमा स्वस्थ हुँदैमा, कुनै शारीरिक विकलाङ्ग नहुँदैमा कसरी पूर्ण रुपमा स्वस्थ मान्न सकिन्छ र ? अर्थात् समग्र स्वास्थ्यको परिभाषामा मानसिक तवरले पनि स्वस्थ्य हुनु जरुरी छ । विडम्बना के छ भने विश्वभर आधा अर्ब मानिस कुनै न कुनै मानसिक समस्याबाट ग्रस्त छन् । चार जना मानिस मध्ये एकजनाले आफ्नो जीवनकालमा कुनै मानसिक समस्या खेपेकै हुन्छ । अन्य स्वास्थ्य समस्यामा भन्दा मानसिक समस्याका विरामीहरु लोकलाजका कारणले पनि स्वास्थ्य संस्थामा जानै चाहँदैनन् । त्यसैले होला करिब ८५ प्रतिशत मानसिक रोगीहरु उपचारबाट टाढा रहेको वास्तविकता छ । मानसिक समस्या भन्ने बित्तिकै पागल नै हुनुपर्छ भन्ने होइन सामान्य खालको चिन्ता, दिक्दारी, अब्सेसिभ कम्पल्सिभ डिसअर्डर भनिने एकै खालको काम बारम्बार दोहो¥याउने बानी पनि मानसिक स्वास्थ्य समस्यामा पर्दछ । त्यसैले पनि समग्र स्वास्थ्य समस्याको करिब १५ प्रतिशत योगदान मानसिक समस्याले ओगटेको छ । त्यसैगरी पूरा हुनै नसक्ने, निकट विकटमा सम्भव नभएको हावादारी कुरा, आश्वासन दिएर हिँड्ने, आपूmले आपैंmलाई सुप्रिमो ठान्ने नेताहरु पनि धेर थोरै मानसिक समस्याकै उपज हो । डिप्रेसन (अवसाद), मेनिया, सिजोफ्रेनिया, साइकोसिस कडा खालका मानसिक समस्या हो । मानसिक समस्याको सबैभन्दा विषाद् परिणति चाहिँ आत्महत्या हो । कोरोना महामारीले गर्दा हाम्रो दैनिकीमा व्यापक परिवर्तन आएको छ । घरमै कुँजिएर बस्नुपर्ने, घण्टौं भच्र्युअल क्लासमा बस्नुपर्ने बाध्यता आईलागेको छ । कतिको जागिर चट भएको छ, आय आर्जनको बाटो थुनिएको छ । बन्दाबन्दी, निषेधाज्ञा, क्वारेन्टिन, आइसोलेसनले मनोसामाजिक अवस्था खल्बलिएको छ । पीसीआर गराउनै गाह्रो, रिपोर्ट आउनै ढिलो, कथंकदाचित रिपोर्ट पोजिटिभ आएपछि छिःछिः दूर दूर, सामाजिक कलंकका रुपमा लिइने व्यवहारले वाक्क दिक्क भएका छन् । एकल महिला, विधुर पुरुष, वृद्धवृद्धा झनै समस्यामा छन् । कोरोनाको त्रासले मर्नुपरे आफ्नै थातथलोमा मरुँला भनेर विदेशबाट फिरेका नेपालीहरु केही महिनाको लकडाउनको अवधिमा रोजगारीका अवसर नपाउनाले, खाने बस्नेको जोहो गर्न नसक्नाले फेरि भारत तर्पैm, विदेश तिरै फर्किन थालेका छन् । बल्लतल्ल गरिबीबाट उकासिन थालेकोमा फेरि गरिबी तर्पm नै धकेलिएको छ । यी सबैको परिणाम नै होला लकडाउनकै अवधिमा नेपालमा प्रत्येक दिन करिब २० जनाले आत्महत्या गरे । दुःखको कुरा त्यसरी आत्महत्या गर्नेमा १५ देखि २९ उमेर समूहका अर्थात् आय आर्जनका दृष्टिले उर्जाशील मानिसहरुले आफ्नो जीवन खेर फालिरहेका छन् । विश्व परिदृश्यमा वर्सेनी करिब १० लाख मानिसले आत्महत्या गर्ने गरेको पाइएको छ । सन् २०१८ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट गरिएको एक नमूना अध्ययन १६४७ जनामा गरिएको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणको क्रममा करिब १७.५ प्रतिशतमा कुनै न कुनै खालको मानसिक समस्या रहेको पाइयो । ०.७ प्रतिशत युवापिँढी तथा ३.४ प्रतिशत वयस्क (१७ वर्ष माथिका) मा कडा खालको डिप्रेसन रहेको र आत्महत्या गर्ने मध्ये युवा उमेरका ८.७ प्रतिशत र १०.९ प्रतिशत वयस्क रहेको पाइयो । स्वास्थ्य क्षेत्रको बजेट ५ प्रतिशत भन्दा कम छ, नेपालमा त केवल ०.१७ प्रतिशत मात्र छ । मानसिक रोग विज्ञ तथा सम्बन्धित स्वास्थ्यकर्मी नगण्य छन् । विश्वस्तरमै सन् २०३० सम्ममा डिप्रेसनका लागि मात्र सयौं अर्ब डलर खर्च लाग्ने अनुमान गरिएको परिप्रेक्ष्यमा नेपाल सरकारबाट निःशुल्क प्रदान गरिने औषधिहरुमा मानसिक रोगका लागि आवश्यक औषधिहरु निकै कम छन् । त्यसैले पनि होला यो पटकको मानसिक स्वास्थ्य दिवसमा नेपाली माटो सुहाउँदो नारा ‘पर्याप्त लगानी, व्यापक पहँुच’ मा जोड दिइएको छ । किनकि मानसिक रोगीलाई आड भरोसाका साथै मानसिक स्वास्थ्य सेवामा तिनीहरुको पहुँच बढाउनु पर्ने अवस्था छ ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्