IMG-LOGO

सन्दर्भ ः विश्व मृर्गौला दिवस २०२५ ‘स्वस्थ मिर्गौला’

 मंगल, चैत ११, २०८१  प्रा.डा. सुमनराज ताम्राकार

       ‘के तपाईंका मिर्गौलाहरु ठिक छन् ? चाँडै पत्ता लगाउनुस्, तपाईंका मिर्गौला जोगाउनुस् ’ भन्ने नाराका साथ हालै विश्वभर विश्व मृर्गौला दिवस मनाईयो । विश्वभर करिब २० करोड महिला जीर्ण खालका मृगौैलाको समस्याबाट पीडित छन् भने वर्सेनी ६ लाखको हाराहारीमा मृत्यु भैरहेको छ । मानव शरीरको कम्मरको दुवै तिर ठूलो सिमी आकारका मिर्गाैलाहरु हुन्छन् । प्रत्येक मिर्गौला करीब १२ ह ६ ह ३ सेमीका हुन्छन् भने दायाँतर्पmको मिर्गाैला थोरै तलतिर हुन्छ । २४ घण्टामा मिर्गौलाले करीब १८० लिटर रगत (तरल पदार्थ) मा रहेको विकार वस्तु (हानीकारक र रासायानिक पदार्थ) फिल्टर गरेर फेरि शरीरमा फर्काउँछ । यस प्रक्रियामा स्वस्थ्य मानिसको शरीरमा दैनिक करीब डेढ लिटर पिसाब निर्माण हुन्छ । यस हिसाबले ६० देखि ७० मिली पिसाब प्रति घण्टा बन्नु पर्दछ । तर मिर्गौलामा कुनै समस्या उत्पन्न भएको खण्डमा शरीरको विकार वस्तु पिसाबको माध्यमबाट बाहिर फ्याँक्न कम्तिमा ३० मिली पिसाब प्रतिघण्टा बन्नु आवश्यक छ ।      मिर्गौलाले ८५ देखि ९० प्रतिशतसम्म कार्य गर्न छोडेपछि शरीरमा विकारयुक्त रासायानिक वस्तुहरु थुप्रिन्छ । यस्तो प्रतिकूल अवस्थामा मेशिनको सहायताले विकारसँगै अनावश्यक लवण र अतिरिक्त पानी शरीरबाट बाहिर फ्याँक्ने प्रक्रियालाई डायलाइसिस भनिन्छ । शरीरमा विकार वस्तु थुप्रिएको मात्रा र थुप्रिने अवधि हेरिकन पटक पटक डायलाइसिस गराउनु पर्ने हुन्छ । समग्रमा मिर्गौला प्रत्यारोपण नगरिएसम्म छिटो छिटो डायलाइसिस गराउँदै जानुपर्ने अवस्था आउँछ ।      नेपालमा करीब २७ लाख नेपालीमा मिर्गौला सम्बन्धी समस्या भएको, त्यसमध्ये २७ हजारमा अति गम्भीर खालको समस्या रहेको र वर्सेनी २७ सय जनाको मिर्गौलाले पूर्ण रुपमा काम गर्न छाड्ने अनुमान छ । यसरी मिर्गौला फेल भयो भने यसले रगत सफा पार्न सक्दैन र रगतमा भएको विकार क्रियटिनको मात्रा बढ्छ । सामान्यतयाः रगतमा क्रियटिनको मात्रा १.२ भन्दा कम हुनु पर्दछ । कुनैपनि बेला क्रियटिनको मात्रा बढेको छ भने यो स्थायी वा अस्थायी कुन प्रकारले बढेको हो थाहा पाउनु पर्दछ । अस्पताल तथा क्लिनिकमा ५०–६० रुपैयाँले क्रियटिनको मात्रा जाँच्न सकिन्छ । ज्वरो अथवा कुनै औषधि सेवन गरिरहँदा रगतमा क्रियटिनको मात्रा अस्थायी तवरले बढ्न सक्छ ।      मिर्गौला तथा पिसाब नलीमा हुने पटक पटकको संक्रमण, मिर्गौलाकै सुजन (नेफ्राइटिस), मिर्गौलामा पत्थरी, मिर्गौलामा पानीको फोका (सिस्ट) बन्ने समस्या, मिर्गौलाकै वंशानुगत समस्या तथा मिर्र्गौलाको ट्युमर (क्यान्सर) ले पनि मिर्गाैलाको खराबी हुने भएपनि मिर्गाैला भित्रको नेफ्रोनको सुजन, लामो समयसम्मको मधुमेह (सुगर), उच्च रक्तचाप (हाई ब्लडप्रेसर) तथा वंशाणुगत कारणले स्थायी प्रकारको मिर्गौलाको खराबी हुनसक्छ ।      मिर्गौला रोगका लक्षणहरु शुरुमा नदेखिएपनि माथि उल्लेखित स्वास्थ्य समस्याहरुको पृष्ठभूमिमा खुट्टा तथा आँखाको डिल सुन्निने, थकाइ लाग्ने, खान मन नलाग्ने, पिसाब छिनछिनमा लाग्ने भएमा मिर्गौला फेल खाएको हुनसक्छ । मिर्गौला प्रत्यारोपण निकै खर्चिलो उपचार हो । त्यसैले पनि शुरुमा जो कोहीले आँटदैनन् र शुरुमा डायलाइसिसकै सहारामा पर्दछन् । हाल नेपालभरिकै क्षेत्रियस्तर सम्मका अस्पतालहरुमा डायलाइसिसको सुविधा छ ।      करीब ८० प्रतिशत मिर्गौला रोगीले एक पटक पनि डायलाइसिस गर्न सक्ने हुँदैन अर्थात् गराएका हुँदैनन् । नेपालमा हाल करीब ५०० जनाले डायलाइसिस गराइरहेका छन् । त्यसमाथि संक्रमितलाई प्रयोग गरिसकेका तर राम्ररी निर्मलीकृत नगरिएका डायलाइसिस मेशिनका कारण बिरामीले थप समस्या बेहोर्नुपर्ने अवस्था छ । डायलाइसिस गराइरहेकाहरु तथा तिनका परिवारजन बिस्तारै आजित हुन थाल्छन् र घरखेत बेचेर वा ऋण काढेर भएपनि मिर्गौला प्रत्यारोपण गर्न तर्पm लाग्छन् ।      चिकित्सा विज्ञानमा भएको प्रगति अनुसार मुटु, कलेजो, फोक्सो, मिर्गौला लगायतका मानव अङ्ग प्रत्यारोपण सफलतापूर्वक गर्ने गरिएपनि नेपालमा भने मिर्गौला मात्र प्रत्यारोपण गर्ने गरेको छ । नेपालमा सीमित सुविधाका कारण मिर्गौला प्रत्यारोपणका लागि अभैm कम्तिमा भारत जानुपर्ने व्यवस्था छ । शरीरका कुनैपनि अङ्ग प्रत्यारोपणका क्रममा लिने र दिने बीच रगत समूह लगायतका अन्य कतिपय तत्वहरु मिल्नु पर्दछ ।      नियमित व्यायाम गर्ने, सुगरका बिरामीले सुगर नियन्त्रणमा राख्ने, नियमित प्रेसर नाप्ने, उच्च रक्तचापका बिरामीले प्रेसर नियन्त्रणमा राख्ने, धुम्रपान नगर्ने, जथाभावी पेनकिलर औषधि नखाने, दिनहुँ प्रशस्त मात्रामा पानी (कम्तिमा एक लिटर) पिउने गरेमा मिर्गौलाको रोगबाट बच्न सकिन्छ । योगा वा आर्युवेदका उपचार तर्पm लाग्ने हो भने चिकित्सकको सल्लाह लिएर मात्र औषधि छोड्नु पर्दछ ।      मधुमेह र उच्च रक्तचापको कारण मिर्गौला बिग्रिने भन्दा सुगर र प्रेसरको औषधि जिन्दगीभर खानु पर्नेमा बढ्ता पिरलो छ प्रभावित व्यक्तिलाई । पानी पिउने र व्यायाम गर्ने कार्य पनि गरिँदैन ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्