IMG-LOGO

महामारीको दोस्रो लहर कसरी आयो ? निम्तो मान्दा धेरैको ज्यान गयो

 मंगल, जेठ ४, २०७८      टाइम्स विश्लेषक

    बैशाख महिनाको पहिलो साताबाट ह्वात्तै बढेको कोभिड -१९ को संक्रमणलाई  नेपालमा कोरोनाभाइरस महामारीको दोस्रो लहर मानिएको छ ।
    यो महामारी भारतबाट नेपालमा फैलिएको हो ।  खुल्ला सिमाना त्यसमा पनि यो महामारीमा नेपाल प़mर्किएकाहरुको स्वास्थ्य चेक जांच नहुनु कोरोना फैलिनुको प्रमुख कारण हो ।  शुरुमा बाँके जिल्लाको नेपालगन्जमा ह्वात्तै देखिएको महामारी राजधानी काठमाडौँ उपत्यकामा फैलियो  । बिहे र ब्रतबन्धको लगन छोप्न धेरैले बिहे , ब्रतबन्ध आयोजना गरे  ।  बैशाख महिनामै कोरोना गाऊ र शहरका घर घरमा पुग्यो  ।  निम्तो मान्न जाने जन्ती , घर गाउँलेलाई मात्र कोरोना संक्रमण भएन श्रीमतभागवत सप्ताहको निम्तो  मान्न गएका कथा श्रवण गर्ने सबैलार्ई कोरोना सल्कियो र घर घरमा कोरोनाका बिरामी भए  ।  धेरैले रोग लुकाए संक्रमण पुष्टी भएका पनि निर्धक्क बजार पसल गए अनि रोक्न नसक्ने गरि महामारी फैलियो  ।  धेरैको  मृत्युको  कारण कोरोना बन्यो  ।  अहिले हामीले चिनेका जानेका ब्यत्तिहरु मरेको खबर सुन्दा , आँखाले देख्दा पनि यो रोग प्रति संवेदनशील भएका छैनौ । राज्य रमिते जस्तो भएको छ ।  दुइ साताका लागि कडा लकडाउन आजको आवस्यकता हो  ।  देशभरी  कडा लकडाउन , शंका लागेका र संक्रमितको सम्पर्कमा पुगेकाको पिसीआर परिक्षण ,संक्रमित भएकालार्ई  स्वास्थ्यकर्मीको रेखदेखमा आइसोलेशन र  १६ दिन पछि पुन ः पिसिआर परिक्षण नै कोरोना रोकथाम नियन्त्रणको उपचार बिधि हो ।    
    गत वर्ष २०७६ माघ महिनामा नेपालमा चीनबाट फर्किएका एक व्यक्तिमा पहिलो पटक कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो । केही महिना विदेशबाट फर्किएका व्यक्तिमा फाट्टफुट्ट सङ्क्रमण देखिएको थियो २०७७ जेठ महिनादेखि दैनिक सङ्क्रमण पुष्टि हुने क्रम बढ्यो । फागुन महिनामा आउदा मृत्यु सुन्य भएको कोरोना २०७८ बैशाख देखि  ह्वात्तै बढ्न थालेको हो   ।विश्व स्वास्थ्य संगठनले नेपालमा   कोरोनाभाइरस महामारीको दोस्रो लहर  आएको र यो निकै खतरापूणर् भएको बताएको छ  ।नेपालमा कोरोनाको सङ्क्रमण दर र मृत्युदर खराब भएकोले यो महामारीसँग जुझ्न नेपाललार्ई आपत्कालीन विश्व सहयोग आवश्यक रहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले बताएका छन् । गत शुक्रवार नियमित प्रेस सम्मेलनमा बोल्दै डा. गेहब्रेयससले भारत मात्रै नभई नेपाल, भियतनाम, क्याम्बोडिया, थाइल्यान्ड र इजिप्ट जस्ता देशहरूमा पनि सङ्क्रमण र अस्पताल भर्ना ह्वात्तै बढेको बताएका हुन् ।
    अहिलेसम्म दैनिक पुष्टि भएको सङ्क्रमण र मृत्युको तथ्याङ्कलाई हेर्दा यो महामारी भारतमा भन्दा नेपालमा धेरै खतरा देखियो ।  बिशाल जनसंख्या भएको छिमेकी देश चीनमा भन्दा नेपालमा मृत्यु संख्या बढी भयो ।  २०१९ को नोबेम्बरमा चीन बाटै यो रोग देखा परेको थियो ।
     कोरोनाभाइरस महामारीबाट हालसम्म मृत्यु हुनेहरूको सङ्ख्यामा नेपालले चीनलार्ई उछिनेको छ  । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा ५ हजार भन्दा बढीको कोभिड-१९ सम्बन्धी कारण मृत्यु भएको छ जुन उत्तरी छिमेकी चीनभन्दा बढी हो ।
    जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार चीनमा त्यही अवधिमा कोरोनाभाइरसका कारण  मात्र ४ हजार ८ सय ४६ जनाको मृत्यु भएको तथ्यांक छ ।केही सातायता सङ्क्रमितहरू बढिरहँदा बिरामीहरूलार्ई अक्सिजनदेखि अस्पतालमा शय्यासम्म उपलब्ध गराउन हम्मेहम्मे भइरहेको छ  । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कका अनुसार पछिल्लो समय दैनिक औसतमा आठ हजार सङ्क्रमित थपिने गरेका छन् भने १०० जनाभन्दा बढीको मृत्यु पुष्टि हुने गरेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्