IMG-LOGO

ओली र पोखरेल पक्ष को को उठेका छन् ?

 मंगल, पौष १, २०८२  --

     नेकपा एमालेको भावी नेतृत्व छनोटको ठूलै रस्साकस्सीका साथ चुनावी मैदानमा उत्रेको छ । ११औं महाधिवेशनको तेस्रो दिन हिजो १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय समिति छनोटका लागि उम्मेदवारी मनोनयन दर्ता सकिएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनको तयारी भइरहेको छ । अध्यक्ष पदका लागि केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलै बनाएर उम्मेदवारी दर्ता गरी घम्सा घम्सीमै प्रतिस्पर्धामा जाने भएका छन् ।

     ओली प्यानलबाट पाँच उपाध्यक्ष पदमा रामबहादुर थापा बादल, प्रदीप ज्ञवाली, विष्णु पौडेल, गुरु बराल र पृथ्वीसुब्बा गुरुङको नाम राखिएको थियो । ज्ञवाली १०औं महाधिवेशनमा उपमहासचिवमा निर्वाचित भएका थिए । थापा र पौडेल उपाध्यक्षमा निर्वाचित भएका थिए । बराललाई पूर्वउपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि मनोनित गरिएको थियो । महासचिवमा पोखरेल निर्वाचित भएका थिए । तर महासचिव पद नपाएकोमा असन्तुष्ट रहेका उनले ओलीले दिएको पद अस्वीकार गरी केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दर्ता गराएका छन् । ओलीले महासचिव पदमा पोखरेललाई नै निरन्तरता दिएपछि ज्ञवालीले मन दुःखाएका हुन् । ज्ञवालीले पार्टीभित्र र बाहिर हरेक चुनौतीमा ओलीलाई साथ दिँदै आएका थिए ।

     ओलीले तीन जना उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र लेखराज भट्टलाई ल्याएका छन् । नौ जना सचिवमा पद्मा अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, यामलाल कँडेल, डा. राजन भट्टराई, खगराज अधिकारी, हिक्मत कार्की र भानुभक्त ढकाल छन् । सचिवमा उम्मेदवारी दिएकामध्ये अर्याल र विश्वकर्मा बाहेक सबै नयाँ अनुहार हुन् । सचिव पदमा उम्मेदवारी दिएका कँडेल कर्णाली प्रदेशका मुख्यमन्त्री र कार्की कोशी प्रदेशका मुख्यमन्त्री रहेका छन् । अधिकारी गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री र राई कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हुन् । भट्टराई ओलीका पूर्वपरराष्ट्र सल्लाहकार हुन् भने ढकाल २०७४ मा ओली प्रधानमन्त्री हुँदा स्वास्थ्यमन्त्री रहेका थिए ।

ओलीका विश्वास पात्र क–कस्ले छाडे साथ ?

     आफूहरूले आकांक्षा राखेको पदाधिकारी नबनाएपछि ओलीका विश्वासपात्र कोहीले कित्ता परिवर्तन कोहीले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् । निवर्तमान ओली सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रहेका रघुजी पन्तले स्वतन्त्र रुपमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । यद्यपि पन्तले दुवै पक्षको सल्लाहमा उम्मेदवारी दिएको दाबी गरेका छन् । तर इस्वर पोखरेलले पन्तलाई आप्mनो प्यानलमा राखेका छन् ।

     यस्तै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले ओली प्यानलबाट उपमहासचिव नबनाइएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् । ओलीलाई हरेक चुनौतीमा बलियो साथ दिँदै आएका कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटाले पनि ओलीको साथ छोडेका छन् । २०७७ सालमा तत्कालीन नेकपाभित्र देखिएको विवादका कारण ओली सरकार अप्ठ्यारोमा पर्दा शिक्षामन्त्री समेत रहेका श्रेष्ठले प्रधानमन्त्रीबाट ओलीलाई हटाउन कुनै माइकलालले नसक्ने सार्वजनिक अभिव्यत्ति दिएका थिए । त्यतिबेला ओलीलाई श्रेष्ठले ब्राजिलका सुपरस्टार फुटबल खेलाडी पेलेसँग तुलना समेत गरेका छन् ।

     बास्कोटालाई त ओलीको किचेन क्यावीनेटको रुपमा चर्चा गरिन्थ्यो । श्रेष्ठ र बास्कोटा पोखरेल प्यानलबाट सचिव पदमा उम्मेदवारी दिएका छन् । लालबाबु पण्डीतले पनि सचिव पदमा छुट्टै उम्मेदवारी दिएका छन् । संगठन विभाग प्रमुख रहेका काशीनाथ अधिकारी पनि ओलीसँग आक्रोशित भएका छन् । दुवै प्यानलमा नपरेकाले उनले कुनै पनि पदमा उम्मेदवारी दिएका छैनन् ।

     अघिल्लो महाधिवेशनमा पूर्वमाओवादी तीन जना नेतालाई पदाधिकारीमा समेटिएकोमा पूर्वसचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल परेकाले थापा र भट्ट मात्र समेटिएका छन् । सचिव रहेका भट्टलाई उपमहासचिव पदमा बढुवा गरिएको छ । २०७८ सालमा एमाले विभाजन हुँदा नेकपा एकीकृत समाजवादीमा लागेका रामकुमारी झाँक्री र किसानकुमार श्रेष्ठलाई पदाधिकारी बनाइएको छैन । दुवै पक्षको प्यानलमा नअटेका झाँक्रीले पार्टीले जुन जिम्मेवारी दिन्छ, त्यो बोक्न तयार रहेको बताइन् ।

इस्वर प्यानलमा पदाधिकारी

को को ?

     एमालेको ११ औं महाधिवेशनमा बरिष्ठ उपाध्यक्ष समेत रहेका इस्वर पोखरेल पार्टी अध्यक्ष केपी ओलीसँग ठुलै टक्करका साथ प्रतिस्पर्धामा उत्रेर चुनावी मैदानमा प्यानल सहित होमीनु भएको छ । उपाध्यक्ष पाँचपदमा विन्दा पाण्डे, परशुराम मेघी गुरुङ, गोकर्ण विस्ट, अरुण नेपाल, रघुजी पन्त, महासचिव सुरेन्द्र पाण्डे, उपमहासचिवमा योगेश भट्टराइ, वैजनाथ चौधरी, आनन्द पोखरेल, त्यसैगरी ९ सदस्यीय सचिव पदमा गोकुल बाँसकोटा, कर्ण थापा, ठाकुर गैरे, रचना खड्का, विनोद ढकाल, पुरुषोतम पौडेल, कृष्णगोपाल श्रेष्ठ उम्मेदवारी दिएका छन् । सचिव दुइपदमा भने खाली रहेको छ । विधान संसोधन सहित पदाधिकारी १९ पद सृजना गरेको हो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्