IMG-LOGO

एमालेको संयुक्त बैठक अड्कियो फागुन २८ को निर्णय कार्यान्वयन गर्ने ओली, निर्णय नमान्ने नेपाल  

 मंगल, चैत ३, २०७७  ---

चार महिनाको अन्तरालपछि आमनेसामने भएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता झलनाथ खनाल तथा माधवकुमार नेपाल पक्षका नेता संवाद जारी राख्ने सहमति गरेर छुट्टिएका छन् । फागुन २८ को निर्णय खारेज भएमा मात्र  नेपाल–खनाल समूहले राष्ट्रिय कार्यकर्ता भेला रोक्ने बताएका छन् ।एमाले पार्टी कार्यालय धुम्बाराहीमा हिजो बसेको दुवै समूहको संयुक्त बैठकमा ३ दिनअघि (फागुन २८) अध्यक्ष ओलीले गरेको बैठक र लिइएको निर्णय बदर गर्ने कि नगर्ने भन्नेमा एकअर्को समूहका नेतालेले अडान कसाकस गरे । नेता नेपालले सर्वोच्च अदालतले नेकपा एमाले ब्यूँताइदिएको र फेरि सहमतिका साथ अघि बढ्नुपर्नेमा एकलौटी निर्णय किन लिइयो भन्दै अध्यक्ष ओलीलाई प्रश्न गरेका थिए  ।
जवाफमा ओलीले निर्णय फिर्ता नलिने र नेपाल–खनाल पक्षले आह्वान गरेको राष्ट्रिय भेला रोक्न आग्रह गर्नुभएकोमा नेपाल–खनाल पक्षले नमान्ने भएको छ ।बैठकमा अध्यक्ष ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल,उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र विष्णु पौडेल, सचिवहरु प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, नेताहरु सुवासचन्द्र नेम्वाङ, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी थिए । पछिल्लो खबर अनुसार एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले आउँदो ४ र ५ गतेका लागि तय गरेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको छ । सोमवार बानेश्वरमा बसेको यस समूहको केन्द्रीय सदस्य तथा सांसदको बैठकले यस्तो निर्णय लिएको हो ।  यस्तै नेपाल–खनाल समूहले मङ्गलवार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा आयोजित चियापान कार्यक्रममा जाने÷नजानेबारे कुनै निर्णय लिएको छैन । यस समूहले अहिलेकै अवस्थामा ओलीले निम्ता गरेको चियापान र केन्द्रीय कमिटी बैठकमा नजाने अडान राखेको छ ।  
 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्