IMG-LOGO

पनौती नगरपालिका बाल श्रम निवारणको लागि तिव्रता दिदैं

 मंगल, फागुन १५, २०८०       रमेशप्रसाद न्यौपाने

     “बालबालिकालाई श्रममा नलगाउँ, बालश्रम मुक्त समाजको निर्माण गरौं” भन्ने नारालाई स्थापित गर्न पनौती नगरपालिकाले अभियान थालेको छ । नगरपालिकाले बाल श्रम निवारणका लागि विद्युत्तीय माध्यमबाट बालबालिकाहरुको तथ्याङ्क संकलन, घर परिवारको स्तर, व्यवसायको स्तर, बालश्रमका अवस्था पहिचान गर्ने बालश्रमको मुल कारण पत्ता लगाउने, बाल श्रम निवारणका लागि सचेतना र वकालत गरी पहलकदमी गरी अघि बढेको नगर प्रमुख रामशरण भण्डारीले बताउनुभयो । पनौती नगरपालिकामा ५ वर्ष देखि १८ वर्ष मुनी उमेरका बालबालिका १३ हजार ८ सय ३५ छन् । जसमा १७ जना बालबालिका बाल श्रमीक भएको र ४२ जना विद्यालय जान वञ्चित रहेको बालमैत्री शाखा प्रमुख केशव बञ्जाराले बताउनुभयो । पनौती नगरपालिकाले वडा नं ११ मा बालश्रम मुक्त वडा घोषणा गरी सकेको छ । आज पनौती वडा नं ५ मा, वडा नं ८ मा, बुधबार र  फागुन २५ गते २ नं वडामा बालश्रममुक्त वडा घोषणा गर्ने तयारी नगरपालिकाले गरेको छ । नेपालमा अझै पनि ११ लाख भन्दा बढी बालबालिकाहरु घर, होटल, मनोरञ्जन क्षेत्र, कृषि र वर्कसपमा बाल श्रमिकको रुपमा काम गर्दै आएको पाईन्छ । समग्र बालबालिकाको अवस्थाको बारेमा उद्दवराज पौडेलले जानकारी दिनु भएको थियो ।

     बाल अधिकार सम्बन्धी महासन्धी १९८९ ले १८ वर्ष मुनिका व्यक्तिलाई  बालबालिकाको रुपमा परिभाषित गरेको छ । त्यस्तै गरी बालबालिका सम्बन्धी ऐन २०७५ ले पनि १८ वर्ष मुनिका व्यक्तिलाई बालबालिकाको रुपमा व्याख्या गरेको छ । बालबालिकाको आधारभूत आवश्यकता नै बाल अधिकार हो । जसमा बाँच्न पाउने अधिकार, संरक्षण पाउने अधिकार, विकास सम्बन्धी अधिकार र सहभागीता सम्बन्धी अधिकार पर्दछन् । बाल अधिकार सम्बन्धी महासन्धी १९८९, नेपालको संविधान २०७२, बालबालिका सम्बन्धी ऐन २०७५, बालश्रम (निषेध र नियमित गर्ने ऐन २०५६ लगाएतले बाल अधिकारको सुनिश्चितता प्रदान गरेको छ । उमेर नपुगेका बालबालिकाहरुको लागि कोहि कसैले डर, त्रास देखाई श्रममा लगाए बालश्रम ऐन २०५६ दफा ४ अनुसार निजलाई एक वर्ष कैद ५० हजार जरीवाना वा दुवै सजाए हुने व्यवस्था छ । पनौती नगरपालिकाले हिजो बालश्रम निवारणका लागि सञ्चारकर्मी सँग छलफल तथा अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख राम शरण भण्डारीले समग्र पनौती नगरको विकास र समृद्धिमा हामी जनप्रतिनिधि लागेका बताउँदै । सबैको साथ सहयोगले मात्र गन्तव्यमा पुगीने हाम्रो विस्वास छ  भन्नु भयो ।

     शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारको दिगो विकास, बालबालिकाहरुको बाल अधिकार, बालबालिकाहरुको नेतृत्व र व्यक्तित्व विकास गरी दिगो लक्ष्य प्राप्तिको लागि निरन्तर लागि पर्ने प्रतिवद्धता नगरप्रमुख भण्डारीले व्यक्त गर्नु भयो । उप–प्रमुख गिता बञ्जाराले पनौती नगरपालिका ऐतिहासिक, सांस्कृतिक सम्पदाको धनी, पर्यटन क्षेत्रको बिकास, शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण बालबालिकाहरुको बृहत्तर हितमा लागि नगरको विकासमा सधैं तदारुकताका साथ लाग्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, नेपाल पत्रकार महासंघ काभ्रेकी उपाध्यक्ष सुनिता सापकोटाले मन्तव्य राख्नु भएको थियो । अग्रज पत्रकार मधुसुधन गुरागाइले पनौती नगरले नागरिक मैत्री सेवा प्रवाह, सुशासन र पादर्शीतामा ध्यान केन्द्रीत गरी कार्य गर्नुपर्ने सुझाव दिनुभयो । आगामी २०८१ असार मसान्त सम्ममा नगरको सबै वडा, बालश्रम निवारण नगर घाषणाको लागि तयारीलाई तिव्रता दिईने जनाएको छ । उक्त योजना सम्पन्न गर्न ५२ लाख ५५ हजार बजेट रहेको जनाएको छ । अन्तराष्ट्रिय श्रम संगठनको सहयोगमा उक्त योजना सम्पन्न हुने नगरपालिकाले जनाएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्