तीन दशकदेखि यातायात क्षेत्रमा लाग्नुभएका यातायात व्यवसायी राजेश सुन्दर सैंजु विगत ११ वर्षदेखि काभ्रे पुण्यवती यातायात सेवा प्रालीको अध्यक्षको जिम्मेवारी लिई कार्य गर्दै आउनुभएको छ । यातायात क्षेत्रको व्यावसायिक गरिमालाई उच्च राखी यात्रुहरूको सेवा गर्दै आएको यातायात क्षेत्रलाई राज्यले व्यवास्ता गरी समस्या भित्र रुमलिएर यता न उता, घर न घाटको पारेको बताउनुहुन्छ यातायात व्यवसायी सैंजु । गैरसरकारी संघ संस्था ऐन २०३४ अन्तर्गत दर्ता भई आएको व्यवसायीले संघलाई नयाँ यातायात ऐन ल्याई यातायात क्षेत्रको समस्यालाई समाधान गर्ने भनिए पनि अहिलेसम्म व्यवसायीहरूको माग सम्बोधन हुन नसकेको धारणा राख्नु हुन्छ काभ्रे पुण्यवती यातायात सेवा प्रालीका अध्यक्ष सैंजु । यातायात प्राधिकरण गठन गरी यातायात व्यवसायीहरूको लगानी सुरछित र व्यवस्थित गर्न आवश्यक रहेको तर्क गर्नुहुन्छ सैंजु । यातायात क्षेत्रको व्यवसायीक अवस्था, चुनौती, समस्या समाधानका उपाय, काभ्रे पुण्यवती यातायात सेवा प्रालीका भावी योजनाका सवालमा अध्यक्ष राजेश सुन्दर सैंजु सँग रेडियो एबिसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ः
आजकाल के कार्यमा व्यस्त हुनुहुन्छ ?
व्यवसायी यातायात क्षेत्रमा लगानी गरी नागरिकहरूलाई सर्वसुलभ ढंगबाट सेवा प्रदान गर्दै आएको हुँदा नागरिक र व्यवसायीहरूको हक हितमा प्रतिबद्ध भई कार्य गर्दै आएको छु ।
काभ्रे पुण्यवती यातायात सेवा प्रालीको नेतृत्व सभाले सँगै नागरिक र व्यवसायीहरूको हितमा के के कार्य गर्नुभयो ?
बसहरू सञ्चालन गरी नागरिकहरूलाई सेवा दिनु निकै चुनौतीपूर्ण छ । राज्यले निजी क्षेत्रको लगानीमा सुरक्षित व्यवस्था गर्न नसक्दा सरकार र यातायात व्यवसायी बीच अविश्वासको खाडल गहिरो छ । मैले नेतृत्व गरेपछि त्यतिबेला सरकारले नयाँ नीति जारी गर्न सिण्डीकेट प्रणाली खारेज गरेको सबैले सबै क्षेत्रमा बस सेवा सञ्चालन गर्ने नयाँ मापदण्ड आएकाले समस्या र चुनौती बेहोर्नु पर्यो सबै व्यवसायी संगठित भई चुनौतीको सामना गरी अगाडि बढ्ने वातावरण तयार गर्यौ । कोभिड–१९ महामारीको चपेटामा परी यातायात क्षेत्रमा गम्भीर असर गर्यो । संकटलाई अवसरमा बदल्न यातायात व्यवसायीहरूको लगानीलाई थप व्यवस्थित गर्न लागि परे ।
यातायात क्षेत्रको विगत र वर्तमान अवस्थालाई कसरी नियाल्न सकिन्छ ?
विगत २५÷३० लाख लगानी गरेर एक बस खरिद गरी व्यवसाय सञ्चालन गर्न सकिन्थ्यो अहिले दोब्बर लगानी गर्नुपर्ने अवस्था छ । हाल पूँजी वृद्धि गरी ५०÷६० लाख व्यवस्था गर्नुपर्ने भयो । देशमा राजनीतिक अस्थिरता, देशको समग्र विकासमा गतिशीलता नहुनु सरकारले यातायात मैत्री लगानी मैत्री वातावरण तयार नगर्दा लगानीकर्ताहरूमा उत्साह नहुनु लगानीको प्रतिफल प्राप्त गर्न नसक्नु, व्यवसायीहरुले बैंकबाट लिएको ऋणको ब्याज तिर्न नै कठिन भएको अवस्था छ । विगतमा ब्याज तिरेर परिवार पाल्न सकिने अवस्था थियो । अहिले व्यवसायीले आफूले लिएको ऋणको ब्याज तिर्न र कार्य गर्न मजदुरलाई तलब दिन धौधौ परेको अवस्था छ । निजी क्षेत्रको लगानीमा राज्यको हस्तक्षेपकारी नीतिले भाडा दर तोक्ने वैज्ञानिक भाडादर नतोक्ने दुर्घटना परी यातायातको साधनको क्षति भए व्यवसायी उठ्नै नसक्ने गरी भुईमै रहने अवस्था छ ।
यातायात क्षेत्रका प्रमुख चुनौतीहरू के के हुन् ?
ग्रामीण दूरदराजमा भौतिक पूर्वाधार सडक निर्माण भएका छन् । ३०÷४० किमी बाटो निर्माण भएको छ तर ग्राबेलिङ, ढल निकास, सडक पिच १० किमी पनि हुन सकेको छैन हरेक वर्ष बाढी पहिरोबाट सडक अवरुद्ध हुन्छ । यातायात महिनौसम्म सञ्चालन हुन सक्दैन । प्रदेश र स्थानीय सरकारले सडक सञ्जाल व्यवस्थित दिगो बनाउन नसक्नु, सडक सञ्जाल निर्माण गर्दा वातावरणमा असर गर्ने, इन्जिनियरहरूको नावजाँच बिना नै डाँडापाखा भत्काएर बाटो निर्माण गर्नु, ग्रामीण सडकमा ७÷८ महिना मात्र बस सञ्चालन हुन सक्छ । लगानीकर्ताले गरेको लगानीमा प्रतिफल आउन सकेको छैन । बैंकको ब्याज र मजदुरलाई पाल्न कठिन भएको छ । बस गाडीहरू आयातमा २ सय ५ प्रतिशत भन्सार कर लगाउँछ, सरकारले लगानीको सुरक्षा प्रबन्ध सेवा सुविधा केही दिँदैन ।
यातायात व्यवसाय, उद्योग धन्दा किन फस्टाउन सकेन ?
राज्यले व्यवसायीसँग कसरी हुन्छ बढी कर असुल्ने भन्ने मात्र नीति नियम बनाएर भएन । उद्योग व्यवसाय यातायात व्यवसायीहरूको परिमार्का बुझ्ने यातायात मैत्री कानुन निर्माण गर्न जरुरी छ । लगानी सुरक्षित भएर कार्य गर्ने अवस्था हुनुपर्यो । निजी लगानीमा सरकारले हस्तक्षेपकारी भाडादर निर्धारण, वैज्ञानिक प्रणाली नहुनु सडक दुर्घटना भएर यातायातको क्षति हुँदा बिमा रकम सहजीकरण नहुनु । यात्रुको मृत्यु भएमा अङ्गभङ्ग भएमा ५ लाख र ३ लाख दिने ऐन छ । यसलाई संशोधन गरी दोब्बर गर्नुपर्नेछ । यातायात क्षेत्रलाई व्यवस्थित गर्न यातायात प्राधिकरण गठनले मात्र लगानी सुरक्षित हुन्छ । जसले व्यवसायिको व्यवसाय सुरक्षित नागरिकहरूले गुणस्तरीय सेवा र यातायात क्षेत्र व्यवस्थित हुन सक्छ सरकारले त्यतातिर ध्यान केन्द्रित गरी कार्य अघि बढाउन सक्नुपर्छ ।
भावी योजना के छन् ?
काभ्रे पुण्यवती यातायात सेवा प्रालीले १ सय ५६ वटा मिनिबसहरूबाट पनौती काठमाडौँ, खोपासी, रयाले कुसादेवी, खोपासी, कामीडाँडा सम्म यात्रुहरूलाई सेवा दिँदै आएको छ। नयाँ इभि बस सञ्चालन गरी सकेका छौं ।
यसलाई थप व्यवस्थित गरी २० वटा इभि बस सञ्चालन गर्नेछौं । १४ १५ र १६ सिटे इभि गाडीबाट सर्वसुलभ बसकै भाडाधरमा यात्रुहरूलाई सेवा दिँदै आएको छौँ । खेपासी, तालढुङ्गा, खानीखोला महाभारत हुँदै हेटौडासम्म बस सेवा सञ्चालन गर्ने हाम्रो नयाँ योजना छ । जपिएस सेवा, क्यास लेस सेवा डिजिटल प्रविधिको माध्यमबाट बहस यात्रु मजदुर सबै सुरक्षित हुने माध्यमबाट बस सेवा सञ्चालन गर्न हाम्रो व्यवसायी टिम सशक्त लागि परेको छ ।
व्यवसायीहरू ५०÷६० लाख खर्च गरेर बस सेवा सञ्चालन गर्छन् बस र यात्रुहरूको समाग्री सुरक्षा सुरक्षाको प्रत्याभूतिको लागि सिसिटिभी राख्न किन सक्दैनन् भनेर गुनासो आउने गरेको छनि ?
यहाँले उठाउनु भएको जिज्ञासा सकारात्मक छ । यात्रा भर्खर व्यवसायी दुबैको लागि हित हुनेछ । बस खरिदमा लगानी पुँजीको प्रबन्ध कठिन छ ५०÷ ६० लाखमा एक बस तयार हुन्छ । त्यसमा २÷३ लाख बेसी लगानी गरेर सिसिटिभी जडान गर्न त्यति कठीन छैन । त्यसलाई व्यवस्थित गर्न नेटको जडान, नेपाल टेलिकम, वार्षिक रुपमा आउने मर्मत संहार गर्छ निकै लाग्ने हुन्छ । त्यसको व्यवस्थापनमा हामी आगामी दिनमा लाग्नेछौँ । जिपिएस प्रविधि क्यासलेस सुविधा यात्रुहरूको सुरक्षा गुणस्तरीय सेवा दिन हामी प्रतिबद्ध छौं ।
प्रस्तुतकर्ता ः रमेशप्रसाद न्यौपाने
