IMG-LOGO

पार्टी जुन होस हाम्रोलाई होइन राम्रोलाई भोट दिऊँ

 मंगल, बैशाख २०, २०७९  --

      चुनाव आउन ९ दिन बाकी रहदाँ काभ्रे  जिल्लामा चुनावी प्रचारप्रसार अभियानलाई सबै राजनीतिक दलहरुले तीव्र बनाएका छन् । सहरदेखि गाउँसम्म आ–आफ्ना पार्टीका झन्डा फहराउँदै चुनावी गीतमा नाच्दै र रमाउँदै हिँड्नेमा नेतादेखि कार्यकर्ताको ताँती छ । सत्तारुढ गठबन्धनमा रहेका दलहरु, र  नेकपा (एमाले) बीचमा नै कडा चुनावी प्रतिस्पर्धा  हुने  देखिन्छ ।  दलहरु आ–आफ्नै चुनावी एजेन्डा लिएर मतदाताको घरदैलामा पुग्न थालेका छन्। शिक्षा, स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकतामा राखेर तयार गरिएका प्रतिबद्धता पत्रसहित आफ्नै घरको आँगनमा उम्मेदवारलाई भेट्दा मतदाता समेत उत्साही बन्नेको दृश्य रोमाञ्चक देखिन्छ ।

      विशेष गरेर मुख्य पदका उम्मेदवार गाउँमा पुग्दा भोट मात्र माग्दैनन् । मतदाताको समस्या बुझ्दै डायरीमा नोट गर्दै आफूले जितेमा सबै काम गरिदिने प्रतिबद्धतासमेत जनाउने गरेका छन् । काभ्रे जिल्लाका १३ पालिकाका र १३५ वडाका  ३ लाख ३ हजार ५ सय ६०  मतदाताले मतदान गर्ने छन् ।

      काभ्रे जिल्लाकै जेठो नगरपालिका बनेपा नगरमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नगर प्रमुख उम्मेद्वारमा शान्तिरत्न शाक्य र उपप्रमुखमा रघुवर चौप्रधान र नेकपा एमालेका बनेपा नगरपालिकाको प्रमुखमा रात्नकुश रञ्जितकार र उपप्रमुखमा विमला सापकोटा बीच कडा प्रतिस्पर्धा हुने भएको छ । दुबै युवा पुस्ताका उम्मेदवारले काभ्रे टाइम्स संग कुरा गर्दै भन्नुभयो । गठवन्धन नेपाली कांग्रेसको तर्फबाट बनेपा नगर प्रमुखमा उम्मेदवार बन्नु भएका शान्तरत्न शाक्यले स्वच्छ, सफा र हराभरा बनेपा बनाउने योजनाका साथ अघि बढेको बताउँनुभयो । नगर प्रमुखका उम्मेदवार शाक्यले थप प्रष्ट पार्दै शान्ति सुरक्षा, अमनचयन कायम, सडक बत्ती, पर्यटन क्षेत्रको विकास, होटल व्यवसायीलाई व्यवसायिक मर्यादित ढंगबाट सञ्चालन गर्न सक्ने अवस्थाको श्रृजना गर्नु, विद्युत पोलमा अनियन्त्रित रूपमा छरपष्ट रहेको केबुल तारको उचित व्यवस्थापन, काभ्रे उपत्यका एकीकृत खानेपानी ९८ प्रतिशत सम्पन्न भए पनि जनताका घर–घरमा पुग्न नसकेको हुँदा गठवन्धनबाट निर्वाचित भएका जनप्रतिनिधिहरूको टिमले ६ महिना भित्र शुद्ध पिउने पानी खुवाउने कुरा नगर प्रमुखका उम्मेदवार शाक्यले बताउनुभयो। भौतिक पूर्वाधार, कृषि तथा पशुपालन  व्यावसायिकता ढंगवाट सञ्चालन, शिक्षा, स्वास्थ्यको गुणस्तरीय सेवाको पहुँच सबैमा पु¥याउने र वितरण न्याय सङ्गत ढङ्गले गर्नुपर्ने समग्र समुन्नत विकासको परिकल्पना हाम्रो दृढ अठोट रहेको कुरा नगर प्रमुखका उम्मेदवार शाक्यले राख्नुभयो । उहाँको अन्तरवार्ता पेज ५ मा हेर्न सक्नु हुन्छ ।

      त्यस्तै गरी नेकपा एमाले तर्फबाट बनेपा नगरपालिकाको प्रमुख पदका उम्मेदवार रत्नकुश रञ्जितकारले हाम्रो संकल्प समृद्ध बनेपा सुखी बनेपाली भएको बताउँदै भन्नुभयो, बनेपा नगरवासीको वृहत्तर हित यहाँको आर्थिक समृद्धि, सबै खालका सामाजिक विभेदको अन्त्य, सामाजिक रुपान्तरण गर्ने योजना, नीतिगत सुधार गरी बनेपालाई कसरी फरक ढगबाट नमुना रूपमा देश र अन्तराष्ट्रिय रूपमा चिनाउन सक्ने अवस्था श्रृजना गर्ने, बनेपा वासिहरूलाई छिटो छरितो गुणस्तरीय प्रभावकारी सेवा प्रवाह गरी आर्थिक समृद्धिको यात्राको गन्तव्यमा पुराउन नेकपा एमालेको स्थानीय सरकारले मात्र गर्न सक्ने कुरा नगर प्रमुखका उम्मेदवार रञ्जितकारले बताउनुभयो । उहाँको उन्तरवार्ता पेज नं ५ मा हेर्न सक्नु हुने छ ।

      धुलिखेल नगरपालिकामा अहिले दैनिकजसो घरमा विभिन्न पार्टीका उम्मेदवार लर्को लागेर भोट माग्न आउने गरेका छ्न ।हरेक राजनीतिक दलहरूले बिहान ६ बजेदेखि नै चुनावी अभियान सुरु गर्ने  गरेको  देखिन्छ । छिटफुट घटना बाहेक चुनाव प्रचारप्रसार शान्तिपुर्ण छ । एमालेको एक सदस्य निर्विरोध भइ खाता खाता खोलेको छ । धुलिखेल वडा नं ६ बाट दलित महिला सदस्यमा पार्वती विश्वकर्मा निर्विरोध निर्वाचित हुनु भएको छ। तर निर्वाचन कार्यालय धुलिखेलबाट घोषणा हुन भने बाँकी रहेको छ । जनताको लोकप्रिय, युवाको समस्या पहिचान र समाधान गर्नेलाई सबैले भोट  हालौ  ।

      धुलिखेल र बनेपामा क–कस्को कति उम्मेदवार

      २०७९ बैशाख ३० गते हुने स्थानिय पालिकाको निर्वाचनमा बनेपा नगरपालिकामा २ सय ७६ उमेदवारले प्रतिस्पधा गर्ने भएका छन्। ३ सय१६ जनाले उम्मेदवार दिएकोमा ४० जनाले फिर्ता लिएको कुरा निर्वाचन कार्यालय बनेपाकी अधिकृत सारदा भण्डारीले जानकारी दिनुभयो । पार्टीगत रूपमा नेकपा रामाले बाट ७२ जना, नेपाली कांग्रेसबाट७० जना, माओवादी केन्द्रबाट २९ जना, नेकपा (एकीकृत समाजबादी) बाट२२ जना, समाजवादिका १८ जना, राप्रपाका ४६ जना, नेमकिपाबाट १३ जना, सामाजिक एकता पार्टीबाट १ जना लगायत३ सय१६ जनाले उम्मेदवारी दिएका थिए। यसैगरी स्वतन्त्रमा भने ४ जना नगर प्रमुखका उम्मेदवार छन्। कञ्चन गिरी, प्रेमलाल वैदार, राजकुमार बजगाई र विरोचन श्रेष्ठ रहेको छन् भने एक जना बनेपा ५ का वडा अध्यक्षका उम्मेदवार राजिव श्रेष्ठ रहेका छन्। त्यसैगरी धुलिखेल नगरपालिकामा २ सय २० जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । त्यसैगरी नेपाली कांग्रेस धुलिखेल नगरका नगर सभापति बिदुर बस्नेतले धुलिखेल नगरपालिकाको नगर प्रमुखमा बागी उम्मेदवारी दिई चुनावी प्रतिस्पर्धामा उत्रियका छन्। गठवन्धनका साझा उम्मेदवार भने एकीकृत समाजवादी धुलिखेलका अध्यक्ष दयासागर श्रेष्ठ चुनावी मैदानमा हुनुहुन्छ। त्यसैगरी धुलिखेल नगरपालिकामा नगर प्रमुखको स्वतन्त्र उम्मेदवारमा धुलिखेल बडा नं ८ का युवा कृष्णमुराहरी वडाल स्वतन्त्र उम्मेदवारीबाट चुनावी प्रतिस्पर्धामा उत्रनु भएमो छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्