IMG-LOGO

पूर्वाधार कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रको स्तरीय विकास नै प्रमुख आधार

 मंगल, जेठ १४, २०८२  रेणुका चौलागाई अध्यक्ष, चौरीदेउराली गाउँपालिका

        संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि नयाँ संघीय संरचना निर्माण भयो । ७ सय ५३ स्थानीय सरकार, संघ एक, प्रदेश ७ गरी ७ सय ६१ सरकारबाट राज्य सञ्चालन भएको छ । स्थानीय सरकार घर दैलोको सरकार हो । चौरीदेउराली गाउँपालिकाद्वारा नागरिकहरुलाई छिटो, छरीतो प्रभावकारी सेवा प्रवाह गर्न सकेको छन् त ? भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, गुणस्तरीय पहुँच विस्तार, कृषि क्षेत्र र पशुपालन व्यवसायको व्यवसायिक विकासको साथै गाउँपालिकाको बिकास र समृद्धिलाई जोड्न र उपलब्धी मुलक कार्य के कति हुन सक्यो ? २०७९ बैशाख ३० गते सम्पन्न निर्वाचनपछि भएगरेका विकास निर्माणका सवालमा चौरीदेउराली गाउँपालिकाका अध्यक्ष रेणुका चौलागाईसँग रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश प्रस्तुत गरीएको छ ः

        आजकाल के कार्यमा व्यस्त हुनुहुन्छ ?

२०७९ बैशाख ३० गते स्थानीय सरकारको निर्वाचन भए सँगै जनताका जनजीवीका सवालमा उठान गर्नुपर्ने मुद्धाहरु स्थापित गर्न लागि परेको छु । म विगत ३० दशक देखि नै विकृति वेथितिको विरुद्धमा जनताहरुको हितमा कार्य गर्दै आएको व्यक्ति हुँ । मैले चौरीदेउराली गाउँपालिकाको अध्यक्षमा जिम्मेवारी समालेर अघि बढे देखिनै नगरिकहरुका जीवन स्तर उकास्ने कार्यमा लागेको छु । विकास निर्माण, जनतालाई उपलब्ध गराएको सेवा प्रवाहको बारेमा २०८२ जेठ ११ गते सार्वजनिक सुनुवाइ गरी गुनासो सुन्ने र कमीकमजोरी भएका रहछन् भने जवाफदेहि ढङ्गबाट अघि बढ्नु पर्छ भन्ने मान्यताका साथ अघि बढेको छ । यहाँ निर्वाचित सबैै जनप्रतिनिधि एकताबद्ध भइ अघि बढेको छ ।

        चालु आर्थिक वर्षको अन्त्य तिर आइसकेको छ । छनौट भएका योजनाहरु के कति पुरा भए ?

चौरीदेउराली गाउँपालिकामा ९ वटा वडा छन् । वडा कार्यालयहरुलाई समानुपातिका ढङ्गबाट चालु आर्थिक वर्ष २०८१÷०८२ ४०÷४० लाख बजेट समानुपातिक ढङ्गबाट विनियोजना गरिएको छ । छनौट भएका केहि योजना बाहेक सम्पन्नताको कार्यतिर अघि बढेको छ । करीब ८५ प्रतिशत योजना पुरा भए ।

        गाउँपालिकाको प्रमुख आम्दानीको श्रोत के हो ?

एउटा बालवा खानी थियो त्यसमा ठेक्का आहृान गरी राजश्व संकलनमा सहयोग पुगेको थियो । गत असोजको बाढीपहिरोको कारण क्षतविक्षत हुँदा चालु आर्थिक वर्षमा ठेक्का लाग्न सकेन । नागरिता सिफारिस, जग्गाको मालपोत दस्तुर दस्तुर आम्दानीको श्रोत हो । मैले नेतृत्व गरेको सुरुवाती वर्ष ३५ लाख राजश्व संकलन भएको थियो । गत वर्ष ९५ लाख संकलन गर्ने अपेक्षा गरिएको थियो लक्ष्य अनुसार प्रगति भएन चालु आर्थिक वर्ष करीब १ करोडको राजश्व संकलन गर्ने प्रक्षेपण गरिएको छ सो अनुसार हुने अवस्था छैन । ग्रामीण क्षेत्रको गाउँपालिका विकास निर्माणको लागि संघ प्रदेश सरकारको भरमा नै अडिएको छ । सरकारले सहिरी क्षेत्रको भन्दा ग्रमीण क्षेत्रको विकासमा प्राथमिकरण गरेर बजेट विनियोजन गर्नुपर्छ ।

        स्थानीय सरकार विकास भनेकै भौतिक पूर्वाधार मात्र हो भनेर अधिबढेको छ, कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रको स्तरीय विकासमा कहिले ध्यान केन्द्रीत गर्ने ?

नागरिकहरुको आधारभूत आवश्यकता गाँस, वास कपास हो । नागरिकहरुको जीवनलाई सहज बनाउन एक ठाउँबाट अर्को ठाउँमा आवत जावत गर्न, आपूmले उत्पादन गरेको कृषि तथा दुध जन्य पदार्थको विक्रि वितरण होस या आपूmलाई आवश्यक पर्ने सामाग्री खरिद गरेर ढुवानी गर्ने कार्य त्यसको लागि बाह्रै महिना सडक क्षेत्र निर्वाधरुपमा सञ्चालन हुनुपर्छ । त्यहि कारण ग्रामीण क्षेत्रको पहिलो प्राथमिकता सडक पूर्वाधार विकास हो । त्यससँग सँगै हामीले कृषि क्षेत्रको विकास गर्न किसानहरुको लागि उत्पादनमा वृद्धि ल्याउन उन्नतजातको विउविजन, कृषि औजार, टायाक्टर ५० प्रतिशत अनुदानमा प्रदान गरेका छौं । शिक्षाको गुणस्तर वृद्धि गर्न सामुदायिक विद्यालयमा शिक्षक दरवन्दीको सवालमा विषयगत शिक्षकहरुको प्रबन्ध, शैक्षिक सुधारका लागि स्थानीय अभिभावक, शिक्षा क्षेत्रका बौद्धिक वर्गसँग छलफल सुझावका आधारमा कार्यान्वयन गरिएको छ । नागरिकहरुको स्वास्थ्य उपचारको पहुँच विस्तार, निःशुल्क औषधी वितरण गर्दै आएका छौं । उद्यम विकास सिप विकास तालिम उपलब्ध गराएका छौं ।

        संसाना टुक्रे योजना छनौट गर्ने, कनिका छरेजसरी बजेट विनियोजन गरेर योजना सम्पन्न नहुने अवस्था कहिले सम्म ?

हरेक वडामा जनताका विकासका आवश्यकता र औचित्यताका आधारमा योजना छनौट हुन्छन् । एक, डेढ र दुई लाखमा सम्पन्न हुने नभइ नहुने छ भने नागरिकका विकासका चाहनालाई हामीले पुरा गर्नुपर्छ । स्थानीय सरकार घर दैलोको सरकार हो । नागरिकले प्राप्त गनुपर्ने सेवा प्रवाह चुस्त दुरुस्त छिटो छरितो प्रविधि मैत्री बनाउन स्थानीय सरकार लागेको छ । हामी कनिका छरे जसरी बजेट छर्नेमा हामी छैनौं । जनताका जनजीवीकामा सहजता ल्याउन हाम्रो गाउँ ठाउँको स्तरीय विकास गर्ने हाम्रो दृढ अटोट छ । हाम्रो गाउँपालिकाका सबै जनप्रतिनिधि एकतावद्ध भइ, विकास गरेका छौं । जनताका सुझावलाई मनन गरी कार्यान्वयन गर्ने तिर हाम्रो ध्यान केन्द्रीत हुन्छ ।

        निर्वाचन भएको ३ वर्ष वित्यो चुनावमा घोषणा गरेका घोषणापत्र अनुसार नागरिकहरुले अनुभूत गर्ने गरी गरेको ५ कार्यको बारेमा बताइदिनुसन ?

जेष्ठ नागरिक, अपाङ्ग असाहयहरुलाई घर घरमा सामाजिक सुरक्षा भत्ता व्यवस्था, जेष्ठ नागरिक र महिला बालबालिकाहरुकोे लागि स्वास्थ्य पहुँच विस्तार गरिएको छ । आधारभूत स्वास्थ्य सेवा जुन ९८ प्रकारका औषधी छन् । त्यसमा १८ वटा थपेर १ सय १६ थरीका औषधी वितरण गरेका छौं । ८ किमी सडक कालोपत्रे गरियो, उत्पादनलाई उद्योग सँग जोड्ने, उद्यमी व्यवसायी बनाउन सिपमुलक तालिम, अध्यक्षसँग गृहणी महिला कार्यक्रम, पोते बुन्ने, मुडा बनाउने तालिम, महिला शसक्तिकरणका लागि आर्थिक आय आर्जनका कार्यक्रम सञ्चालन ९ वटा समुहमा विभाजीत गरेर तालिम सञ्चालन झुसेको तेलको ब्राण्डीङ गर्ने, कृषकले उत्पादन गरेका कृषि उपजलाई बजार सम्म पु¥याइ दिएको छ । १५ शैयाको अस्पतालको एक ढलान भएको छ । अर्को वर्ष सम्पन्न हुन्छ । वडा नं. १, २, ३ र ८ बाहेकका सडक सञ्जालहरु स्तरउन्नती गरी यातायात सहजीकरण गरिएको छ । उक्त वडामा बाहैमहिना नागरिकहरु आवतजावत मात्र नभइ यातायात सञ्चालन हुने अवस्था सृजना गछौं । गाउँपालिका हाल सम्म प्रशासनीक भवन छैन । प्रशासन भवनको लागि १२ करोडको तेण्डर आहृान गरिएको छ । प्रथम चरणमा ४ करोड लगानीमा भवन निर्माण कार्य सुरु हुनेछ । ३ वटा वडा कार्यालयहरुको प्रशासकीय भवन निर्माण गर्नुपर्ने छ ।

        आर्थिक ऐन, बजेट निर्देशिका अनुरुप कृषि तथा पशु विकासमा कुल बजेटको १५ प्रतिशत बजेट विनियोजन गर्नुपर्नेमा १० प्रतिशत पनि छुट्टाइएको छैन भनिन्छ नी ?

पूर्वाधार, शिक्षा, स्वास्थ्य पर्यटन कृषि क्षेत्रको विकासमा ध्यान दिई नीति कार्यक्रम बजेट निर्माण गरी कार्य अघि बढाएको छ । कृषि क्षेत्रको व्यवसायिक विकास, कृषकहरुलाई रासायिनिक मल किसानको घर घरमा पु¥याउने प्रबन्ध, कृषि औजार च्यापकटर वितरण, उन्नत जातको निःशुल्क विउविजन वितरण, उत्पादनलाई उद्योगसँग जोड्न घरेलु तथा साना उद्योगलाई प्रोत्साहित गरिएको छ । १५ प्रतिशत बजेट नहुटाइए पनि १० प्रतिशत भन्दा बेसी नै रकम विनियोजन गरी कृषि उपजमा वृद्धि, पशुपालन व्यवसायलाई समेत प्रोत्साहित गरिएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्