IMG-LOGO

रोगले भन्दा कोरोनाको डरले ज्यान गुमाउनेहरू बढी

 मंगल, जेठ १८, २०७८  ---

लुम्बिनीमा कांग्रेस विजयी
लुम्बिनी प्रदेशमा हिजो सम्पन्नराष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन्।उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५२८ मतभारले हराएका हुन्। पाण्डेय एमाले पार्टी छोडेर कांग्रेस भएका थिए उनले  ४१४० मत ल्याए भने खड्काले  ३६१२ मत पाए। कांग्रेस उम्मेदवार पाण्डेयलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जसपाको बाबुराम-उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन थियो । यसअघि माओवादी केन्द्रवाट राष्ट्रिय सभाका सदस्यमा विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेपछि सो पद रिक्त भएको थियो ।

    कोरोना भाइरसको दोश्रो लहरमा रोग लागेपछि बांचिदैन  भन्ने त्रासले धेरै मान्छे मरेको मानो चिकित्सकहरु बताउछन ।  स्वास्थ्य मापदण्ड आप्नाउदै सुरक्षित भएर संक्रमितले आत्मबल दह्रो बनाए कोरोना त्यति भयानक होइन।  बिरामीका आफन्तले पनि  ख्याल राखे  कोरोनासँग डराउनु  नपर्ने कुरा मनोचिकित्सकहरु बताउछन ।  विश्वव्यापी कोरोना कहरले मनोसामाजिक समस्या बढिरहेको छ । भय र निराशाको आयतन बढ्दै जाँदा मानसिकरूपमा विचलित हुने क्रम बढेको छ । 
    मानसिक विचलनकै फलस्वरूप मानिसमा डिप्रेसन, असामान्य व्यवहार र आत्महत्यासम्मको समस्या बढेको छ । आर्थिक तथा सामाजिक असुरक्षाको अनुभूतिले गर्दा मानिसमा भय र चिन्ता बढ्ने र अन्ततः त्यही कारण मानिसमा मानसिक समस्या बढ्ने हो । त्यसैले त्यस्तो भय र चिन्ता बढ्न नदिनेतर्फ ध्यान दिनु आवश्यक हुन्छ । यस्तो समस्या उत्पन्न हुन नदिन अथवा यस्तो समस्यालाई न्यूनीकरण गर्न आपसमा सहयोगी भावनाको खाँचो हुन्छ । सहयोगी भावनाले एकआपसमा भरोसा पैदा गर्छ । यस्तो भरोसाको अनुभूतिले भय र चिन्ता कम गरी मानसिक समस्या न्यूनीकरण गर्छ । 
    ‘कोरोनाका कारण मान्छेमा भय बढ्यो, डिप्रेसनले सतायो । यसलाई हटाउन सक्रिय भूमिका खेल्न जरुरी छ। मनोविद् र मनोचिकित्सकहरूका अनुसार कोरोना कहरकै बेला मन डराउने, आत्तिने, छट्पटिने, मन उदास हुने, जाँगर नआउने, चिड्चिडापन, निद्रा नलाग्ने जस्ता समस्या धेरै मानिसमा देखिएको छ । यद्यपि यस्तो समस्या विशेषगरी न्यून आय वर्गका मानिसमा बढी देखिएको छ । आम्दानीको निश्चित स्रोत नभएका, रोजगारी संकटमा परेका, बेरोजगार बनेका, आम्दानी शून्य भएका धेरै मानिसमा यो कोरोनाकालमा उल्लिखित समस्या देखिएको छ । यस्तो समस्या देखिनुको मूल कारण आर्थिक तथा सामाजिक असुरक्षा नै हो । 
    नेपाली समाजमा नकारात्मक दृष्टिकोणले हेरिने मध्येको एक विकराल रोग मनोरोग (एन्जाइटि र डिप्रेसन) पनि हो। विकसित मुलुक (यूरोप अथवा अमेरिका)मा यो रोगको बारे खुलेर बहस र चेक-जाँच हुने भएकोले करिब-करिब कति प्रतिशत मानिस यो रोगबाट शिकार भएका छन् आँकडा बाहिर आएको हुन्छ। तर नेपालमा यो रोग लागेको व्यक्ति समाजमा खुलेर हिँड्न नसक्ने र सकेसम्म रोग लुकाउन कोसीश गर्ने भएकोले कति प्रतिशत व्यक्तिहरू यो रोगबाट ग्रसित छन् भन्ने ठीक तथ्याङ्क निकाल्न गाह्रो छ ।


काभ्रेमा विकास बजेट
  बागमती प्रदेशबाट काभ्रेका पाँचबटा विभिन्न सडकका लागि ८१ करोड बजेट  काभ्रेको पर्यटन पूर्वाधारको विकासका लागि झण्डै १३ करोड बजेट  छ  ।
  भिमसेनस्थान पर्वाधार बिकास, भुम्लुका लागि चार करोड बैसठ्ठी लाख,चण्डेश्र्वरी सिँढी निर्माण बनेपाका लागि तीनकरोड तिसलाख र तिनधारे झरना संरक्षण तथा पुर्वाधार निर्माण रोशीका लागि पाँच कारोड पर्यटन बिकासका लागि पर्यटन मन्त्रालयबाट स्विकृत साझेदारीकाभ्रेमा २०६ संक्रमित ६ को मृत्यू
कोरोना संक्रमबाट काभ्रे जिल्लामा सोमबार २०६ जना नयाँ संक्रमित थपिएका छन् । हिजो पाँचखाल न.पा.मा सबैभन्दा बढी ४२ जना संक्रमित फेला परे भने रोशी गा.पा.मा ४१ जना फेला परेका छन् । ३ सय ८५ जना संक्रमित निको भएर घर फर्किएका छन् भने ६ जनाको निधन भएको स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।      
    पछिल्लो २४ घण्टामा देशभर थप ४७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर र २४२५ एन्टिजेन परीक्षणमा ४७६२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ भने ६ हजार ४९१ जना संक्रमणमुक्त भएका छन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्