IMG-LOGO

पत्रकारसँग केही नबोली, रवि गए दिल्ली

 मंगल, जेठ १९, २०८३  टाइम्स प्रतिनिधि 

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पत्रकारले सोधेका कुनै कुनै प्रश्नको उत्तर नदिइ सोमबार दिल्ली पुगेका छन् । आफु भारत भ्रमणबाट फर्किएपछि प्रेससँग कुरा गर्ने उनले बताए । भारत प्रस्थान गर्ने क्रममा त्रिभुवन विमानस्थलमा पत्रकारहरूले सोधेको प्रश्नमा सभापति लामिछानेले फर्किएपछि कुरा गर्ने बताएका हुन् ।
    ‘फर्किएपछि सबै साथीहरूसँग कुरा गर्छु, प्रेससँग  पनि कुरा गर्छु,’ उनले भने । पत्नी निकिता पौडेल, सह–महामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा, प्रदीप आचार्यसहित लामिछाने ५ दिने भ्रमणका लागि भारत गएका हुन् । उनी जेठ २२ गते काठमाडौं फर्कनेछन् । सभापति लामिछानेले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यतालिका छ । भाजपा शीर्ष नेतृत्वसँग छलफल गर्नुका साथै भारतमा बसोबास गरिरहेका नेपाली समूदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । यसबीच व्यक्तिगत भ्रमणमा अयोध्या जाने कार्यक्रम पनि छ ।
    नयाँदिल्लीस्थित नेपाली दूतावासले लामिछानेका उच्चस्तरीय कार्यक्रमहरू सम्पन्न गर्न समन्वयात्मक रूपमा सहयोग गरिरहेको पनि जनाइएको छ । यता राष्ट्रिय मानवअधिकार आयोगले फौजदारी अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि गत बुधबार कारबाही सिफारिस गरेको छ । जेन–जी आन्दोलनबारे छानबिन गर्न आयोगकी सदस्य डा. लिली थापाको संयोजकत्वमा बनेको समितिले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा रास्वपा सभापति लामिछानेमाथि कारबाही सिफारिस गरिएको छ । जेन–जी आन्दोलनका क्रममा कारगारबाट कैदीबन्दी बाहिर पठाउने कार्यकमा लामिछानेको संलग्नता रहेको किटान गर्दै यस्तो कार्य फौजदारी अभियोग भएको आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
    आन्दोलनको आडमा नख्खु कारागारबाट ‘अनधिकृत र गैरकानुनी रूपमा’ बाहिर निस्किएको विषयलाई आयोगले गम्भीर प्रश्न उठाएको हो । कारागारबाट निस्कने कार्य मानवअधिकारको गम्भीर उल्लंघन मात्र नभई कारागार ऐन २०७९ को दफा ४९ बमोजिमको फौजदारी अपराध भनेको निष्कर्ष निकालेको छ । लामिछानेलाई जेलबाट छुटाउन सघाउने जेलर सत्यराज जोशी, सांसदहरू मनिष झा र हरि ढकालमाथि पनि सूक्ष्म अनुसन्धान गरी कानुनी कारबाही गर्न सिफारिस गरिएको छ । प्रतिवेदनको पेज नं. २८ र २९ मा लामिछानेका बारे उल्लेख छ ।
    त्यसका क्रममा आयोगले उनलाई छुटाउन जाने राष्ट्रिय स्वतन्त्र पार्टीका जिम्मेवार नेताहरु मनिष झा र हरि ढकाललाई पनि उक्त दायरामा ल्याउन भनेको छ । आयोगले लामिछाने कारगारबाट बाहिर निस्कनुमा को कसको कस्तो संलग्नता थियो भन्ने सम्बन्धमा नख्खु कारागारका प्रशासक सत्यराज जोशीमाथि पनि अनुसन्धान हुनुपर्ने उल्लेख गरेको छ ।

ओली र लेखकलाई छ महिना काराबासको सिफारिस
        २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा मानव अधिकार उल्लंघन गरेको ठहर गर्दै राष्ट्रिय मानव अधिकार आयोगले पूर्व–प्रधानमन्त्री केपी ओली, पूर्व–गृहमन्त्री रमेश लेखक तथा पूर्व सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङसमेतलाई ६ महिना कैद सजाय गर्न सरकारलाई सिफारिस गरेको छ । जेन–जी आन्दोलनका क्रममा भएको क्षतिको अनुसन्धान गरी आयोगले तयार पारेको प्रतिवेन आज बुधबार सरकारलाई बुझाइएको आयोगले जनाएको छ ।
        प्रतिवेदनलाई अन्तिम रुप दिन गत मंगलबार आयोगको बैठक बसेर सर्वसम्मत निर्णय गरेको थियो । यसै बिषयमा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन साहलाई गौरीबहादुर कार्कीको प्रतिवेदन र मानव अधिकार आयोगको प्रतिवेदन कहिले सार्वजनिक हुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री साहले अहिलेसम्मका सबै प्रतिवेदनको अध्ययनपछि सार्वजनिक गरिने कुरा बताएका थिए ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्