IMG-LOGO

संसद विघटनप्रति सर्वत्र विरोध

 मंगल, पौष ७, २०७७  ---

 नेपाल कम्युनिष्ट पार्टी नेकपामा अध्यक्ष एवं प्रधानमन्त्री के.पी.शर्मा ओलीले आइतबार संसद विघटन गरे पछि देशैभरी विरोध प्रदर्शन गरी सर्वत्र विरोध भएको छ । नेकपा भित्रका माधब गुट, प्रचण्ड गुट र विपक्षी दल सबैले विरोध प्रर्दशन गरेका छन् । नेपाली जनताले विस्वास गरेर ५ बर्षको लागि सरकार सञ्चालन गर्न दिए पनि उक्त जिम्मेवारी पुरा गर्न नसकी सत्ता लिप्साका कारण आफू भए सबै ठिक अरु भए सबै बेठिक भन्ने गलत मानसिकताले सम्बैधानिक कु गरेर प्रम के.पी. ओलीले दम्भ देखाएको प्रतिपक्ष नेपाली कांग्रेस लगायतका विपक्षी दलले आरोप लगाएका छन् । असम्वैधानिक कदम विरुद्ध नेकपा भित्र माधव नेपाल र प्रचण्ड गुट र प्रतिपक्ष र अन्य राजनीतिक दलहरु नै सशक्त आन्दोलन सडकबाट आन्दोलन गर्ने भएका छन् । काभ्रेमा पनि सम्बीधान माथि नै कु गरेको भन्दै नेकपा काभ्रेको माधव नेपाल पक्ष र प्रचण्ड पक्षका केही नेता कार्यकर्ताले बनेपाको चार दोबाटोमा विरोध प्रदर्शन गरे कार्यक्रममा नेकपा काभ्रेका सचिव टोकबहादुर वाइवा, नेकपा काभ्रेका नेताहरु हरिशरण दाहाल, इन्द्र बहादुर तामाङ (छिन्ताङ), तेजबहादुर मिजार, विष्णु बहादुर मिजार लगायतका नेता तथा कार्यकर्ताले विरोध प्रदर्शन गरेको थिए ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्