IMG-LOGO

खेलकुद क्षेत्रको पूर्वाधार विकास र संरचनागत सुधार गर्ने छु

 मंगल, माघ ११, २०७८  मन्त्री–रत्न ढकाल युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेश

     चौरी देउराली गाउँपालिका–५, पिता शिवप्रसाद ढकाल, माता रुकमाया ढकालका छोरा रत्न ढकालको जन्म २०३६ साल माघ ६ गते भएको हो । अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष, माओवादी केन्द्रको केन्द्रीय सदस्यको जिम्मेवारी समाल्नु भएका निडर हक्की सवभावका रत्न ढकाल २०७४  मंसिर २१ गते भएको काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ क’, बाट २५ हजार १ सय ६ मत प्राप्त गरी विजयी हुनुभयो । नेपाली कांग्रेस काभ्रेका जिल्ला कोषाध्यक्ष समेत रहेका युवा नेता सि.वि लामालाई ७ हजार २ सय ५१ मतान्तरको फरकले  पछि पारी रत्न ढकालले चुनाव जित्नुभयो । २०७८ साल पौष ९ गते बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्वको मन्त्री परिषदमा युवा तथा खेलकुद मन्त्री हुनु भयो । उहाँ सँग खेलकुद क्षेत्रको समग्र विकास र नयाँ योजना के छन् भन्ने सन्दर्भमा रेडियो एविसी एफ.एममा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

     युवा तथा खेलकुद मन्त्री हुनुभयो कस्तो अनुभूति गर्नुभयो ?

     काभ्रेली माटोमा जन्मीएर हुर्कीयो । काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ ‘क’ बाट जनताको जनविश्वासबाट जनमत प्राप्त गरी निर्वाचित भएँ । युवा तथा खेलकुद मन्त्री भएको पनि माघ ९ गते १ महिन हुन्छ । समाजमा देखिएका बेथिती विकृतिका बिरुद्ध आवाज उठाउँदै समाजलाई संगठित गर्दै समाज रुपान्तरणका लागि अघि बढेको व्यक्ति हुँ । त्यसैले बागमती प्रदेश सरकारको मन्त्री मण्डलमा रहेर कार्य गर्ने अवसर जुटेको छ । चुनौती र अवसर दुवै छ । चुनौतीलाई चिरदै अवसरको सहि सदुपयोग गरेर आफूले पाएको जिम्मेवारीलाई अनुशासित ढङ्गबाट खेलकुद क्षेत्रको दिगो विकास, व्यवस्थित  हुन नसकेको खेलकुद क्षेत्रको गरिमालाई जोगाउन आफ्नो वुताले भ्यासम्म लाग्ने छु ।

     खेलकुद क्षेत्रको विकास गर्ने नयाँ योजना के छन् ? कसरी अघि बढ्दै हुनुहुन्छ ?

     मैले खेलकुद मन्त्रालयको जिम्मेवारी समालेको एक महिना हुँदै छ । बागमती प्रदेश सरकारले खेलकुद क्षेत्रको दीर्घकालीन विकास गर्ने र व्यवस्थित गर्नुपर्ने आवश्यकता छ । यस अघि मन्त्रालय सम्माल्नेहरुले पनि ध्यान दिएको पनि देखिएन । संघिय सरकार र प्रदेश सरकार दुवैले यो मन्त्रालयलाई उपेक्षा गरेके देखिन्छ । संघिय सरकारसँग समन्वय गरेर अघि बढ्नुपर्छ । खेलकुद क्षेत्रको व्यवसयिक विकास, भौतिक पूर्वाधारहरुको दिगो विकास, संरचनागत सुधार गर्नु पर्ने छ । नीति, नियम पनि चुस्त दुरुस्त बनाउनु छ । स्थानीय पालिका स्तर, जिल्ला र  प्रदेश स्तरको रङ्गशाला निर्माण गर्नुछ । एक वडा एक खेल मैदान बनाउनु पर्ने छ । खेलकुद क्षेत्रको विकास, खेलाडीहरुको जीवनयापनमा समेत ध्यान दिनु पर्ने छ । खेलकुद क्षेत्रको विकासबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय क्ष्ोत्रमा ख्याती कमाउन सक्ने अवस्थाको श्रृजना गर्नु पर्ने छ ।

     “स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” को नारालाई व्यवहारमा उतार्न नसकेको यो अवस्थामा त्यसलाई सुधार गर्ने र परिमाणमुखि बनाउन कसरी सकिन्छ ?

     प्रदेशको खेलकुद विकास मन्त्रालय विगतमा सामाजिक विकास मन्त्रालयमा थियो । बजेट पनि अघिल्लो सरकारले  विनियोजन गरेकोबाट हामीले कार्यान्वयन गर्नु पर्ने छ । पहिलो त अधिकारको सवाल कर्मचारी व्यवस्थापन गर्नु छ, त्यसपछि नीतिगत सुधार गर्दै खेलकुद क्षेत्रको समग्र विकास गर्नुपर्छ । त्यसै कार्यमा आफ्नो समय व्यतित गरेको छु । स्थानीय, जिल्ला, प्रदेश स्तरमा खेल मैदानको उचित प्रवन्ध, खेलकुद क्षेत्रमा लागेका खेलाडीहरुको जीवनमा सकारात्मक परीवर्तन ल्याउनुछ । खेलकुदका लागि राष्ट्रिको नाम र गरिमा बचाउन लागेका खेलाडीहरुको जीवन निर्वाह हुन सकेको छैन । युवा पिढींलाई आशा जगाउनु छ । विदेश पलायनबाट रोक्नु छ । युवाजमातलाई उत्पादनसँग जोडेर देशमा उत्पादन बृद्धि गरेर देशलाई आत्मनिर्भर बनाउनु छ । उद्योगधन्दा खोल्नु छ । अर्थतन्त्रलाई मजवुद बनाउनु छ ।

     काभ्रेली माटोमा जन्मेर बागमती प्रदेशको मन्त्री हुनुभयो । पनौतीका रङ्गशाला, धुलिखेलको खेलकुद मैदान व्यवस्थित छैन, काभ्रे जिल्लाको समग्र खेलकुद क्षेत्रको विकासमा के गर्ने सोच छ ?

     बागमती प्रदेशको समग्र खेलकुद क्षेत्रको विकास गर्ने जिम्मेवारी म मा छ । त्यसो हुँदा हुँदै काभ्रे जिल्लाको खेलकुद क्षेत्रको पूर्वाधार विकास, दीर्घकालीन, अल्पकालीन योजना तयार गरेर अघि बढेको छौँ । विगतमा भएका बहुवर्षीय योजनाहरु छन् । ती कार्यहरु पुरा गर्दै जानु पर्ने छ । भकुण्डेमा कर्भडहल निर्माण भएको छ । तत्कालै काभ्रे जिल्लाको लागि केही गर्न नसके पनि आगामी वर्षमा केही न केही गर्ने सोचमा छु । खेलकुद क्षेत्रको भौतिक पूर्वाधार विकससँग सँगै काभ्रे जिल्लाको समग्र विकास गर्न समेत मेरो ध्यान केन्द्रीत गर्ने छु ।

     पाँचदलीय गठबन्धनको सरकारले ६ महिना पार गरिसक्यो । भष्टचार, बेथिति, महँगी त्यती कै बढेको छ । पेट्रोलियम पदार्थको मुल्य बढेको बढै छ । जनताका लागि जुन सरकार आए पनि कानै चिरेको जस्तै भो भन्ने जनगुनासो व्याप्त छ नि ?

     संविधान, लोकतान्त्रीक गणतन्त्रको रक्षा, शान्ति अमन, चयन, सुशासनका लागि यो सरकार गठन भएको हो । केपी ओली नेतृत्वको सरकारको चरम अराजगता निरङकुशता, चरम भ्रष्टचारले सिमा नाघेको अवस्था थियो । दुई दुई पटक प्रतिनिधि सभा भङ्ग गरेर के.पी. ओलीले नेपाली जनतालाई धोका दिएका छन् । यस्ता जनविरोधी कार्य गरेकाले नेपाली कांग्रेस पार्टीका सभापति शेर बहादुर देउवाको नेतृत्वमा ५ दलीय गठबन्धको सरकार बनेको हो । जहाँ सम्म तपाइँले उठाउनु भएको प्रश्न बेथिति, भ्रष्टचार मौलाएको महंगी ह्वात्तै बढेको पेट्रोलियम पदार्थको  मुल्य अधिक बढेको बढै गरेको भन्ने छ । बेथिति र भ्रष्टचार नियन्त्रण हुँदै आएका छन् । महंगी नियन्त्रणको सवाल चाँहि ज्यूका तिउँ  नै छ । यसमा हामी पनि चिन्तित छौँ । पेट्रोलियम पदार्थमा मुल्य वृद्धि अन्तराष्ट्रिय बजारमा बढ्दा बढ्ने घट्दा घट्ने नै हो । सम्वन्धित आपूर्ति मन्त्रालयले त्यसलाई गम्भीरता पूर्वक हेरेर कार्य गरिनु पर्छ । मुल्य अधिक वृद्धि भई राख्दा जनआक्रोस बढ्नु स्वाभाविक हो ।

     बागमती प्रदेश सरकारको सवालमा भन्नु पर्दा मुख्यमन्त्री राजेन्द्र पाण्डेको नेतृत्वमा १४ मन्त्रालय सहित ४ राज्यमन्त्री नियुक्त गरेर मासिक ६ करोड व्यय भार पारेको छ । यसरी काले काले मिलेर खाँउ भाले जस्तै भाये नि ?

कुल सांसद संख्याको २५ प्रतिशत मन्त्री बनाउन सकिने कानुनी व्यवस्था छ । यो मापदण्ड अनुसार ठिकै भए पनि केही व्ययभार त पर्न गएको छ । यो सरकार विशेष परिस्थितिमा बनेको  सरकार हो । ५ दलिय गढबन्धनको सरकार प्रदेश र संघ दुबैमा छ नै हाम्रो सरकारको उद्देश्य जनतामा छिटो छरीतो स्तरीय सेवा प्रवाह पु¥याउने, विकास र समृद्धि गर्ने हो । सुशासन, शान्ति, अमन–चयन हो । त्यसमा सरकार अघि बढेको छ । सरकार परिवर्तन हुने वित्तिकै जनताहरुबाट आमुल परिवर्तनको अपेक्षा गरेका हुन्छन् । त्यो सम्भव छैन । विस्तार सुशासन र पारदर्शीता कायम हुँदै गएको छ । यो सरकार बेथिती, भ्रष्टचार महंगी नियन्त्रण गर्न यो सरकार तात्परताका साथ लागि परेको छ ।

     आगामी दिनमा हुने तीनै तह केन्द्र, प्रदेश र स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रले बहुमत ल्याउँछ त ?

     नेकपा माओवादी केन्द्र परिवर्तको पक्षमा संघीयता, धर्मनिरपेक्षता, समावेसीता, सामाजिक न्याय दिलाउने सवालमा समाज रुपमान्तरणमा अग्रेणी भूमिका खेल्दै आएको पार्टी हो । लोकतान्त्रीक गणतन्त्र ल्याउन र यसको संस्थागत विकास र रक्षा गर्न सक्छ र गर्छ । त्यहि भएर नै नेकपा माओवादी केन्द्र गत पुषमा पार्टीले  महाधिवेशन ग¥यो, गाउँ, नगरपालिका, प्रदेशमा सशक्त संगठन विस्तार, सुदृढिकरण सहित नयाँ युवा जोस जांगरको नेतृत्व चयन भएको छ । आगामी निर्वाचनमा तीनै तहमा हाम्रो नेतृत्वमा सरकार बन्छ त्यो आधार तयार भएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्