प्रत्येक वर्ष अंग्रेजी महिना जनवरीको अन्तिम आइतवारमा विश्व कुष्ठरोग दिवस मनाइने गरिन्छ । नेपालमा पनि गत आइतवार विश्व कुष्ठरोग दिवस मनाइयो । यो पटक ‘एकत्रित, कार्यान्वयन अनि निराकरण’ भन्ने नाराका साथ उक्त दिवस मनाइयो । उतिबेलै कुष्ठरोगको महत्व बुझेका र निरन्तर कुष्ठरोगीको भलाईमा होमिएका भारतका महान् नेता महात्मा गान्धीलाई हत्या गरेको दिन अर्थात् १९४८ जनवरी ३० को दिनलाई समर्पण गर्दै फ्रान्सेली मानव अधिकारकर्मी राउल फोलेरिउलेले जनवरीको अन्तिम दिनलाई उक्त दिवस मनाउन सिफारिश गरेका थिए । कुनै समय थियो कसैलाई सराप्नु प¥यो भने ‘कोरी लागोस्’ भनेर सरापिन्थ्यो । यसैबाट यो रोग विरुद्ध प्रभावकारी औषधि नभएको बेला यो रोगको गम्भीरता थाहा हुन्छ भने यो रोगबाट ग्रसित हुनेको विवशता थाहा पाइन्छ । कुनै समय कुष्ठरोग लागेकालाई गाउँ शहरबाट निकाला गरिन्थ्यो । उपचारमा संलग्न चिकित्सकहरु पनि यति त्राहिमाम थिए कि विरामी उपचार वापत प्राप्त शुल्क (सिक्का) स्पिरिटमा डुबाएर मात्रै लिने गथ्र्यो । सन् १८७३ मा नर्वेली नागरिक जी एच आर्मर हान्सेनले कुष्ठरोगको कारक जीवाणु पत्ता लगाएका थिए । त्यसो भएर कुष्ठरोगलाई मेडिकल भाषामा आन्सेन डिजिज पनि भनिन्छ । रोचक त के भने मानव जीवनलाई असर गर्ने व्याक्टेरिया पत्ता लगाउन सकेको पहिलो सफलता यही भयो । कुष्ठरोगले शरीरको स्नायु प्रणालीलाई असर गर्दछ । त्यसमाथि चिसो हुने शारीरिक अङ्गहरु जस्तै हात गोडा तथा अनुहारलाई बढ्ता असर गर्दछ । विश्वमा दर्ता गरिएका सबैभन्दा पुराना रोगहरु मध्ये एक हो कुष्ठरोग । पहिले पहिले यसलाई महारोग एवं कोरी पनि भनिन्थ्यो । आवास स्थलमा भेन्टिलेसनको कमी, साँगुरो बासस्थान र नाजुक जीवनयापनका परिस्थिती नै कुष्ठरोगको कारक तत्व हुन् । जीउमा रातो एवं फुस्रो दाग आउनु, लाटो दाग देखिनु, हात गोडाका स्नायु मोटा हुनु, झमझमाउनु कुष्ठरोगका प्रारम्भिक लक्षण चिन्हहरु हुन् । अनुहारको छाला तथा कानको लोती बाक्लो हुन सक्छ । यो रोगका कारण नसामा पर्ने असर शुरुमा थाहा पाउन गाह्रो हुनसक्छ भने यी लक्षण देखा पर्दा निकै ढिलो भैसकेको हुन्छ । विश्वमा अभैm लाखौंको संख्यामा निदान हुन नसकिरहेको अवस्थामा छ । यो रोग माइको ब्याक्टेरियम लेप्रिई नामका किटाणुका कारणले गर्दा लाग्दछ । संक्रमित व्यक्तिले खोक्दा उसको मुखबाट निस्कने स–साना कणका माध्यमबाट नजिकैको निरोगी व्यक्तिमा सर्दछ । यो रोगका लक्षण देखा पर्न पाँच देखि बीस वर्ष लाग्न सक्छ । कुष्ठरोगले स्नायु (नशा) लाई असर गरेपछि संक्रमित व्यक्तिले चाल नपाउने हुनाले विशेषतः हात गोडामा घाउ लाग्न सक्छ किनभने तातोले पोलेको, चुच्चो वस्तुले घोचेको, धारिलो चिजले काटेको, काँडाले बिझाएको थाहा नपाउने हुनाले घाउ चोट पटक लाग्ने र कालान्तरमा हात गोडाका औंला झर्न गई शारीरिक विकलाङ्गको समस्या देखा पर्दछ । त्यसैले यसलाई कोरी पनि भनिन्थ्यो । पाउसी ब्यासीलरी र मल्टी ब्यासीलरी गरी दुई थरिको कुष्ठरोग हुन्छ । नेपालका कुल कुष्ठरोगीमध्ये ५२ प्रतिशतमा बढी किटाणु हुने मल्टी ब्यासीलरी प्रकारको हुन्छ । त्यसो त सन् २०१० देखि नेपालले कुष्ठरोगलाई राष्ट्रियस्तरमा जनस्वास्थ्य समस्याको रुपमा लिन छोडेको छ । सन् २०१९÷२० मा १८५३ नयाँ केस भेट्टिएको थियो । जब कि २०१८ मा ३२०० नयाँ केस थपिएको थियो । अतः नेपालमा अभैmपनि नयाँ कुष्ठरोगीहरु थपिने क्रममा जारी छ । विश्वमा दैनिक जसो ६०० जनामा कुष्ठरोग पत्ता लाग्ने गरेको छ । बालबालिकाहरुमा पनि कुष्ठरोग पत्ता लागिएको घटनाबाट यो रोग अभैm संक्रामक नै छ भन्ने हेक्का राख्नु पर्दछ । नेपालका कुल कुष्ठरोगीमध्ये ४ प्रतिशत बालबालिका छन् भने करिब ३० प्रतिशत महिला छन् । कुल कुष्ठरोगी मध्ये ८५ प्रतिशत पूर्वी तराई देखि पश्चिम तराईका जिल्लाहरुमा भेटिएका छन् । फुस्रो दाग, लाटो दाग, मोटा नशा, झमझमाउने समस्या हुँदा कुष्ठ लागेको शंका लागेको अवस्थामा प्रभावित छाला तथा कानको लोतीको बायोप्सी गरेको खण्डमा कुष्ठरोग लागे नलागेको थाहा हुन्छ । बढी सर्ने र कम सर्ने कुष्ठरोगका लागि एक वर्ष र ६ महिना औषधि खाए पूरै निको हुन्छ । यसमा रिफाम्पिसिन नाम एन्टीबायोटिक औषधि प्रमुख हुन् । स्वास्थ्य केन्द्रबाट यी औषधि निःशुल्क प्राप्त हुनुका साथै औषधि लिन आउन यातायात खर्च पनि दिइन्छ । विश्व कुष्ठरोग दिवस मनाउनुको उद्धेश्य यो रोग प्रति जनचेतना जगाउनु भन्दा पनि सामान्य जनमानस प्रति यो रोगप्रतिको धारणा र रोगीप्रति गर्ने दुव्र्यवहारमा बदलाव ल्याउनु हो । मुख्य कुरा यो रोग रोकथाम गर्न सकिन्छ र पूर्णतः निको पार्न सकिन्छ भन्ने जानकारी दिनु पनि हो । जेहोस् बिफर लोप भैसकेको छ, पोलियो लोप हुने क्रममा छ भने जस्तै कुष्ठरोग पनि निकट भविष्यमै लोपोन्मुख बनाउन सकिन्छ कि भन्ने धेरैले आशा लिएको छ ।
