पूर्व प्रधानन्यायाधिश विश्वम्भर प्रसाद श्रेष्ठले न्याय दिनु भनेको कठिन कार्य भएको उल्लेख गर्दै अनुभव र अभ्यासबाट नै राम्रो न्याय सम्पादन हुने बताउनुभएको छ । नेपाली कानुनी साहित्य समिति, काठमाण्डौं विश्वविद्यालय स्कूल अफ ल ले आयोजना गरेको न्यायाधिश नियुक्ति र न्याय परिषदको भूमिका विषयक पूर्व प्रधान न्यायधिशसँगको अन्तरक्रियात्मक कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै पूर्व प्रधानन्यायाधिस श्रेष्ठले ढिलो न्याय पाउनु भनेको न्याय नै नपाउनु जस्तै भएको उल्लेख गर्नुभयो । काठमाण्डौं विश्व विद्यालयमा कानुन अध्ययनरत विद्यार्थी, जिल्लाका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत सहभागि विद्यार्थीहरुको प्रश्नको जवाफ दिदै उहाँले निश्पक्ष कार्य गर्न निस्वार्थ भावना र देशप्रेम आवश्यक पर्ने बताउनुभयो । बनेपामा रहेको विद्या सागर अङ्ग्रेजी मा. वि.मा कक्षा १० मा अध्ययनरत छात्रा सिन्जा महाँजु श्रेष्ठले बलात्कारको सिकार भएका सोझा नारीहरुले न्याय नपाइरहँदा किन अभियुक्तहरु उम्किरहेका छन् भन्ने प्रश्नमा पूर्व प्रधानन्यायाधिश श्रेष्ठले पिडितहरु नै जागरुक हुनुपर्ने तर्क गर्नुभयो । जबसम्म पिडितले प्रमाण सहित अडिग भएर प्रस्तुत हुन्छ उक्त समयमा न्याय पाउनेमा आपूm विश्वस्त रहेको उहाँले उल्लेख गर्नुभयो ।
संस्थागत विद्यालयमा अध्ययनरत छात्र सुवास केसीले न्यायलयमा न्याय किनवेच भइ चरम भ्रस्टाचार बढेको प्रश्नमा पूर्व प्रधानन्यायाधिश विश्वम्भर प्रसाद श्रेष्ठले न्यायालयमा भ्रस्टाचारको चलखेल छैन त म भन्न सक्दीनः न्यायलयमा नेतृत्व गर्नेले आपूm स्वच्छ ढङ्गले स्वतन्त्ररुपमा कार्य सम्पादन गरेको खण्डमा भस्टाचार न्यूनीकरण गर्न सकिने उल्येख गर्नुभयो । पूर्व प्रधानान्यायाधिश श्रेष्ठले आपूmले सर्वोच्च न्यायलयमा नेतृत्व गरेपछि प्रविधिको विकासलाई आत्मसाथ गरेर मुद्दाहरुको छिटो छरीता किनारा लगाएको बताउनु भयो । आपूmले नेतृत्व समालेको बखत सर्वोच्चमा ४० हजार मुद्दाहरु दर्ता रहेको त्यसमा १५ हजार ५ सय मुद्दाहरु पैmसलागरी पिडीतहरुलाई न्याय दिलाएको उल्लयेख गर्नुभयो । संबैधानिक व्यवस्था अनुरुप, देश समाज, सामाजिक परीवेश सिद्धान्त (एक औजार) सहित व्यवहारलाई समेत आत्मसाथ गरी न्याय सम्पादन गर्नुपर्ने कथन पूर्व न्यायाधिश श्रेष्ठको रहेको छ । प्रभाव र दवावमा परी कुनै न्याय सम्पादन नगरी देश र नागरिकहरुको सर्वोपरी हितमा अडिग रहनुपर्ने तर्क पूर्व न्यायाधिश श्रेष्ठले गर्नुभयो ।
उक्त कार्यक्रममा काठमाण्डौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा, डिन प्राडा ऋषिकेश बाग्ले, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, जिल्ला प्रहरी प्रमुख बसुन्धरा खड्का लगायतको आतिथ्यता र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहभागीता रहेको थियो । उक्त विश्वविद्यालयमा कानुन संकायको पिएचडी सम्मको अध्यापन हुने कुरा विद्यार्थी आयुष बडालले बताउनु भयो । बहस कार्यक्रममा न्याय सम्पादनको सवालमा प्रस्तुत कर्ता नेपाल कानुनी सहायता समितिका पूर्व अध्यक्ष सुजन बास्तोला रहनुभएको थियो ।
