IMG-LOGO

भ्रष्टाचारको अन्त्य, सुशासन र समृद्धिको लागि मेरो उम्मेदवारी

 मंगल, माघ २१, २०८२  गुणराज मुक्तान प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ का उम्मेदवार नेपाली कांग्रेस

 

       रोशी गाउँपालिका वडा नं. १२, पिता जीतबहादुर मुक्तान ÷ माता हिरामाया काल्तान मुक्तानको छोरा गुणराज मुक्तानको जन्म २०४२ माघ ११ गते भएको हो । २०५८ देखि राजनीतिमा लाग्नु भएका गुणराज नेपाली कांग्रेस काभ्रेको सचिव भइ जिम्मेवारी समाल्दै आउनुभएको छ । मिजासिला समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने क्षमताका पार्टीको कुशल संगठक र सच्चा सिपाहिकोरुपमा परिचित हुनुहुन्छ गुणराज मुक्तान । राजनीतिका चतुर खेलाडी जिल्ला सचिव मुक्तान कांग्रेस काभ्रेका सभापति तिर्थ लामाको साथ कांग्रेसको विशेष महाधिवेशनबाट पार्टी सभापति बनेका गगन थापालाई काभ्रे कांग्रेस युवा जमातको सक्रिय सहयोग भएकै कारण कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका काभ्रे क्षेत्र नं. १ मा प्रत्यक्ष तर्पm एकल सिफारिस भएका गणेश लामालाई पछि पार्दै टिकट ल्याउन सफल भएका हुन भन्ने शेरबहादुर देउवा संस्थापन पक्ष काभ्रे कांग्रेसको बुझाई छ । आगामी फागुण २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा काभ्रे क्षेत्र नं. १ मा १८ जनाको उम्मेदवारी परेको छ । काभ्रे क्षेत्र नं. १ मा कांग्रेसको तर्पmबाट उम्मेदवार बनेका गुणराज मुक्तानलाई नै किन मतदान गर्ने, विजयी हुने आधार के के छन् । विजयी भए उक्त क्षेत्रको विकास र समृद्धि ल्याउन तपाईको संकल्प के छ भन्ने सन्दर्भमा काभ्रे कांग्रेसका सचिव समेत रहेका मुक्तानसँग रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश प्रस्तुत गरिएको छ ः

       आगामी फागुण २१ गते हुने निर्वाचनमा काभ्रे क्षेत्र नं. १ को मतदाताको घर दैलो अभियानमा हुनुहुन्छ जनताको प्रतिक्रिया कस्तो पाउनुभयो ?

       राज्य संचालनमा भएका कमी कमजोरी धेरै छन् । तिनीहरुलाई सुधार गर्दै लैजानु पर्छ भन्ने कुरा सचेत नागरिकहरुले सुझाव दिएका छन् । पार्टीको बैठक, भेला छलफलमा उपस्थित अगुवा कार्यकर्ता, शुभेइच्छुकहरुको उत्साहजनक सहभागीता रहेको छ । खानीखोला, महाभारत, तेमाल, वेथानचोकमा पार्टी कार्यकर्ता भेला बैठक गरी निर्वाचनको बारेमा छलफल गरिएको छ । जनताका आधारभूत आवश्यकता पुरा गर्नु छ । संविधानमा व्यवस्था भएको मौलिक अधिकार, जनताले स्थानीय सरकार प्रशासनिक क्षेत्रबाट प्राप्त गनुपर्ने सेवा सुविधा सहजढङ्गबाट प्राप्त गर्न नसकेको, लोकतन्त्र प्राप्तिपछि जनअपेक्षा अनुरुप विकास निर्माण हुन नसकेको, संविधानको भावना अनुरुप, शिक्षा, स्वास्थ्य स्तरीयता सेवा, पहुँच विस्तार, पूर्वाधार विकास, खानेपानी पाउनुपर्छ भन्ने जनगुनासो छ ।

       काभ्रे क्षेत्र नं. १ मा १८ जनाले उम्मेदवारी दिई चुनावी मैदानमा उत्रेका छन्, तपाईलाई नै मतदाताले मतदान किन गर्ने ?

       नेपाली कांग्रेस पार्टी जनतालाई मालिक बनाउने पार्टी हो । सबै खालको आन्दोलनको नेतृत्व कर्ता, २००७ साल, २०३६, २०४६ र २०६२÷०६३ को जनआन्दोलन गरी देशमा राजनीतिक परिवर्तन गर्न सफल, राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्न तत्कालिन पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा जन अनुमोदित संविधान निर्माण गरियो । एमाले अध्यक्ष केपी आलीको नेतृत्वमा कांग्रेसको संलग्नतामा संयूक्त सरकार गठन भएकै वेला जेन–जी युवाहरुले भ्रष्टाचारको अन्त्य देशमा सुशासन कायम गर्न जनताहरुलाई सेवा प्रवाहमा गतिशिलता, युवा जनशक्तिलाई देशमै रोजगारी, देशलाई बिकास र समृद्धिको यात्रालाई गन्तव्यमा पु¥याउन गरेको आन्दोलन हिंसामा परिवर्तन भएपछि ७६ जनाले ज्यान गुमाउनुप¥यो । सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन सहित राष्ट्रिय सम्पदा आन्दोलनबाट जलेर खरानी भयो । एमाले केपी ओलीको नेतृत्वमा सरकार हुँदा भएको घटना जिम्मेवारी लिनुपर्नेमा नलिदाँ जेन–जी युवाहरु थप आक्रोसित बनेका छन् । नेपाली कांग्रेसले जेन–जी युवाले उठाएको माग भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्ने कार्यमा एकेवद्धता जनाइ जेन–जीको मागको अपनत्व लिएर अघि बढेका छौं । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माको सक्रियतामा विशेष महाधिवेशन सम्पन्न गरियो । देशभरीका ५६ प्रतिशत भन्दा बेसी महासमिति सदस्यको सहभागीतामा गगन थापाको नेतृत्वमा कांग्रेस एकतावद्ध भइ चुनावमा होमिएको छ । आगामी फागुण २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष तर्पm १ सय ६५ क्षेत्रमा १ सय ६ जना युवा वर्गलाई, टिकट प्रदान गरी अघि बढेको छ । देशमा आर्थिक क्रान्ति गर्दै स्पान्तरण गरी समाजमा समान्ता र सामाजिक ज्यायको प्रत्याभूति दिन कांग्रेसका नेतृत्वले मात्र सम्भव छ । कांग्रेसका देशभरका उम्मेदवारलाई जिताउनुपर्छ ।

       तपाईको चुनाव जित्ने आधार के के छन् ?

       नेपाली कांग्रेसले देशभरी नै योग्य सक्षम व्यक्तिलाई उम्मेदवार वनाएको छ । काभ्रे जिल्लामा गत निर्वाचनमा काभ्रे–२ बाट शिव हुमागाइलाई, यस पटक मधु आचार्यलाई, काभ्रेको क्षेत्र नं १ मा दुवैमा सन्तुलन मिलाएर टिकट वितरण गरिएको छ । अग्रजहरुको सम्मान, युवा वर्गलाई राजनीतिमा आकर्षण गरी टिकट वितरण गरेको छ । व्यक्ति गौण विषय हो पार्टीले योग्यता क्षमता अनुसार क्षेत्र र जिल्लाबाट सिफारिस गरेको पात्र ठहराई मलाई उम्मेदवार बनाएको छ । जिल्ला सभापति एवं काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ को (१) का सांसद एवं बागमती प्रदेशका पूर्व मन्त्री तिर्थ लामाले, चौरीदेउराली, तेमाल रोशी, वेथानचोक, खानीखोला, महाभारत गाउँपालिका, नमोबुद्ध, धुलिखेल र पनौती नगरपालिकामा भौतिक, पूर्वाधार, खानेपानी निर्माणमा उल्येखनीय बिकास गरेको छ । स्थानीय सरकार तर्पm काभ्रे–१ को ६९ वटा वडा मध्ये दुई तिहाई वडामा हामीले विजयी हाँसिल गरेका छौं । त्यस वडाको विकासमा हाम्रो योगदान छ । कांग्रेस नेपाली जनताको विकासको चौतारी हो । नेपाली जनताको भावना बुझेर शिक्षा स्वास्थ्य, खानेपानी भौतिक संरचना, विद्यालय भवन, सडक सञ्जाल विकास काभ्रे जिल्लामा कांग्रेसकै नेतृत्वमा भएको छ । कांग्रेसको संगठन, सिद्धान्त,नीति विचार नै मेरो जित्ने आधार हो ।

       काभ्रे क्षेत्र नं. १ मा तपाईको विरुद्ध कांग्रेसका राजेशकुमार श्रेष्ठ वागी उम्मेदवारी दिनुभएको छ, तपाई कसरी चुनाव जित्न सक्नुहुन्छ त ?

       पनौतीका राजेशकुमार श्रेष्ठले म आपूm उठ्छु भनेर भन्नुभएको पनि छैन । पार्टीबाट सिफारिस भएको पनि हैन । पार्टीको नीति विधि नमान्ने कांग्रेस हैन । उहाँको व्यक्तिगत उठ्न उहाँको स्वतन्त्रता छ । विना संगठन चुनाव जितिदैन, उहाँलाई कोहि कसैले मत नै दिने स्तिथि छैन । संविधान, लोकतन्त्र जनताको विकासको चाहनालाई सम्बोधन गर्न मेरो उम्मेदवारी हो । काभ्रे क्षेत्र नं. १ का आम मतदाता, कार्यकर्ता, संगठन सबैको साथ सहयोग, कांग्रेसका अग्रज व्यक्तित्व शिव हुमागाइ, गणेश लामा, जिल्लाका सम्पूर्ण कांग्रेस टिम नै काभ्रेको दुवै क्षेत्र जिताउन लागी पर्नु भएको छ ।

       भ्रष्टाचारको अन्त्य, सुशासन कायम गर्न, विकृति वेथितिको चाङ चिर्न संविधान अनुसार कानुन बनाउने कार्य गर्ने जिम्मेवारी प्राप्तका लागि पार्टीले उम्मेदवार छनौट गरी पठाएको र सांसद बनेपछि नीति निर्माणमा व्यस्त रहनुपर्नेमा पार्टीका सबै उम्मेदवार घर घरमा बिकासका योजना बाँड्दै हिड्नु कति उचित ?

       नेपालको भौगोलिक अवस्था, नागरिकको विकासप्रतिको चाहाना, शैक्षिक स्तरीयता, चेतना स्तर सबैले देशको समग्र बिकासलार्ई प्रभाव पार्छ । संविधान त यहाँले उठाउनुभएको जिज्ञासा अनुसार नै हो । भौगोलिक विकटता, देश विकासको खाका निर्माण अनुसार विकासमा तिब्रता, दक्ष तथा अर्ध दक्ष जनशक्तिलाई रोजगारीको अवसर विदेश पलायन रोक्ने नीति अवलम्वन गरी अघि बढ्नुपर्छ नै । गणतन्त्र प्रप्ति पछि तीन तहका सरकार संघीय, प्रदेश र स्थानीय सरकार सबैले आ–आप्mनो अधिकार क्षेत्र भित्र रहेर कार्य गर्नुपर्ने त्यसो हुन सकेको छैन । संघ सरकारले राष्ट्रिय गौरवका योजना निर्माण, बजेट विनियोजन, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम, जनताहरुको मौलिक अधिकारको संरक्षण, आधारभूत सेवा प्रवाह छिटोछरितो प्रदान गर्न, विकास र समृद्धि हाँसिल गर्न आवश्यक पर्ने कानुन निर्माण गर्नुपर्ने नै हो । प्रदेश सरकारले योजना निर्माण बजेट विनियोजन गरी कार्यान्वयन गर्नुपर्ने र स्थानीय सरकारले सेवा प्रवाह चुस्त दुरुस्त छिटो छरीतो गर्नुपर्ने तर तारतम्य मिलेको छैन । नीति विधि र प्रविधिको सहि कार्यान्वयन गर्नु छ । त्यसो नभइन्जेल जनताका आधारभूत आवश्यकता, विकासको आधार स्तम्भ भौतिक पूर्वाधार, खानेपानी, बिजुली, शिक्षा स्वास्थ्यको पहँुच विस्तार, गरिवीको निवारण गर्न नीति निर्माण सँगसँगै सांसदहरुले विकास निर्माणको कार्यलाई समेत अगाडी बढाइ जानुपर्छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्