विगत एक वर्ष भन्दा लामो समय अगाडि देखिको कोरोनाकै कहरले राम्रोसँग सम्हालिन नपाउँदै कोरोना संक्रमणको दोश्रो लहरको शुरुवातीतिर आईपुग्दा औलो लगायतका धेरै सरुवा रोग एवं उच्च रक्तचाप, मधुमेह लगायतका नसर्ने रोग तिर चाहिए जति ध्यान पुगिरहन सकेको छैन । यसै मेसोमा ‘शुन्य औलोको लक्ष्यको पुग्दैछौं’ भन्ने नाराका साथ गत आईतबार विश्व औलो दिवस मनाइयो । कुनै जमानामा बिफर पनि उन्मूलन हुने सोच्न पनि सकिने थिएन, केही वर्ष अगाडि पोलियो पनि निवारण गर्न सकिएला भन्न सकिने थिएन । यही मेसोमा विशेषतः तराईका जिल्लाहरुमा, काभ्रेकै पाँचखाल उपत्यकामा पनि औलो रोगले सताउने गरेको विगतको अनुभवले औलो निवारण गर्न सकिएला र भन्ने आशंका पाल्नु स्वभाविकै हो । तर पनि नेपाल सरकारले सन् २०२२ सम्ममा स्थानीय औलोलाई शुन्यमा ल्याउने र यसलाई कायम राख्ने लक्ष्य राखिएको छ भने सन् २०२५ सम्ममा औलो निवारण गर्ने लक्ष्य पनि राखिएको छ । गत आर्थिक वर्ष अर्थात् ०७६/०७७ मा नेपालमा स्थानीय भन्दा आयातित केसहरु पाँच गुणा बढी देखिएको थियो । गत वर्ष ५१७ आयातित केस भेटिएको थियो भने स्थानीय केस १०२ भेटिएको थियो । यसो भन्दै गर्दा नेपालको दक्षिणी छिमेकी विशाल भारतमा औलो रोग नियन्त्रणमा नआईकन नेपालले आशा गरेको लक्ष्य सजिलै भेटिएला भन्नेमा चाहिँ शंकै छ । लामखुट्टेको टोकाइबाट सर्ने विभिन्न सरुवा रोगहरु मध्ये औलो पनि एक हो । स्त्री जातिको एनोफिलस लामखुट्टेको टोकाइबाट औलो रोग सर्दछ । औलो रोग गराउने कारक परजीवि चाहिँ प्लाज्मोडियम हो । यसको पनि भाइभेक्स, फाल्सीपेरम, मलेरी र ओभेल गरी चार उपजातिहरु छन् । औलो प्रभावित क्षेत्रमा फाल्सीपेरम उपजातिका प्लाज्मोडियमहरुको बाहुल्यता छ भने अन्य क्षेत्रमा प्लाज्मोडियम भाइभेक्स नै प्रमुख कारक परजीवि हो । लामखुट्टेको वृद्धि पानी जम्ने ठाउँ (ताल, तलाउ, नाली, पोखरी) मा हुने भएकोले वर्षात् मौसममा औलो महामारीको रुपमा पैmलिन्छ । नेपालको तराई, भित्री मधेश तथा पहाडी क्षेत्रको बेंसी भाग औलो प्रभावित क्षेत्र हुन् । कीटजन्य सरुवा रोगहरु मध्ये औलो सबभन्दा डरलाग्दो कीटजन्य स्वास्थ्य समस्या हो । विशेषतः अफ्रिकाको सब सहारा क्षेत्र, दक्षिण पूर्वी एशिया र मध्य पूर्वी क्षेत्रमा भैंm कतिपय दक्षिण एशियाली मुलुकहरुमा औलो व्याप्त छ । सन् २००० देखि औषधियुक्त झुल वितरण गर्ने तथा घरभित्र लामखुट्टे विरुद्ध औषधि छर्किने काय गरिरहेको भएपनि कोरोना कहरको बेला यो अभियान प्राथमिकतामा पर्न सकेको छैन । यसै अवधीमा गर्भवती महिलामा औलोको प्रकोप ५ गुणाले घटाउन सकेपनि औलोको उच्च जोखिम भएका विश्वका ९१ वटा कम आयमूलक भएका राष्ट्रमै निर्धारित लक्ष्य भन्दा ४० प्रतिशत मात्र उपलब्धि भैरहेबाट चुनौती भने अवश्य छ । औलो, कालाजर, डेन्ग्यु, चिकन्गुन्या लगायतका संक्रमणहरु कतिपय ठाउँमा वर्षैभरि छन् भने गर्मी एवं वर्षात् मौसममा अन्यत्र पनि यदाकदा महामारीको रुपमा पैmलिने गरेको छ । सुरक्षित वातावरण तथा स्वच्छ खानेपानी एवं सरसफाईको लागि पर्याप्त पानी उपलब्ध नहुने ठाउँका बासिन्दाहरुमा कीटजन्य सरुवारोगहरुको प्रकोप बढी देखिने गरेको छ । औलो गराउने परजीविले संक्रमित बालबालिका र लामखुट्टेमा गरी आफ्नो जीवनचक्र पूरा गर्दछ । संक्रमित लामखुट्टेले निरोगी मानिसलाई टोकेपछि औलोका परजीविहरु मानिसको रगतको माध्यमबाट कलेजोमा पुग्दछ । कलेजोको कोशिकाहरुमा यिनीहरुले आफ्नो विकासक्रमको विभिन्न चरणहरु पार गरी रातो रक्तकोषमा पुग्दछन् । त्यहाँ भाले र पोथीको रुपमा विकसित हुन्छन् । लामखुट्टेले संक्रमित मानिसलाई टोक्दा उनको रगतमा रहेका औलोको परजीवि लामखुट्टेको पेटमा पुग्दछ । त्यहाँ परिपक्व भाले र पोथी मिलन भएर लामखुट्टेको पेटको भित्तामा पुग्दछ । त्यहाँ यिनीहरु विभाजन भई शरीर भरि पैmलिन्छन् । यसै क्रममा लामखुट्टेको र्याल गन्थीमा आइपुग्दछ । र अन्य निरोगी मानिसलाई सार्न तयारी अवस्थामा हुन्छ । यी सबै प्रक्रियाको लागि करीब २ हप्ता समय लाग्दछ । औलो लाग्दा कम्पन सहित ज्वरो आउने, कलेजो तथा फियो बढ्ने, रक्त अल्पता हुने, जिउ दुख्ने, टाउको दुख्ने, जोर्नीहरु दुख्ने हुनसक्छ । प्रत्येक पटक ज्वरो आउँदा अलि भिन्नै खालको हुन्छ । शुरुमा जाडो महशुस हुने त्यसपछि तातो (न्यानो) हुने र पछि पसिना खलखली आई ज्वरो ओर्लिन्छ । औलो गराउने परजीविको उपजाति अनुसार ज्वरो निस्कने समयको अन्तराल पनि फरक फरक हुनसक्छ । औलो पत्ता लगाउन स्लाइडमा रगतको पातलो र बाक्लो तह बनाई औलो र यसको कारक परजीविको उपजाति पनि पत्ता लगाउन सकिन्छ । रगतका साथै भिडियो एक्सरे, पिसाब पनि जाँच्न सकिन्छ । औलोको उपचारको लागि क्लोरोक्विन नामक अवधि प्रभावकारी छ भने क्विनिन, मेफ्लोक्विन जस्ता औषधिहरुको पनि आवश्यकता पर्ने सक्दछ । यसका साथै ज्वरो घट्ने, औषधिको अलावा झोलिलो खानेकुरा बढी खुवाउने, खुल्ला हावामा राख्ने, पातलो लुगा लगाइ दिने गर्नुपर्दछ । औलोबाट बच्न घर छेउछाउ सफा राख्ने, सुत्दा झुलको प्रयोग गर्ने (सम्भव भएसम्म औषधियुक्त तथा विशेषतः गर्भवती महिला र बालबालिकाको लागि), विशेष गरि तराई तथा भित्री मधेशमा साँझपख घर बाहिर बस्दा हातखुट्टा पूरै छोपिने लुगा लगाउने, घर र गोठका भित्ताका प्वाल एवं चिराहरु टालटुल गर्ने, गाईवस्तु पाल्ने भए तिनीहरुका लागि गोठ घरबाट टाढा बनाउने गर्नुपर्दछ । यसका साथै घर वरिपरि पानी जम्ने ठाउँबाट पुरिदिने, डी डी टी/मालाथियन जस्ता कीटनाशक औषधि छर्किदिने एवं औलो प्रभावित क्षेत्र जानु अगाडि क्लोरोक्विन औषधी खानु पर्दछ ।
