२०५४ सालमा सिद्धार्थ वनस्थली स्कुल पनौतीबाट शिक्षण सेवा प्रारम्भ गर्नुभएका श्याम कृष्ण मानन्धरले मेजर म्याथमा एमएड (ः।भ्म) शैक्षिक योग्यता हासिल गर्नुभएको छ । पनौतीको भालेश्वरमा समेत अध्यापन गराउँदै आउनुभएका मानन्धर काभ्रे जिल्लाकै ऐतिहासिक शैक्षिक धरोहर आजाद मावि बनेपाको प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । आजाद माविमा उहाँले २०८१ असोज १३ गतेदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । २००७ सालको प्रजातन्त्र प्राप्तिसँगै फागुन २५ गते आजाद मावि स्थापना भएको उक्त विद्यालयको २००७ साल फागुन २५ गते तत्कालीन उद्योगमन्त्री गणेशमान सिंहले आजाद माविको उद्घाटन गर्नुभएको हो । उच्च शिक्षा अध्ययनको लागि खेलिएको उक्त विद्यालयमा काभ्रे जिल्ला र बनेपा नगरपालिका सामुदाय देखि उच्च धरानीय सबैले अध्ययन गर्ने थलो बनेको थियो । बाल कक्षादेखि कक्षा १२ सम्म अध्यापन हुने यस विद्यालयमा हाल विज्ञान, व्यवस्थापन अन्तर्गतका विषयहरू सञ्चालनमा छन् । व्यवस्थापनमा होटेल म्यानेजमेन्ट र कम्प्युटर साइन्स विषयको समेत पढाइ हुन्छ । २०८१ को एसईई नतिजामा आजाद माविको अवस्था, शैक्षिक स्तरीयता भावी कार्ययोजना, कक्षा ११ को भर्ना अभियान, सामुदायिक विद्यालय सञ्चालनका चुनौतीका सवालमा आजाद माविका प्रधानाध्यापक श्यामकृष्ण मानन्धर सँग रेडियो एबिसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ :
आजाद मावि बनेपाको शैक्षिक आरोह अबरोहको बारेमा बताइदिनुस् न ?
२००७ सालको प्रजातन्त्र प्राप्तिसँगै शैक्षिक संस्था सञ्चालन क्रम हरेक जिल्लामा ५/६ वटा हाइ स्कुल खोल्ने क्रम बढेको हो । विगतमा स्थानीय समुदाय, जनप्रतिनिधि समुदायका सबैको चासो विद्यालयले सामुदायिक विद्यालयको शैक्षिक स्तरीयता अवलम्बन रहेको थियो । प्रशासनिक शिक्षक कर्मचारी सबैका सन्तति सामुदायिक विद्यालयमा अध्यापन गराइन्थ्यो अहिले निरन्तर कम हुँदै गएको छ । स्थानीय समुदायको अपनत्वमा केही कमी हुँदा सामुदायिक विद्यालयमा अध्यापन गर्ने विद्यार्थीहरू क्रमिक रुपमा गर्दै गएको हुँदा विद्यालय सञ्चालनमा चुनौती थपिएको छ । संस्थागत सामुदायिक दुबैमा प्रतिस्पर्धा गरी शिक्षण सिकाईमा परिणाममुखी नतिजा ल्याएको छ । २०१३ सालमा आजाद माविले बोर्ड ५ औं स्थान सम्म ल्याएको अवस्था थियो । नमुना विद्यालय अन्तर्गत शैक्षिक गुणस्तर सुधारमा हाल बनेपा नगरपालिकाले १०/१० लाख रकम दिएको छ । शिक्षक वर्ग, व्यवस्थापन समिति, अभिभावक वर्ग, प्रशासनिक कर्मचारी सबैको एकताको प्रयासबाट शैक्षिक सुधार हुँदै आएको छ ।
कक्षा ११ को भर्ना अभियान कसरी सञ्चालन भएको छ ?
आजाद माविको शैक्षिक वातावरण नियाल्न विद्यालयले आग्रह गरेको छ । मनोरम शैक्षिक वातावरणमा शिक्षण सिकाई गरिन्छ । पत्रपत्रिका, संचार माध्यमबाट प्रचारप्रसार गरिएको छ । २०८२ श्रावण ११ गते शैक्षिक अभिमुखीकरण, १२ गतेबाट कक्षा ११ को सञ्चालन गरिनेछ । संघ सरकारले विज्ञान प्रवर्धन कक्षा सञ्चालनका स्वीकृति दिएसँगै विज्ञान व्यवस्थापनतर्फ कम्प्युटर साइन्स, होटेल म्यानेजमेन्ट सञ्चालन भएको छ । व्यवस्थापनमा ४२ जना विज्ञानतर्फ ११ जना भर्ना भइसकेको अवस्था छ । अध्यापनका लागि ३ हजार ५ सय भर्ना शुल्क, मासिक १ हजार शुल्क, त्यसैगरी व्यवस्थापन विषयमा ५ सय र कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्ट अध्ययन गर्नेहरूलाई ७ सय थप शुल्क लाग्नेछ ।
सामुदायिक विद्यालय सञ्चालनका मुख्य चुनौती के के छन् ?
स्थानीय समुदायको चासो र चिन्तनमा कमी आउनु, स्थानीय अभिभावकका छोरा छोरीहरु नगन्य मात्रमा अध्यापन गराउनु, श्रमीक वर्ग सामान्य, विपन्न परीवारका छोराछोरीहरु अध्ययन गर्न आउनु, शिक्षाका शुल्क तिर्नपर्ने हुँदैन । कक्षा ११ र १२ मा मात्र न्यूनतम शुल्क दिनुपर्ने भएकाले आप्mनो लगानी नहुदाँ पठन कार्यमा हेलचोक्रेयाइ गरेकाले शैक्षिक गुणस्तर कायम गर्ने सवालमा समस्या देखिएको छ । सामुदायिक विद्यालयमा अध्यापन गराउने अभिभावकहरु विद्यालयमा मुस्किलले वर्षमा १ पटक मात्र स्कुल आउने गर्नु, दरवन्दी अनुरुप विषयगत शिक्षकहरु अपुग, स्थानीय सरकारले शैक्षिक गुणस्तर वृद्धिको लागि हरेक वर्ष बजेट उपलब्ध गराउनु पर्छ ।
सरकारी सेवा सुविधा उपयोग गर्ने अधिकांश शिक्षकहरु आफै संस्थागत विद्यालयमा अध्यापन गराउने गरियो आफैलाई विस्वास नगरेको ठहरीयो नि ?
शिक्षा सेवा आयोगबाट परीक्षा पास गरी समयसापेक्ष तालिम प्राप्त, अनुभवी शिक्षकहरुले विद्यार्थीहरुलाई शिक्षण सिकाई गरिएको छ । कतिपय शिक्षकहरुले वाद्यया भएर पढाउनु भएको हुन सक्छ । शिक्षकका छोराछोरी हैन निजामती कर्मचारी, स्कुल प्रशासन, शिक्षक सबैका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्छ ।
तपाईले चाहिं सरकारी विद्यालयमा नै आप्mना सन्तती अध्ययापन गराउनु भएको छ त ?
मेरा दुईवटी छोरी सामुदायिक विद्यालयमा अध्ययन गरेका हुन राम्रो नतिजा ल्याई उच्च शिक्षा अध्ययन गरिरहेका छन् । स्थानीय सामुदाय, जनप्रतिनिधि शिक्षक र कर्मचारी सबैको छोराछोरी समुदायिक विद्यालयमा अध्ययन गराउनुपर्छ । सामुदायिक विद्यालयप्रति आशा विस्वास भरोषा जगाउनुपर्छ ।
शैक्षिक गुणस्तर वृद्धि गर्न गरेका प्रयास र भावि योजना के छन् ?
स्थानीय सरकार बनेपा नगरपालिकाले गत वर्ष नमुना विद्यालयमा अन्तरगत १० लाख प्रदान गरेको शिक्षण सिकाई मद्दत पुगेको छ । आवश्यक शैक्षिक समाग्री खरिद गरी आर्थिक अवस्था कमजोर भएका छात्रछात्राहरुलाई ट्रयाकसुट सेट, यातायातका लागि शुल्कतिर्न सक्नेलाई शुल्क व्यवस्थापन, भारतीय दुतावासले बस उपलब्ध गरेको छ । विद्यार्थीहरुलाई उपलब्ध गराएको छ । कमजोर विद्यार्थीहरुको लागि अतिरिक्त कक्षा सञ्चालन गरी शैक्षिक स्तरीयता कायम गरी जीवनोयोगी शिक्षा प्रदान गरेका छौं । खेलकुद, वक्तीत्वकला, हाजीरी जवाफ प्रतियोगीता, नृत्य, सांस्कृतिक कार्यक्रम सञ्चालन विद्यार्थीहरुको चौतर्फी विकासमा मद्दत पु्ग्ने गरी विद्यालय व्यवस्थापन समिति टिम, शिक्षक अभिभावक संघ, शिक्षक वर्ग सबैको एकताबाट शैक्षिक सुधार, प्रविधिक शिक्षा प्रदान गर्न प्रविधि मैत्री क्रियाकलाप सञ्चालन गरी सिपमुलक शिक्षा प्रदान गर्न हाम्रो ध्यान केन्द्रीत गरेका छौं । शैक्षिक योजना, शैक्षिक क्यालेण्डर निर्माण गरी हामी अघि बढ्छौं ।
गणतन्त्र आएपछि पनि शिक्षा ऐन २०२८ नै आकर्षण हुनुले शैक्षिक विकासमा कस्तो प्रभाव परेको छ ?
२१ औं सताब्दीमा प्रवेश गरेको अवस्थामा पनि हामी उहि परम्परागत शिक्षा प्रणालि अनुरुप चल्नु ठिक छैन । पञ्चायत कालमा आर्कर्षीत भएको शिक्षा ऐन २०२८ नै आर्कर्षीत हुुनुपर्ने, आवस्था सृजना गर्नु राज्य व्यवस्था सञ्चालन गर्ने राजनीतिक नेताहरुले बुभ्mनुपर्ने कुरा हो । गत चैत्रमा शिक्षक आन्दोलन भएको थियो । शिक्षकहरुको सेवा सुविधा, शैक्षिक गुणस्तर वृद्धिका सवाल, राज्यले शिक्षकहरुको गरिमालाई उच्च राख्न, शिक्षकहरुको स्थायित्व विकास, निजामती सरह सेवा सुविधा प्रबन्ध अवकासपछि शिक्षकहरुको जीवन सुखमय ढङ्गबाट वेतित हुने । नागरिकका छोरा छोरीहरुले विश्व बजारमा विक्ने सिपमुलक शिक्षा प्रदान गर्नसक्ने शैक्षिक वातावरण तयार सहितको शिक्षा ऐनको अवश्यकता छ ।
अन्त्यमा केहि भन्नु छ की ?
जुन देशले आप्mनो देशको मानवीय जनशक्तिको भरपुर प्रयोग गरी रोजगारी सृजना गरेको छ । युवा जनशक्तिलाई देशैमा अवसरको सृजना गरेको छ त्यस्ता देश अमेरिका, युरोप, चिन जस्ता राज्यहरु समृद्ध भएका छन् । उत्पादनमा आत्म निर्भर शिक्षालाई उद्योग सँग जोड्ने पढ्दै गर्दै विद्यार्थीहरुले आम्दानीको स्रोत जम्मा गर्न सक्ने अवस्था सृजना गर्ने गरी शिक्षानीति ऐन नियम आउनुपर्यो । युवा जनशक्ति विदेश जानबाट रोक्न सक्नुपर्छ । हाम्रो आजाद माविमा कक्षा ११ मा विज्ञान, व्यवस्थापन विषयहरु सञ्चालनमा छ । शैक्षिक वातावरण बुभ्mन आई भ्रमण गर्न हार्दिक आग्रह गर्दछु ।
