IMG-LOGO

परराष्ट्रमन्त्री राणाबाट जस्लाई पनि मुद्दा पत्रकार दिलभुषण पाठकलाई पक्राउ नगर्न आदेश

 मंगल, असार ३, २०८२  --

            नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी डा आरजु राणा देउवाले जस्लाई पनि मुद्दा दायर गरी दुःख दिने गरेको कुरा एक पछि अर्को समाचारहरु बाहिर आएका छन् । आफ्नो छोरा जयवीर सिंह देउवाले काठमाडौंको नक्सालमा रहेको हिल्टन होटल बारेको सम्बन्धि समाचार पत्रकार दिलभूषण पाठकले आप्mनो युट्युब च्यानलमा राखेपछि राणा देउवा पुत्र जयवीरले पत्रकार पाठकलाई साइबर क्राइम मुद्दा लगाएर पक्रन खोजिएको थियो । सोमबार उच्च अदालत पाटनले पाठकलाई नपक्रन् आदेश दिएको छ । 

            केही दिन अघि पत्रकार दिल भूषण पाठककी छोरी भानी भूषण पाठकले राजधानीको एक कार्यक्रममा परराष्ट्र मन्त्री संग हात समेत नमिलाई हिडेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । पत्रकार पाठकले तीन हप्ता अगाडि आफ्नो युट्युब च्यानलमा हिल्टन होटलको शेयर खरिदबिक्रीसँग सम्बन्धित सामग्री पोष्ट गरेका थिए । त्यसमा पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीरबारे चर्चा गर्दै दुबई, अष्ट्रेलिया हुँदै क्यानडासम्म रियलस्टेट बिजनेस फैलाएको र शंकर ग्रुपको मुख्य लगानी रहेको नक्शालस्थित पाँचतारे होटल हिल्टनमा पनि जोडिएको दाबी गरेका छन् । साथै उनले जयवीरको सम्पत्तिका बारेमा पनि प्रश्न उठाएका छन् । यस सम्बन्धमा शंकर ग्रुपले गत वैशाख २१ गते विज्ञप्ति जारी गरेर खण्डन गरेको थियो ।

पाठकबारे उच्च अदालतको आदेश

            पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनले सोमबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासले पाठकलाई पक्राउ नगर्न भन्दै आदेश जारी गरेको हो । विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा प्रकाउ गरी अुनसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्यूरोले जिल्ला अदालतबाट अनुमति लिएको थियो । आफूलाई गैरकानूनी रुपमा पक्राउ गर्न खोजिएको भन्दै पत्रकार पाठक उच्च अदालत पाटन पुगेका थिए । प्रारम्भिक सुनुवाइपछि नै उच्च अदालतले उनलाई पक्राउ नगर्न अल्पकालीन आदेश दिएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार, तत्कालका लागि पत्रकार पाठकको पक्राउ रोकिएको छ । यसअघि नागरिक दैनिककी निर्देशक शुवेक्षा ज्ञावलीलाई मन्त्री राणाको फोनबाट समाचारको विषयमा धम्की आएको कुरा सञ्चार माध्यममा छ्याप्पती थियो ।

            उता जिल्ला अदालत काठमाडौंले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई गाली बेइज्जती गरेको मुद्दामा अडियो–भिडियो मगाउन आदेश दिएको छ । सांसद डा. अमरेशकुमार सिंहले आफूलाई गाली बेइज्जती गरेको भनि आरजुले गएको फागुन १५ मा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी थिइन् ।सो मुद्दामा फैसला सुनाउनुअघि अदालतले अडियो–भिडियो माग गरेको हो । यसअघि अदालतले डा. सिंहलाई उक्त आरोपबारे अडियो–भिडियो सुनेर स्पष्टिकरण पेश गर्न भनेको थियो । सिंहले स्पष्टिकरण पेश गरेपछि सोमबार जिल्ला न्यायाधीश बालकृष्ण वाग्लेको एकल इजलासले गाली बेइज्जती आरोपको अडियो–भिडियो निर्णय गर्न आदेश दिएका छन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्