छाला मानव शरीरको सबैभन्दा ठूलो अङ्ग हुन् । छालाले शरीरको तापक्रम सन्तुलनमा राख्न, पानी, भिटामिन डी एवं चिल्लोको भण्डारण गर्न सघाउँछ । यसका साथै छालाले ताप, सूर्यको प्रकाश, चोट एवं संक्रमणबाट बचाउँछ । छालाको क्यान्सर खासमा छालाको तन्तु अर्थात् कोषहरुको समूहमा शुरु हुन्छ । मानव शरीरको सबै अङ्गहरुमा छालाको क्यान्सर हुनसक्ने भएपनि सूर्यको प्रकाशबाट सजिलै असर गर्न सक्ने अङ्गहरु अनुहार, घाँटी, हात, पाखुरा र खुट्टामा छालाको क्यान्सर हुने सम्भावना बढी हुन्छ । सन् २०४० सम्म विश्वमा करिब तीन करोड मानिसमा छालाको क्यान्सर हुने अनुमान छ । सन् २०२० को विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार नेपालमा करिब ४०० जनाको छालाको क्यान्सरबाट मृत्यु हुने गरेको छ, जुन कुल मृत्यु संख्याको करिब ०.२५ प्रतिशत हो । छालाको क्यान्सर प्रभावित हुने संख्याको आधारमा नेपाल विश्वको ७३ औं स्थानमा पर्दछ । छालामा विभिन्नतह हुन्छन्, त्यसमध्ये ईपिडर्मिस (बाह्यतह) र डर्मिस (भित्रीतह) चाहिँ मुख्य हुन् । खासमा छालाको क्यान्सर ईपिडर्मिसबाट शुरु हुन्छ । ईपिडर्मिस तह स्क्वामस, बेसल एवं मेलानोसाईट नामका तीन प्रकारका कोषबाट बनेको हुन्छ । त्यसैले स्क्वामस कोष ईपिडर्मिसको सबैभन्दा माथिल्लो तहमापातलो प्रकारले पैmलिएको हुन्छ भने बेसल कोष चाहिँ गोलाकारको हुन्छ । र, ईपिडर्मिसको तल्लो तहमा मेलानोसाइट कोष हुन्छ । सूर्यको प्रकाशको सामीप्यताको मात्राको आधारमा मेलानोसाईटले मेलानिनको उत्पादन गर्दछ । त्यसैले पनि सूर्यको प्रकाशबाट अधिक प्रभावित भएका ठाउँहरुका बासिन्दाहरुको छालामा मेलानिनको मात्राको बढोत्तरीसँगै छाला पनिश्याम वर्णको हुन्छ । गहुँगोरो वाश्यामवर्णका मानिसको छालामा मेलानिनभन्ने तत्वको बाहुल्य हुन्छ । यो मेलानिन भन्ने तत्व (पिगमेन्ट) ले सूर्यको प्रकाशमा हुने अल्ट्राभ्वाइलेट किरणबाट बचाउँछ । त्यसो भएर गोरो एवं सेतो छाला भएका मानिसहरुमा छालाको क्यान्सर हुने सम्भावना बढी हुन्छ । छालाको क्यान्सरको मामिलामा स्क्वामस सेल कार्सिनोमा, बेसल सेल कार्सिनोमा एवं मेलानोमा खालको क्यान्सर हुनसक्छ । यी तीन थरिका अलावा एक्निटिक केराटोसिस भनिने छालाको समस्या पनि कहिलेकाहीँ स्क्वामस सल कार्सिनोमा परिणत हुनसक्छ । छालाको क्यान्सरको प्रकार सारांशमा स्क्वामस सेल कार्सिनोमा, बेसल सेल कार्सिनोमा र मेलोनोमागरी छालाको क्यान्सर तीनप्रकारको हुन्छ । स्क्वामस सेल कार्सिनोमा– यस्तो खालको क्यान्सर छालाको माथिल्लो तहको कोषमा हुन्छ । बढीजसो स्क्वामस सेल कार्सिनोमा मुख भित्र एवं जननेन्द्रीय वरिपरि हुन सक्छ । बेसल सेल कार्सिनोमा– छालाको क्यान्सरहरु मध्ये सबैभन्दा सामान्य प्रकार हो । यो क्यान्सर छालाको सबैभन्दातल्लो तहको मुख्य कोषमा विकसित हुन्छ । यो क्यान्सर बिस्तारै शरीरको अन्य भागमा फैलिन्छ । त्यसैले यस खालको क्यान्सर अन्यत्र फैलिनबाट रोक्न र पूर्ण उपचारको लागि दसमयमै जाँच आवश्यक हुन्छ । यस खालको क्यान्सर विशेषतः अनुहार, कान, टाउको लगायत घामको सामीप्यता आउने ठाउँमा हुने गर्छ । यस्तो क्यान्सर हुँदा छालामा मोत ीजस्तो दाना वा मासुको डल्लो देखा पर्ने, छालामा रातो वागुलाबीरङ्गको दाग देखिने, घाउ निको भैसकेपछि पनि आलो देखिने हुन्छ । मेलोनोमा – छालाको रङ्ग निर्धारण गर्ने कोषबाट मेलानोमा खालको क्यान्सर विकसित हुन्छ । यो क्यान्सर अन्य तन्तु वा अङ्गमा छिटो फैलिन सक्छ । यद्यपि, समयमै उपचार गरेको खण्डमा यो क्यान्सर ठिक हुन सक्छ । प्राकृतिक (घाम) का साथै कृत्तिम खालको प्रकाशमा धेरै समय बिताएमा, परिवारमा कसैलाई छालाको क्यान्सर भएमा, गोरो छाला भएमा, शरीर तथा छालामा अत्याधिक कोठी भएमा, छाला संवेदनशील भएमा (घामले सजिलै डढ्ने भएमा), आँखा निलो वा खैरो तथा कपालको रङ्ग रातो वा खैरो हल्क ाभएका व्यक्तिलाई छालाको क्यान्सर हुने सम्भावना अत्याधिक हुन्छ ।यसका साथै छालाको सुजन लामो समय रहि रहेमा, निको नहुने खालको कुनै घाउ भएमा, विकिरण उपचार लिएमा प्रतिरोधात्मक क्षमतामा कमी आएमा पनि छालाको क्यान्सर हुने जोखिम हुन्छ । छालाको क्यान्सर हुँदा छालाको सतह अन्यत्र भन्दा अलि उठ्ने, मोती जस्तै चहकिलो हुने, कडा खालको गाँठागुँठी आउने, कत्ला उठ्ने, सजिलै रगत बग्ने, पाप्रा उठ्ने हुन सक्छ । छालामा यी परिवर्तन देखा पर्दैमा छालाको क्यान्सर नै भयो भन्ने होइन । एक्निटिक केराटोसिसमाभने छाला खस्रो हुने, रातो वागुलाफी रङ्गको हुने, तल्लो ओंठ चिरा पर्ने वा ताछिएको जस्तो हुने हुन्छ । त्यसो भएर छालामा कुनै परिवर्तन आएमा, छालामा नयाँ दाग वा गिर्खा देखा परेमा चनाखो हुनुपर्छ ।आशंकित व्यक्तिलाई विस्तृतमा सोधपुछ एवं शारीरिक परीक्षण गर्नुका साथै प्रभावित ठाउँ (असामान्य गाँठागुँठी वा छालाको दाग) को बायोप्सी (मासुजाँच) बाट क्यान्सरको निक्र्यौल गर्न सकिन्छ । छालाको क्यान्सर रगत, तन्तुएवं लिम्फको माध्यमबाट शरीरको अन्य भागमा पैmलिन सक्दछ । छालाको क्यान्सर अन्यत्र पैmलिएको छ, छैन थाहा पाउन सीटी स्क्यान, पेट स्क्यान, छातीको एक्सरे,अल्ट्रसाउण्ड, आँखाको जाँच, प्रभावित भागको नजिकैको आँख्ला (लिम्फनोड) को बायोप्सीबाट थाहा हुन्छ । उपचार एवं रोकथाम छालाको क्यान्सरको प्रकार, छालाको अवस्था, प्रभावित व्यक्तिको स्वास्थ्य स्थितिको आधारमा शल्यक्रिया, विकिरण थेरापी, फोटो डाइनामिक थेरापी, इम्युन थेरापीएवं टार्गेट थेरापीको लगायतका विकल्पहरुबाट उपचार गरिन्छ । दिउँसोको पारिलो घामबाट बच्ने, सूर्यको हानीकारक विकिरणबाट बच्न शरीर ढाक्ने लुगा लगाउने सनब्लक क्रिमको प्रयोग गर्ने, नियमित अन्तरालमा छालाको जाँच गराउने तथा बिटाक्यारोटिन, आइसोट्रेटिनोइन, सेलेनियम, निकोटिनामाईड जस्ता छालाको क्यान्सरबाट बचाउने एजेन्टको प्रयोग गर्ने गर्नुपर्दछ । प्रभावित व्यक्ति वा स्वास्थ्यकर्मीबाट छालामा आएको पछिल्लो परिवर्तनको परीक्षण गर्ने वा पहिले देखिको दाग वा गाँठामा हालै अस्वभाविक परिवर्तन आएको भए बायोप्सी गराउनु पर्दछ ।
