IMG-LOGO

विमल ओझाको ‘ल ल भैगो’

 मंगल, पौष ७, २०७७  ---

युवा गितकार विमल ओझाको ‘ल ल भैगो‘’ शीर्षकको गीत र म्युजिक भिडियो बजारमा आएको छ । हेटौडा जन्मथलो भई अमेरिकाको भर्जिनिया बस्ने ओझाले मायामा हार्दा पनि जितको अनुभव हुन्छ भन्ने भावमा रचना गरेको गीतलाई सागर न्यौपानेले संगीत दिएका छन् । प्रेमिकालाई फकाउँदा आफू हार्नलाई पनि तयार भएको सन्देश दिंदै गीतले प्रेमी प्रेमिकाबीचको मनोभावनालाई देखाएको छ । सरल शब्दमा मायालाई प्रकट गर्ने प्रयास गरिएको यो गीतलाई शास्त्रीय संगीतका लोकप्रिय गायक सजल न्यौपानेको स्वरले झनै आकर्षक बनाएको छ । यस गीतको म्युजिक भिडियोमा कलाकार सुरविना कार्की, देबेन्द्र बब्लुको मुख्य भूमिका रहेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्