IMG-LOGO

ग्राहक वर्गलाई गुणस्तरीय वित्तीय सेवा दिएका छौं

 मंगल, सावन १९, २०७८  सुरज दाहाल

 

सिभिल बैंक, बागमति प्रदेशका प्रमुख

      ”समृद्धिका लागीसिभिल बैंक“ भन्ने नाराका साथ अगाडी बढी रहेको सिभिल बैंकले बिगतकावर्षहरु भन्दा ब्यबसायको आयतनमा बिशेष रुपमा वृद्धि गरि एउटा नमुना बैंकको रुपमा आफुलाई प्रस्तुत गरिरहेको छ । निरन्तर रुपमा मौलिक बैंकिंग सेवाहरु पस्कँदै आइरहेको छ । भर्खरै मात्र बैंकले बजारमा ल्याएको निक्षेप योजनाहरु “खुत्रुके खाता” र “सुपर प्रीमीयम बचत खाता” को बारेमा सिभिल बैंकको बागमति प्रदेशका प्रमुख सुरज दाहालसंग गरिएको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

    सिभिल बैंकको सुपर प्रीमीयम बचत खाता कस्तो बचत खाताहो र कस-कसले खोल्न सक्छन ?

न्युनतमा मौज्दात रू २५,००० रहेको सिभिल बैंक सुपर प्रीमीयम बचत खातामा बैंकले ६.०१ प्रतिशतको सर्वाधिक वार्षिक ब्याजदरको अलावा मेटलाईफ बीमा कम्पनी सँगको सहकार्यमा खातावालालाई ६ वटा प्रमुख घातक रोगहरु (मेजर क्यान्सर, मेजर स्ट्रोक, पहिला हृदयघाट, पल्मनरी हाइपरटेन्सन, हार्ट भल्भ सर्जरी तथा कोरोनरी आर्टेरी डिजिज)का लागि रू दुई लाख सम्मको निःशुल्क औषोध पचार वीमा सुविधा प्रदान गर्नेछ । साथै मोवाईल बैंकिङ्ग सुविधा, इन्टरनेट बैंकिङ्ग सुविधा, एटीएम कार्ड, एसएमएस बैंकिङ्ग सुविधा पनि निःशुल्क रुपमै प्रदान गरिनेछ । र यो बचत खाता १८ वर्ष देखि ५८ वर्ष ननाघेका जो कोहिले पनि सजिलै सित बैंकमागई खाता खोल्न सक्नेछन । 

      खुत्रुके खाताको बारेमापनि केहि बताइदिनुस् न  ?

अन्य बैंकहरुले प्रदान गरिरहेको रिकरिंग डिपोजिटहरुमा सर्तहरु तथा बन्देजहरु हुने गर्छन भने यो भन्दा पृथक रहेर सिभिल बैंकले आफ्नो रिकरिंग डिपोजिट - खुत्रुके खातालाई सर्त तथा बन्देज मुक्त बनाईएको छ जसमा बचत गर्न चाहने ग्राहकले दुईबर्ष देखि दश बर्ष सम्मको खुत्रुके खाता रेकरिंग डिपोजिट खोल्छन अनि मासिक न्युनतम रु पाँच सय देखि माथि गर्दै जान्छन्, कुनै महिनामा कुनै कारणबस जम्मा गर्न असमर्थ भएमा पनि कुनै किसिमको पेनाल्टी तिर्नु पर्ने हुँदैन अनि आफुले निर्धारण गरेको समय सिमा पश्चात साँवा तथा ब्याजको एक मुष्ठ भुक्तानी पाउँछन ।  अझ यस खातामा सुपर प्रिमियम बचत खातामा भन्दा १ प्रतिशत थप ब्याज पाईन्छ । केहि गरी अवधिको बीचमा आकस्मिक कारणले रकम आवष्यक भएमा संचित रकम को ७० प्रतिशत ऋणमा नै बिना झन्झट रकम निकाल्न सकिन्छ ।

    अहिलेको कोरोना संक्रमणको जोखिममा खाता खोल्न केहि अतिरिक्त प्रबन्ध गर्नु भएको छ कि ?

हो गरेका छौं । कोरोना संक्रमणको जोखिम भएकोले घरबाटै अनलाइन मार्फत खाता खोलि, पछी आफुलाई पायक पर्ने शाखामा गई केवल दस्तखत गरी खाता संचालनमा ल्याउन सकिन्छ । 

     सिभिल बैंकले यी दुबै खाताहरुमा ऊच्च ब्याजदर प्रदान गरिरहेको पछाडी को कारण ?

विद्यमान कोरोना संक्रमनबाट सिर्जित कठिन अवस्थामा अन्य वित्तीय संस्थाहरुद्वारा निक्षेपमा प्रदान गरिएको ब्याजदरको तुलनामा ग्राहकको मेहनतको कमाईको कदर गर्दै आकर्षक ब्याज प्रदान गरिएको कारणले ग्राहकहरु यस बचत खाताबाट लाभान्वित हुने छन् साथै हामी सर्वा साधरणको बैंकको रुपमा परिचित हुन तथा ग्राहकहरुलाई बढी भन्दा बढी प्रतिफल प्रदान गरी लोक प्रिय बैंक बन्ने जमर्को गरेका छौं ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्