जिल्ला स्थित मुख्य निर्वाचन कार्यलयका मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले स्थानीय निर्वाचनको तयारी सम्पुर्ण रूपमा पुरा भएको बताएको छ । गाउँ तथा शहर दुबैका मतदान स्थलमा कर्मचारी र सुरक्षाकर्मीहरूले मतपत्र पु¥याउने काम धमाधम सुरु भएको कुरा निर्वाचन अधिकृत भट्टराईले बताउनुभयो । उहाँका अनुसार, काभ्रे जिल्लामा २ हजार ७ सय कर्मचारी, सुरक्षाकर्मी र म्यादी प्रहरी गरेर २ हजार २ सय ४६ सुरक्षाकर्मी परिचालित भएको उल्लेख गर्नुभयो ।
यस पटकको स्थानीय निर्वाचनको राष्ट्रिय र अन्तर्राष्ट्रिय चासो पहिलो भरतपुर महानगर पालिका र दोश्रो काठमाडौं महानगर पालिका भएको छ । भरतपुरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुत्री रेणु दाहाल गठबन्धन कि साझा उम्मेदवार र नेपाली काङ्ग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलको अगाडि एमालेका उम्मेदवार कृष्णबहादुर थापा छायांमा छन् भने काठमाडौं महानगर पालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहका अगाडि एमालेका उम्मेदवार केशव स्थापित र गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसकी सिर्जनासिंह छायांमा छन् । चुनाव आउन ३ दिन बाकी रहदाँ देशभर नै चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ । काभ्रेलाई पनि चुनाव नलागेको होइन काभ्रेमा झन धुलिखेलमा के होला भन्ने राष्ट्रिय अन्तर्राष्ट्रिय चर्चा छ । अहिले सम्मको स्थिति हेर्दा एमाले भर्सेज सत्ता साझेदारको गठबन्धन उम्मेदवार नै मुख्य प्रतिस्पर्धा हो । यो निर्वाचन २०७४ को स्थानीय निर्वाचन भन्दा पनि फरक खालको छ । मतदाताहरु त्यति उत्साही छैनन् ।
बनेपा नगरपालिकामा नेपाली कांग्रेसबाट गठबन्धनका साँझा उम्मेदवार शान्तिरत्न शाक्य नगर प्रमुखमा र एमालेबाट नगर प्रमुखमा रात्नकुश रञ्जीतकार बीच कडा प्रतिष्पर्धी हुने भएको छ । तर चुनाव कै मुखमा बनेपा नगरपालिकाको निवर्तमान नगर प्रमुख लक्ष्मीनरसिंह वादेले एमाले पार्टी समेत परित्याग गरेकाले बनेपाको नगर प्रमुखमा कांग्रेसका शान्ति रत्न शाक्यलाई जित्न सहज हुने कुरा कांग्रेसीहरूको बुझाई छ । त्यस्तै गरी धुलिखेल नगरपालिकामा एमाले काभ्रेका अध्यक्ष समेत रहेका अशोक कुमार व्याञ्जु नगर प्रमुखको उम्मेदवार र गठबन्धनको तर्फबाट साँझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) दयासागर श्रेष्ठ बीच प्रतिस्पर्धा हुने छ तर नेपाली कांग्रेस धुलिखेल नगरसभापती पार्टीबाट राजीनामा दिएर नगर प्रमुखमा प्रतिस्पर्धामा उत्रेकोले गठबन्धन कै भोट काटिने भएको हुँदा नगर प्रमुखमा अशोक व्याञ्जुलाई जित्न भने सहज हुने कुरा एमालेजन बताउँछन् ।
पनौती नगरपालिकामा एमालेबाट नगर प्रमुख उम्मेदवारमा भिम न्यौपाने र कांग्रेसबाट रामशरण भण्डारी गठवन्धनको साँझा उम्मेदवारको रूपमा भए पनि एमालेको संगठन पनौतीमा दरवीलो भएकोले भिम न्यौपाने र रामशरण भण्डारी बीच कडा प्रतिष्पर्धा हुने चर्चा छ । नमोबुद्ध नगरपालिकामा गठबन्धनको साँझा उम्मेदवार नगर प्रमुखमा कुन्साङ लामा र एमाले काभ्रेका सचिव समेत रहेको राजन भुर्तेल नगर प्रमुख उम्मेदवार बीच कडा प्रतिस्पर्धा रहने चर्चा छ । गठबन्धनको तर्फबाट पाँचखाल नगरको प्रमुख पदमा निवर्तमान नगर प्रमुख समेत रहेका कांग्र्रेस युवा नेता महेश खरेल र एमालेका कञ्चन अधिकारीबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । त्यसै गरी मण्डन देउपुर नगरपालिकामा गठबन्धनको साँझा नगर प्रमुखको उम्मेदवारमा निवर्तमान नगर प्रमुख समेत रहेका नेकपा (एकीकृत समाजवादि) का जिल्ला अध्यक्ष टोक बहादुर वाइबा र एमालेका विदुर सापकोटा बीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
यसैगरी भुम्लु गाउँपालिकामा गठबन्धनको तर्फबाट माओवादी केन्द्रबाट अध्यक्ष पदमा प्रेम बहादुर भुजेल र नेकपा ऐमाले भुम्लु गाउँपालिका इन्चार्ज समेत रहेका प्रेम लामा बीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । चौरीदेउराली गाउँपालिकामा गठबन्धनको साँझा अध्यक्ष पदको उम्मेदवार रेनुका चौलागाईं र एमाले बाट जितराम लामा वीच अध्यक्ष पदमा प्रतिस्पर्धा हुने चर्चा छ । त्यस्तै गरी रोशी गाउँपालिकामा गठबन्धनको साँझा उम्मेदवारमा कांग्रेसका युवा नेता दिनेश लामा र एमाले युवा नेता देवसागर लामा बीच कडा प्रतिस्पार्धा हुने भएको छ तर रोशी गाउँपालिकामा निरवर्तमान गाउँपालिका अध्यक्ष समेत रहेका डिबी लामाले कांग्रेस पार्टी परित्याग गरेको हुँदा दिनेश लामालाई जित्न अलि कठिन हुने कुरा एमालेजनको ठम्याई छ । तेमाल गाउँपालिकामा गठबन्धनको साँझा उम्मेदवार चन्द्र लामा र एमालेका युवा नेता इन्द्र बहादुर तामाङ बीच कडा प्रतिस्पर्धा हुने देखिन्छ भने वेथानचोक गाउँपालिकामा गठबन्धनका साझा उम्मेदवार कांग्रेस काभ्रेका युवानेता भगवान अधिकारी र एमालेका कमल तिमल्सिना बीच प्रतिस्पर्धा हुने चर्चा छ ।
यसैगरी खानीखोला गाउँपालिकामा गठबन्धनको साझा उम्मेदवार माओवादी केन्द्रबाट युवा नेता इन्द्र तामाङ (छिन्ताङ) र एमालेबाट शेखर लामा बीच कडा प्रतिस्पर्धा हुने चर्चा छ । महाभारत गाउँपालिकामा गठबन्धनको साझा उम्मेदवार माओबादी केन्द्र काभ्रेका युवा नेता यस अघि गाउँपालिकामा निर्वाचित अध्यक्ष समेत रहेका कान्छा लाल जिम्बा र एमालेका पूर्ण वहादुर वाइबा बीच प्रतिस्पर्धा हुने छ । त्यहाँ भने माओवाद केन्द्रको संगठन वालियो भएको हुदाँ कान्छालाल जिम्बाले जित्ने आंकलन माओवादीजनले गरेका छन् । काभ्रे जिल्लाका १३ स्थानीय पालिकामा निर्वाचन आयोगका सबै पदाधिकारीले निर्वाचन स्थलको काम धमाधम पुरा गर्दैछन् । अब मात्र बैशाख ३० आउन बाँकी छ मतदाताले भोट खसाल्न बाकी छ । आज राती १२ बजेबाट मौन अवधि शुरु हुनेछ । मौन अवधिमा उम्मेदवारले प्रचारप्रसार गराउन रोक छ । बैशाख ३० मतदाताको दिन हो । बाँकी पाँचबर्ष जित्ने कै सु–दिन हुनेछन् । उम्मेदवारको सही छनोटले नै स्थानीय विकास सु–शासन हुनेछ ।
