२०४० सालमा स्थापित सिद्धार्थ स्कुल शिक्षा सेवी ज्ञानबहादुर केसीले सञ्चालन गर्नुभएको हो। काभ्रे जिल्लाको पहिलो संस्थागत विद्यालय सिद्धार्थ स्कुलले प्लेग्रुपदेखि माध्यमिक तथा द्यद्यक् सम्मको अध्यापन गराउँदै आएको छ । संस्कार, अनुशासित, प्रविधिमैत्री र सृजनात्मक शिक्षा प्रदान गर्ने उद्देश्य बोकेर विगत ४२ वर्षदेखि शिक्षण सिकाई प्रदान गरेको बताउनुहुन्छ । विद्यालयको प्रिन्सिपल गुञ्जप्रसाद लँुइटेल २०५८ सालमा व्यवस्थापन र विज्ञान शंकाय अध्यापन, २०६६ सालमा व्याचलर लेबलको र मावि विद्यालयतर्फ कम्प्युटर साइन्सको समेत पढाइ सुरु ग¥यो । २०५४ मदन बडाल र २०६१ मा उर्मिला खुलाले बोर्ड टप भित्र पर्न सफल भए । उत्कृष्ट नतिजा ल्याई शैक्षिक गुणस्तर विकासमा सिद्धार्थ स्कुलले कुनै कसर बाँकी नराखेको बताउनुहुन्छ प्रिन्सिपल लुँइटेल । २०८१ को एसईई परीक्षाको नतिजा २०८२ असार १३ गते राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक ग¥यो । ६१ दशमलब ८१ प्रतिशत विद्यार्थीहरूले सफलता हासिल गरे । ४ लाख ९९ हजार १ सय ८३ विद्यार्थीहरूले परीक्षामा सहभागिता जनाएका थिए। २ लाख ६१ हजार २ सय ९९ विद्यार्थी विद्यार्थी उत्तीर्ण हुन सफल भए । ६७ हजार ७ सय १५ ले ग्रेड वृद्धि गर्न सफल भए । १ लाख ६७ हजार ५ सय ९७ जना ननग्रेडेड विद्यार्थी छन् । सिद्धार्थ स्कुलको शैक्षिक अवस्था एसईई परीक्षाको नतिजाको सवाल भावी शैक्षिक योजनाको सवालमा प्रिन्सिपल गुञ्जा प्रसाद लुँइटेलसँग रेडियो एबिसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ः
गत असार १३ गते एसईई २०८१ को नतिजा सार्वजनिक भयो ६१ दशमलव ८१ प्रतिशत उत्तीर्ण हुन सफल भए यसलाई कुन रूपमा लिन सकिन्छ हाम्रो सिद्धार्थ माविको अवस्था कस्तो रह्यो ?
एसइई परीक्षामा उत्तीर्ण प्रतिशतको अवस्था नियाल्दा विगतको तुलनामा सुधारात्मक भएको छ । गत वर्ष एसईईमा आधाभन्दा बेसी अनुत्तीर्ण भएका थिए । अहिले इज्जत बढेको छ । यति मात्रले सन्तुष्टि हुन सकिँदैन । विद्यार्थीहरू शतप्रतिशत उत्तीर्ण हुन आवश्यक छ । उत्तीर्ण मात्र भएर भएन विद्यार्थीहरूको शिक्षण, सिकाई, शैक्षिक उपलब्धता, शिक्षालाई जीवनसँगै जोडिएको हुनुपर्छ । शिक्षाले जीवन सुखमा हुनुपर्छ, शिक्षा उत्पादन र उद्योगसँगै जोडिनुपर्छ । हाम्रो सिद्धार्थ स्कुलमा २०८१ को नतिजा एसईईमा ३१ जना सहभागी भएकोमा एप्लस २२ जना, १० जना ए, र एकजना बिप्लस गरी शतप्रतिशत नतिजा आउन सफल भएको छ । सबैलाई हार्दिक बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यको कामना व्यक्त गर्दछु ।
सिद्धार्थ माविको शैक्षिक आरोह अवरोहको बारेमा बताइदिनुस् न ?
२०४० मा स्थापना भएको सिद्धार्थ मावि प्ले ग्रुपपदेखि द्यद्यक् सम्म अध्यापन गराउँदै आएको छ । माध्यमिक तहमा विज्ञापन र व्यवस्थापन शंकायका विद्यार्थीहरूले अध्ययन गर्ने अवसर प्राप्त गर्न सक्छन् । २०५८ देखि व्यवस्थापन र विज्ञान शंकाय त्यस्तै कम्प्युटर साइन्सको कक्षा सञ्चालन हुँदै आएको छ । कक्षा ९, १० र ११ मा नयाँ प्रविधिको विकासलाई उच्चतम प्रयोग गरी स्मार्ट बोर्डको प्रयोगबाट अनुमावी दक्ष तालिम प्राप्त शिक्षकहरूको संलग्नतामा शिक्षण सिकाइ हुन्छ । विगतदेखि नै गुणस्तर शिक्षण सिकाई प्रदान गरेको कुरा २०५४ र २०६१ मा एसईईमा उत्कृष्ट अङ्क ल्याई बोर्डभित्र पर्न सफल भएकोबाट प्रष्ट हुन्छ । त्यस्तै निरन्तर विद्यार्थीहरू शत प्रतिशत उत्तीर्ण हुन सफल हुन् । संस्कार सहितको सृजनात्मक प्रविधिमैत्री शिक्षा प्रदान गरेको छौं ।
सिद्धार्थ स्कुल कलेज नै विद्यार्थीहरूको रोजाई हुनुपर्नेका कारण ?
सिद्धार्थ मावि बनेपामा भौतिक पूर्वाधारको उच्च व्यवस्थापन, मनोरम शैक्षिक वातावरण, स्तरीय कक्षा कोठा, प्रथम पटक २०५४ मा मदन बडाल र २०६१ सालमा एसईईमा उर्मिला खुलालले उत्कृष्ट अंक ल्याई बोर्ड टपर बनेको दिगो शिक्षा विकासका पूर्वाधार ईलाइब्रेरीको व्यवस्था, कक्षा ९, १०, ११, र १२ मा स्मार्ट बोर्डको व्यवस्थापन सहित प्रविधि मैत्री कक्षा कोठा, नयाँ प्रविधि एआई प्रविधि, साइबर क्राइमको सवालमा विद्यार्थीहरूको लागि कक्षा सञ्चालन, सृजनात्मक, व्यवहारिक शिक्षा प्रदान गर्न अनुभवी दक्ष शिक्षकहरूबाट अध्यापन गरिँदै आएको, विश्व बजारको मागलाई समेत ध्यान केन्द्रित गरी विज्ञान, व्यवस्थापन शंकाय प्रविधिको विकासलाई उच्चतम प्रयोग गरी अध्यापन गराइएको छ विज्ञान संकायत तर्फ कम्प्युटर साइन्स अध्यान गर्ने अवसर छ । स्यानीय सरकार, वडा सरकार, पत्रकार महासंद्य काभ्रोको सिफारिसमा उत्कृष्ट अङ्क ल्याउने छात्र, छात्रा लाई छात्रवृत्रि सहित अध्यापन गरिन्छ । सुरुमा भर्ना हुने २० जनालाई भर्ना शुल्क नलिने, ३ न्एब् देखि ३ दशमल ८५ न्एब् सम्मका लागि छात्रवृत्तिको प्रबन्ध गरिएको साँगा, नाला बजार बनेपा बजार नजिक निःशुल्क बस सेवा प्रदान गरिएको छ । विद्यार्थीहरूलाई अबल बनाउने शिक्षा हामीले प्रदान गरेको छौँ । कम्प्युटर ल्याबको प्रबन्ध हामीले प्रदान गरेको छौँ ।
विद्यार्थीहरूले विज्ञान र व्यवस्थापन संकाय नै किन अध्ययन गर्ने विषयगत महत्वको बारेमा प्रष्ट पारिदिनुहोस् न ?
सबै विषयहरूको आ–आप्mनै खालका महत्व र विशेषता हुन्छन् । विद्यार्थीहरूको दक्षता, क्षमता, आर्थिक हैसियत सबैको लेखा जोखाका आधारमा विद्यार्थीले विषय छनौट गरिएको अध्ययन गरेको खण्डमा राम्रो हुन्छ । माध्यमिक तहदेखि उच्च शिक्षा सम्म गन्तव्यमा नपुगिन्जेल लगनशील भई अनुशासित ढंगबाट अध्ययन गर्नुपर्छ सफलता हासिल हुन्छ । विज्ञान संकाय अध्ययन गरेको खण्डमा जीवनमा व्यावहारिक ज्ञान प्राप्त हुन्छ । डाक्टर, इन्जिनियर, मेडिकल क्षेत्रमा आफ्नो सुनौलो भविष्य निर्णयको लागि अवसर जुट्छ । त्यस्तै व्यवस्थापन संकायमा उच्च शिक्षा हाँसिल गरेको खण्डमा हरेक क्षेत्रमा उच्च व्यवस्थापनको ज्ञान प्राप्त हुन्छ । उद्योग धन्दा, कम्पनी, बैंक वित्तीय संस्था, सहकारी क्षेत्रको उच्चतहमा रोजगारीको अवसर प्राप्त हुन्छ । हरेक विषयको महत्व छ बीचमा नछोडी अध्ययनमा सफलता हासिल गरेमा बेरोजगार बस्नु पर्दैन । अरुको लैलैमा हैन विद्यार्थीहरूको आफ्नै रोजाई अनुसार अध्ययन गर्नुपर्छ ।
अधिकांश संस्थागत विद्यालय नाफामुखी भए अभिभावकको ढाड सेक्ने गरी शुल्क लियो भन्ने आरोप छ, हाम्रो विद्यालयको शुल्कको बारेमा प्रष्ट पारिदिनुस् न ?
राम्रो सिद्धार्थ स्कुलमा न्यूनतम शुभकामना गुणस्तरीय शिक्षा प्रदान गरेको छौँ । व्यवस्थापन र विज्ञान संकायको कक्षा ११ मा क्रमश ६० हजार देखि ९५ हजारसम्म अध्ययन गर्न सक्छन् । ६५ किसिमका छात्रवृती प्रदान गरेको छौं । काभ्रे जिल्लामा न्यूनतम शुल्कमा हामीले अध्यापन गरेका छौं ।
विगत २६ वर्षदेखि निरन्तर शिक्षा सेवामा तपाईँ लाग्नुभएको छ, कक्षा १० अध्ययन सकेपछि गाउँ छाड्ने ंं२ अध्ययन सकेसँगै देश छाड्ने क्रम बढ्यो कारण के होला ?
अध्ययनका लागि विदेश जाने अवसर राज्यले दिनुपर्छ तर नीति स्पष्ट हुनुपर्छ व्याचलर डिग्री सकेपछि मात्र विद्यार्थीहरूलाई बाहिर अध्यापन गर्ने अनुमति दिनुपर्छ । व्याचलर लेबल अध्ययन गर्नेहरुलाई पढ्दै कार्य गर्दै अवसर प्रदान गर्ने नीति अघि सारी कार्यान्वयन गर्नुपर्छ । पढ्नका लागि आफ्नो अभिभावक सँग पैसा माग्ने अवस्था आउनु हुँदैन । विद्यार्थीले आफूलाई आवश्यक पर्ने आम्दानी आफै व्यवस्थापन गर्न सक्ने व्यवस्था राज्यले गर्नुपर्छ अनि मात्र युवा जनशक्ति विदेश जानेक्रम विस्तार रोकिँदै जान्छ ।
अन्त्यमा विद्यार्थी र अभिभावकलाई केही भन्नुहुन्छ कि ?
एसईई परीक्षाको नतिजा सार्वजनिक भएको छ । आफ्ना सन्ततिलाई राम्रो शैक्षिक संस्थामा अध्ययन गराउने सबैको सोच हुन्छ। उच्च शिक्षा अध्ययनका लागि राजधानी धाउनु पर्दैन काभ्रे जिल्लामा नै नामीदामी शैक्षिक संस्था छन् । विद्यार्थीको रोजाई अनुसार सिद्धार्थ स्कुलमा विज्ञान र व्यवस्थापन संकाय, विज्ञानतर्फ कम्प्युटर साइन्सको समेत अध्ययन गर्ने अवसर छ । अभिभावक र विद्यार्थीहरूलाई विद्यालयको शैक्षिक वातावरण बुझेर आफ्ना सन्ततिलाई अध्ययन अध्यापन गराउन अनुरोध गर्दछु ।
प्रस्तुतकर्ता ः रमेशप्रसाद न्यौपाने
