IMG-LOGO

धुलिखेल नगरपालिकामा मेलाबाट नै रोजगारको सुनौलो अवसर

 सोम, असार २३, २०८२  रमेशप्रसाद न्यौपाने

 

        धुलिखेल नगरपालिकाले रोजगार प्रर्वद्धन कार्यक्रम अन्तरगत रोजगार मेला २०८२ भब्यरुपमा आयोजना गर्ने भएको छ । प्रधानमन्त्री रोजगार सेवा केन्द्र धुलिखेल नमुना रोजगार कार्यक्रमअनुरुप आगामी असार २६ र २७ गते रोजगार मेला गर्न लागिएको नगर प्रमुख अशोक कुमार व्याञ्जुुले बताउनुभयो । रोजगार दाता रोजगार अवसरको खोजीमा रहेकाहरुलाई एकै ठाउँमा भेला गराई दुवै बिच पक्की साँघुको कार्य गर्ने उद्देश्यका साथ नगरपालिकाले रोजगार मेला गर्न लागीएको कुरा सामाजिक विकास समिति संयोजक, वडा नं. ३ का वडा अध्यक्ष एवं कार्यक्रम संयोजक गणेश आचार्यले बताउनुभयो । रोजगारदातासँग प्रत्यक्ष सम्वाद अन्तर्वार्ता, रोजगार उद्यमीका समाग्री प्रदर्शनी, खाना महोत्व विभिन्न व्यक्ति र विषमा बहस पैरवी समेत हुने रोगजार सेवा केन्द्र प्रमुख सम्झना शर्मा नेपालले बताउनुभयो । सेवा केन्द्र प्रमुख नेपालका अनुसार श्रमरोजगार मन्त्रालयले २ लाख बजेट उपलब्ध गराएको र नगरालिकाले ४ लाख बजेटमा कार्यक्रम भब्य र सब्यरुपमा सम्पन्न गरिने जनाउनु भयो । रोजगार मेलाका आकर्षणहरु अपरेसन म्यानेजर, मार्केटिङ म्यानेजर, फन्ट अफिसर, भोकेश्नल ट्रेनर, रिसिप्सनिस्ट, वेटर÷वेटर्स, चिफ बेकरी, कुक, गार्डेनर, हाउस किपर, हेल्पर र डिसवासर रहेका छन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्