IMG-LOGO

एड्स विशेष

 मंगल, मंसिर २७, २०७९  प्रा.डा. सुमनराज ताम्राकार

    सन् २०१९ देखि विश्वलाई कोभिड महामारीमा एड्स रोगलाई लिएर त्यति चनाखोपन नभएपनि यस विषयलाई नजरअन्दाज गर्न मिल्ने विषया भने होइन । ह्युमन इम्युनोडेफिसियन्सी भाईरस (एच आई भी) संक्रमण तथा एड्स सम्बन्धी कार्यक्रमका लागि आर्थिक सहायता जुटाउन, एच आई भी एड्स शिक्षा बढाउन, जनचेतना जगाउन, एच आई भी संक्रमित÷ एड्सरोगी प्रतिको सामाजिक भेदभाव तथा अन्धविश्वास हटाउन सन् १९९८ देखि विश्वभरि एड्स दिवस मनाउने क्रममा प्रत्येक डिसेम्बर १ तारिखको दिन अर्थात् पर्सी विश्वभरिका मुलुकमा जस्तै नेपालमा पनि एड्स दिवस मनाईंदैछ । यो पटक ‘समानता’ भन्ने नाराका साथ विश्व एड्स दिवस मनाउन लागिएको छ । केही दिन अगाडि नेपालमा पनि विश्व दिवस मनाईयो ।       पछिल्लो समय नयाँ केश थपिने क्रम र एचआईभी संक्रमणका कारण हुने मृत्यु हुनेको संख्या एकतिहाईले घटाउन सफल भएबाट एचआईभी एड्सको संक्रमण थोरै नियन्त्रणमा आएको देखिन्छ । एन्टीरेट्रोभाइरल थेरापी (एआरटी) उपचारकै कारण उल्लेख संख्यामा ज्यान जोगिएको देखिन्छ । तर विडम्बना विश्वभर अभैm पनि करिब पौने ४ करोड मानिस एचआईभीबाट संक्रमित छन् । यसको मतलब एच आई भी एड्सको त्रास अभैm हटेको छैन, यसको विरुद्ध अभैm धेरै काम गर्नुछ । बहुसंख्यक संक्रमितहरु निम्न तथा मध्यम आय भएका मुलुकका भएका कारण विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्म विश्वव्यापी स्वास्थ्य पहुँच पु¥याउने लक्ष्य लिएको छ । यस क्रममा प्रत्येक संक्रमितलाई उत्तिकै महत्व दिई यस सम्बन्धी औषधोपचार, परीक्षण तथा स्वास्थ्यका अन्य पक्षलाई सुरक्षित, प्रभावकारी, गुणस्तरीय, सहजताका लागि पैरवी गर्र्ने निधो गरेको छ । यसका साथै एचआईभी, क्षयरोग र हेपाटाइटिसको सेवा एकिकृत बनाउने लक्ष्य राखेको छ ।       एच आई भी संक्रमण र एड्स रोग फरक फरक कुरा हुन् । एच आई भी (भाइरस) को आक्रमणले मानव शरीरको प्रतिरोधात्मक क्षमता घट्छ । र, एच आई भी संक्रमणको केहि वर्ष पछि विभिन्न लक्षण चिन्हहरु देखापर्ने अवस्थालाई चाहिँ एड्स रोग भनिन्छ । यतिका वर्ष दिनहरुमा गरिएको जनचेतना कार्यक्रमहरुबाट एच आई भी एड्स कसरी सर्छ भन्ने कुरा दोहो¥याई राख्नुपर्छ जस्तो लाग्दैन । तर असुरक्षित यौनकार्य, संक्रमित सूईको साटासाट एवं संक्रमित आमाबाट गर्भेशिशुमा एच आई भी एड्स सर्दछ भन्ने कुरा चाहिँ यसको रोकथामको लागि निकै महत्वको छ ।       एच आई भी एड्स रोगको रोकथामका लागि महिला तथा पुरुष कण्डमको प्रयोग, यौनरोग एवं एच आई भी को जाँच तथा उचित परामर्श, स्वेच्छिक अग्रचर्म कटान (पुरुष लिङ्गको),  एन्टी रेट्रोभाइरल औषधिसँग सम्बन्धित रोकथाम, लागू पदार्थ दुव्र्यसनीमा जोखिम न्यूनिकरण तथा संक्रमित गर्भवती महिलाबाट गर्भेशिशुमा संक्रमण निराकरणमा जोड दिइएको छ ।       एन्टी रेट्रोभाइरल औषधिहरुले एच आई भी संक्रमणको कारक भाईरसलाई नियन्त्रणमा राख्न तथा शरीरको प्रतिरोधात्मक क्षमता बढाउन मद्धत गर्दछ । तर व्यक्तिपिच्छे यी औषधिको असर फरक हुनसक्छ । जति ढिलो एच आई भी संक्रमणको पहिचान हुन्छ, यी औषधिको प्रभाव त्यति नै कम हुन्छ । तर नियमित रुपमा एन्टी रेट्रोभाइरल औषधिको उपभोगले संक्रमित व्यक्तिको औसत आयु भने निश्चित रुपमा बढाउँछ । कतिपय संक्रमित व्यक्तिलाई रगत नजाँचे सम्म आपूm संक्रमित छु भन्ने कुरा थाहा हँुदैन । आपूmले चिनेजानेका संक्रमितले आपूm एच आई भी संक्रमित छु भनेर खुलस्त भन्दैन ।        अतः एचआईभी संक्रमणको शंका लाग्ने बित्तिकै रगत जचाउनु बुद्धिमानी हुन्छ । मेरो रगत परिक्षणको नतिजा गोप्य हुँदैन कि भन्ने शंका नलिनुस् । विश्व स्वास्थ्य संगठनले रगत (एचआईभी) परीक्षणको क्रममा ५ वटा तत्व मञ्जुरीनामा, गोपनियता, परामर्श, सही परीक्षण नतिजा, अन्य निकायसँग समन्वयमा जोड दिएको छ । संक्रमणको चिन्ताले गल्नु भन्दा स्वेच्छिक रुपमा घोषणा गरेर समयमै औषधीमूलो लाग्नु बुद्धिमानी हुन्छ । शंकास्पद व्यक्तिसँग सम्पर्क हुने बित्तिकै पिईपी शुरु गर्न तथा रगतमा पोजिटिभ नै देखिएको खण्डमा एआरटी थाल्नु राम्रो हुन्छ । यसले एच आई भी एड्सको उपचारमा पहुँचता बढाउन सघाउ पनि पुग्दछ ।       करिब तीन दशक (सन् १९८८) अगाडि नेपालमा पनि पहिलो एचआईभी संक्रमित भेटिएको थियो । नेपालको परिप्रेक्ष्यमा बढीजसो पुरुष यौनकर्मीका ग्राहक, नशाद्वारा लागू पदार्थ लिने, विदेशिएका कामदार र बालकहरु छन् भने महिलाहरुमा गृहिणी, व्यावसायिक यौनकर्मी, विदेशिएका यौनकर्मीका श्रीमती तथा बालिकाहरु छन् । पछिल्लो समय नेपालमा ७९० नयाँ केस थपिएको थियो । र, करिब २९५०३ मध्ये बढी जसो (करिब ६६ प्रतिशत) संक्रमितहरु आर्थिक उपार्जन गर्नसक्ने उमेरका (२५ देखि ४९ वर्षका) छन् । नेपालमा बालबालिकाहरुमा गर्भवती आमाबाट एचआईभी सर्ने सम्भावना बढी भेटिएबाट गर्भावस्थामा एचआईभी संक्रमणका लागि रगत परिक्षण गर्ने कार्यलाई विशेष जोड दिइएको छ । तिनीहरुबाट गर्भे शिशुमा एचआईभी संक्रमण सर्न नदिन एन्टिरेट्रोभाइरल औषधि पनि शुरु गर्न सकिन्छ । आमाबाट गर्भे शिशुमा सर्ने प्रक्रिया रोक्न सकिने प्रमाणित भैसकेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्