IMG-LOGO

काभ्रे बसको तेमालमा सेवा विस्तार 

 मंगल, पौष ७, २०७७  ---

 बनेपा, काभ्रे बस प्रा.लिले काठमाण्डौँ स्वएम्भु देखि तेमाल गाउँपालिकाका मेच्छेपैवा सम्म सेवा विस्तार गरेको छ । ग्रामीण भेगमा जनताहरुलाई यातायातको सहज उपलब्धता पुर्‍याउन बस सेवा शुरु गरेको काभ्रे बस प्रा.लि का अध्यक्ष वणर् शाक्यले जानकारी दिनुभयो । आइतबारबाट सेवा शुरु गरेको उक्त बस सेवाले तेमाल गाउँपालिकाका सेवाग्राही खुसी भएका छन् । विहान ५ बजे काठमाण्डौँ स्वएम्भुबाट विहान ५ बजे बस छुट्ने छ । चाहवेल ५.४५ बजे, कोटेश्वरबाट ६ बजे बस छुट्ने छ । काठमाण्डौँबाट करीब ८५ कि.मी. दुरीमा रहेकोमा भाडादर रु ३ सय २० कायम गरेको जनाएको छ । काठमाण्डौँ स्वएम्भुबाट विहान छुटेको बस दिउँसो तेमालमा पुगेर दिउँसो नै पुन फर्केर काठमाण्डौ आउने छ । सुपर डिलक्स गाडीको ३२ सिटको क्षमता रहेको उक्त बसको आरामदायी सिट छ । कोट तेमाल, माउर,े ठूलो पर्सेल र नारायण थान, महाभारत लगाएतका क्षेत्रमा यातायात सेवा पुर्‍याउँदै आएको कार्यालय प्रमुख गोकणर् श्रेष्ठले जानकारी दिनुभयो । तेपाल गाउँपालिका क्षेत्रमा मात्र काभ्रेबसको १० वटा बस सञ्चालनमा छन् । काभ्रे बस प्रा.लिका १ सय ६५ बसले यात्रुहरुलाई  सेवा दिदैँ आएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्