पनौती नगरपालिका वडा नं ७ मा २०१० वैशाखमा तुयुकाजी ताम्राकारको जन्म भएको हो । इन्देश्वर हाइस्कुलमा अध्ययन गरी २०२६ सालमा एस.एल.सी उत्तीर्ण गरी सकेपछि आइए अध्ययन गर्न काभ्रेमा कतै नहुँदा काठमाण्डौ गई अध्ययन सकेपछि २०२९ सालमा सोही स्कुलमा शिक्षण पेशामा लाग्नु भएका तुयुकाजी ताम्राकार बामपन्थी विचारका हक्की स्वभावका हुनुहुन्छ । २०७८ पुष ३ गते भएको क्याम्पसको व्यवस्थापन समितिको निर्वाचनबाट इन्द्रेश्वर क्याम्पसको अध्यक्ष हुनु भइ जिमेवारी सम्हाल्नु भयो । शिक्षण पेशाबाट अवकास लिइ सकेपछि उहाँ साहित्य श्रृजनामा बढी तल्लीन रहनु भयो । २०५८ सालमा ११ जना शिक्षा प्रेमीहरूको स्थानीय पहल कदमीमा इन्द्रेश्वर क्यापसको स्थापना गरिएको हो । क्याम्पसको शैक्षिक स्तरीयता विकास गर्ने उद्देश्यका साथ अघि वढ्नु भएको सञ्चालक अध्यक्ष तुयुकाजी ताम्रकारसँग क्यम्पसको शैक्षिक अवस्था र भावि नयाँ योजनाको बारेमा रेडियोको समय सन्दर्भमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
इन्द्रेश्वर क्याम्पसको शैक्षिक स्तरीयता बारेमा बताइदिनुसन ?
११ जना शिक्षा प्रेमीहरुको सक्रियतामा २०५८ सालमा स्थापना गरिएको इन्द्रेश्वर क्याम्पस जनस्तरबाट नै सहयोगमा स्थापीत भएको हो । जनविश्वास कायम रहेको छ । शैक्षिक पूर्वाधार विकास प्राध्यापकहरुको लगनशिलता, विद्यार्थीहरुको रोजाईको क्याम्पस बन्न सकेको छ ।
एक वर्ष अघि सञ्चालक समिति अध्यक्ष, क्याम्पसको प्रशासन र क्याम्पस प्रमुखसँग भएको टसलले गर्दा केही समस्या ल्यायो । स्थानीय अभिभावक, सरोकारवालहरु र शिक्षा प्रेमीहरुको सक्रियत युनिभरसिटीका उपकुलपतिको सहायतामा पुरानो विधानलाई खारेजी नयाँ विधानको निर्माण गरी २०७८ पुष ३ गते निर्वाचन गरी नयाँ सञ्चालक समिति गठन भएको छ । अहिले क्याम्पसको शैक्षिक गतिविधिले गति पक्रन लागेको छ । विगतमा प्राध्यापकहरुलाई नै ६० लाख भन्दा बेसी तिर्न बाँकी रहेछ । विद्यार्थीहरुसँग उठाएको शुल्क र अन्यत्र समेतको गरी बाँकी तलब खुवाउन सफल भएका छौँ । सञ्चालक समितिमा प्रध्यापकहरु र क्याम्पस प्रमुख श्रीकुमार सुवाल सहितको टिम सशक्त ढङ्गबाट क्याम्पसको शैक्षिक विकासको हितमा लाग्नु भएको छ ।
यहाँले नेतृत्व प्राप्त गरेपछि शैक्षिक सुधारका प्रयासहरु के के गर्नुभयो ?
१ वर्ष अघि व्यवस्थापन पक्ष र क्याम्पस प्रमुख बीच गञ्जागोल स्थिति रहेको थियो । निर्वाचनपछि त्यो अवस्थाको अन्त्य भएको छ । विद्यार्थी वर्ग र प्राध्यापकहरुको आउने जाने नियमितता थिएन् । अहिले त्यो अवस्था सुधार भएको छ । प्राध्यापकहरु, विद्यार्थी वर्ग र व्यवस्थापन पक्षको सहकार्य एकता कायम छ । विस्तार शैक्षिक गुणस्तरीयता बृद्धि तिर क्याम्पस अघि बढेको छ । क्याम्पस हातामा क्यान्टीन सञ्चालन भएको थियो । व्यवस्थित भएको थिएन । अहिले २५ लाख लगानीमा थप व्यवस्थित गरिएको छ । विद्यार्थी वर्ग र शिक्षकहरुलाई क्यान्टीनमा खाजा, चिया कम शुल्कमा राम्रो खाने व्यवस्था गरिएको छ । विद्यार्थीहरुको र अभिभावकहरुको विश्वास क्याम्पस प्रति बढेको छ । नियमित रुपमा विद्यार्थीहरु र प्राध्यापकहरु आउने क्रम जारी छ । कक्षाहरु नियमित सञ्चालन भएका छन् । ६÷६ महिनामा विद्यार्थीहरुको शैक्षिक समस्या बुझ्न र समस्या समाधानको लागि अन्तरक्रिया छलफल गर्ने, क्याम्पसका प्रध्यापक र व्यवस्थापन बीच अन्तरक्रिया गर्ने क्रम निरन्त १÷१ महिनामा जारी रहेको छ । समय सापेक्ष प्रध्यापकहरुको लागि शैक्षिक पुनरताजगी तालिमको प्रवन्ध गरिने छ । विश्व बजारमा व्क्निे उत्पादन सँग जोडिने शिक्षा आवश्यक छ । त्यसको लागि हामी निरन्तर लागि पर्छौ ।
सामुदायिक क्याम्पसका प्रमुख समस्याहरु के देख्नु भयो ?
सामुदायिक क्याम्पसको व्यवस्थापन टिम सशक्त र शैक्षिक विकासमा दत्तचित्त भएर लाग्ने हुनुपर्छ । कतिपयमा राजनीतिक भाग वण्डामा गठन हुँदा धेरै नै समस्या आएका घटना छन् । व्यवस्थापन टिम र प्राध्यापकहरु बिच शैक्षिक स्तरीय विकासमा कम छलफल हुने ध्यँन कम दिने अवस्थाले शिक्षण सिकाइमा ह्रास आएको देखिन्छ । शैक्षिक संस्थामा आउने व्यक्ति स्वच्छ छवि भएको संस्थाको हित चिताउने हुनुपर्छ । भौतिक पूर्वाधार विकासमा कमी, उपयुक्त लाइव्रेरीको अभाव, ग्रामीण भेगका अधिकांश अभिभावकहरु गरिवीको रेखामुनी रहेका र विद्यार्थीहरुको शुल्क तिर्न नसक्ने हुनु । विद्यार्थीहरुको नियमित सहभागीता नहुनु आर्थिक अवस्थाका कारण एक पिरियट छोडेर भए नी कार्य गर्ने अवस्था पनि देखियो । संस्थागत क्याम्पसहरुको व्यवस्थापन टिम निक्कै सक्रिय विद्यार्थीहरुको हेरचाह उनीहरुको रेखदेखमा प्रिन्सिपल र प्रध्यापकहरुले अध्ययन अध्यापनमा विशेष जोड दिएको पाइन्छ । सामुदायिक क्याम्पसहरुमा कम शुल्कमा विद्यार्थी अध्यापन गराउनु पर्ने भएकाले क्याम्पस सञ्चालनमा धेरै कठीनाई हुन्छ । सहयोगको बढि आशा गर्नु पर्ने स्थानीय र प्रदेश सरकारले शैक्षिक क्षेत्रको पूर्वाधार विकासमा बजेट विनियोजन गर्नुपर्छ । अनि सामुदायिक क्याम्पसका विद्यार्थीहरुको शैक्षिक विकासमा मद्दत पुग्छ ।
शैक्षिक सुधारका नयाँ योजना के छन् ?
देशको लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न सक्ने प्रवन्ध सरकारले गर्नुपर्ने त्यस्तो अवस्था छैन् । पनौती क्षेत्रको उच्च शिक्षामा फड्को मार्ने गरी नै कार्य गर्नुपर्छ । हामी त्यो अभियानमा लागेका छौँ । विद्यार्थी र समुदायमा कस्तो शिक्षाको खाँचो छ । समुदायको चासो के हो । विद्यार्थी र प्राध्यापकहरु बीच ३ दिने रिसर्च तालिम सम्पन्न भयो । विद्यार्थीहरुको लागि स्नाकोत्तर गर्न थेसिस लेखन उक्त तालिमले सहयोग पु¥यायो । ३ दिने रिसर्च तालिममा १२ वटा सामुदायिक क्याम्पसका प्रतिनिधिहरु २३ जना विद्यार्थीहरुको सहभागीतामा सम्पन्न भयो । उक्त तालिम फलदायी भयो । अहिलेको आवश्यकता प्राविधिक कम्प्युटर शिक्षा हो त्यसको लागि २० वटा कम्प्युटरको ल्याव सञ्चालन छ । कम्प्युटरको व्यवहारिक ज्ञान हाँसिल गर्न सक्छन् । द्यद्यक्, द्यभम, द्यक्ध् र ःद्यक् संकायको अध्यापन यहाँ गरिन्छ । प्राविधिक शिक्षा, सिपमुलक शिक्षाको लागि त्यसखालको भौतिक पूर्वाधार सहितको प्रवन्ध हुनुपर्छ । त्यो त हामी सँग छैन । हामीले अहिले सञ्चालन गरेका संकायहरुको शैक्षिक गुणस्तर विकास गर्न हामी लाग्ने छौँ । “विद्यार्थीहरुलाई अनुसन्धानात्मक,सिप सहितको शिक्षा, अन्तराष्ट्रिय स्तरमा समेत मान्यता कायम गर्ने गरी त्तब्ब् ( क्यूएए ) व्राँण्ड प्राप्त गर्नको लागि हाम्रो गृह कार्य भइ रहेको छ । हामी आगामी वर्ष भित्र उच्च शिक्षाको शैक्षिक गुणस्तर वृद्धिमा दिगो लक्ष्य हाँसिल गर्ने गरी अघि बढ्छौँ ।”
