IMG-LOGO

रोकिएन भिजिट भिसा   काठमाडौं देखि दुबईसम्म मानव तस्करको जालो

 सोम, सावन १३, २०८२    टाइम्स ब्युरो

 

     घटना नम्बर १ संखुवासभा कि कोपिला राई (नाम परिवर्तन) दलाल मार्फत भिजिट भिसा लगाएर कुवेत पुगिन । यहाँ नेपाली ७ लाखमा बेचिइन । अहिले, मलाई उद्दार गर्नुस् भनेर टिकटकमा रुदै बिलौना गरिरहेकी छिन्‌् ।

     घटना नम्बर २– भिजिट भिसाबाट उडेका सिन्धुपाल्चोकका मिसन आचार्य दुबईमा आलपत्र परेर भोकै सडकमा भेटिएका छन् ।

     घटना नम्बर ३– भिजिट भिसाबाट दुबई पुगी त्यहाँबाट युरोपको ग्रीस पुगेका केही नेपाली चेलीलाई नेपालीले नै पाकिस्तानीलाई बेचिदिए पछि बलात्कृत   खबर आएका छन् ।

     घटना नम्बर ४– भिजिट भिसाबाट इरान पुगेका ७ नेपालीलाई केही दिन अघि उद्दार गरेर नेपाल फर्काइएको छ ।

     उल्लेखित घटना भन्दा पनि कहालीलाग्दा घटनाहरु विदेशमा घटिरहेका छन् । भिजिट भिसाबाट देश छोड्ने क्रम रोकिएको छैन । राज्यसँग युवालाई देशमा  रोक्ने कुनै कार्यक्रम छैन । युवाहरु मानव तस्करको जालमा परेर विदेशी भूमिमा बिचल्लीमा परेका छन् ।

     नेपालीलाई अनेकौं प्रलोभन देखाएर मानव तस्कर गर्ने जालो गाउँ गाउँ देखि विश्व ब्राह्मण्डसम्म जेलिएको छ ।  सरकारले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसामा कडाइ गरिएपछि मानव तस्करहरूले दुबई र दिल्लीबाट आफ्‌नो धन्दा सञ्चालन गरिरहेका छन् । पछिल्लोपल्ट तस्करहरु गोप्य पोल खुलेको छ । दिल्लीस्थित विमानस्थलबाट भिजिट भिसामा विदेश उडाउन लागिएका ४७ जना नेपालीलाई उद्धार गरी काठमाडौं ल्याएर अनुसन्धान गर्दा गिरोहले दिल्ली र दुबईबाट यस्तो धन्दा सञ्चालन गरिरहेको खुल्न आएको हो ।

     नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरो स्रोतका अनुसार नेपाल फर्काइएका महिलाले गिरोहमा संलग्न भन्दै ११ जनाको नामसहित निवेदन दिइसकेका छन् । उनीहरूलाई पक्राउ गर्न प्रहरीले अस्ति आइतबार अनुमतिसमेत लिइसकेको छ ।

     नेपाली महिलालाई भारतबाट उद्धार गरेर ल्याइएपछि गिरोहमा संलग्न भनिएका ११ जनाविरुद्ध अनुसन्धान सुरु भएको विषयलाई प्रहरीले गोप्य राखेको छ । दिल्लीस्थित विमानस्थलबाट ४७ जनालाई उद्धार गरी काठमाडौं ल्याइएको थियो। उनीहरूलाई माइती नेपालको कार्यालयमा राखिएको छ । ब्युरोका प्रमुख एसएसपी कृष्ण पंगेनीले यस विषयमा अनुसन्धान भइरहेको पत्रकारहरुलाई बताए । ‘दिल्ली विमानस्थलबाट फिर्ता ल्याइएका महिलासँग सोधपुछ गरिरहेका छौं, थप अनुसन्धान हुँदै छ, पंगेनीले भने ।

     भिजिट भिसामा खाडी मुलुक पठाउन लागिएका ती महिलाहरूलाई दिल्लीस्थित नेपाली राजदूतावासको पहलमा उद्धार गरिएको हो । ‘ती महिलालाई दिल्ली विमानस्थलबाट उद्धार गरेर ल्याइएको हो । उनीहरूलाई त्यहाँ कसले, किन र कसरी लगेको हो भन्नेमा अनुसन्धान भइरहेको छ ।

     गृह मन्त्रालयले त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत पुराना कर्मचारीहरूको ‘सेटिङ’ तोड्न भर्खरै लोकसेवा आयोगबाट पास भएका गृहबाट सिफारिस भएका ४४ नयाँ अधिकृतलाई त्यहाँ खटाएको छ ।  तस्करहरूले काठमाडौंको सट्टा दिल्लीबाट पठाउन थालेको यो घटनाले पुष्टि गरेको छ । अध्यागमन विभागले विमानस्थलमा सर्भर डाउन भएको बहानामा शंकास्पद गतिविधि हुन नदिन साउन १ गतेदेखि वैकल्पिक ‘डाटा सेन्टरको व्यवस्थापन गरिएको छ । दिल्लीबाट उडाएपछि तस्करले दुबईमा अफिस खोलेर युरोप लगायत अन्य मुलुकमा नेपाली पठाउदै आएका छन् ।

 

भिजिट भिसा लिन स्थानीयको सिफारिस

           सरकारले भिजिट (भ्रमण) भिसामा विदेश जानेहरूले स्थानीय तहको सिफारिस अनिवार्य लिनुपर्नेु भनेको छ । यो खबर विभिन्न संचार माध्यमबाट सार्वजनिक भएपछि त्यस्तो प्रस्तावको सर्बत्र आलोचना भइरहेको छ । सर्वसाधारणदेखि पर्यटन व्यवसायीहरूले त्यस्ता प्रावधानले निम्त्याउने झन्झट औँल्याउँदै त्यस्तो व्यवस्था भयो भने पर्यटन व्यवसायलाई नै धक्का पुर्‍यााउने बताएका छन् । सरकारको उक्त योजनाबारे मिडियामा समाचार छापिएपछि सर्वसाधारणले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका छन् ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्