IMG-LOGO

तोदे जातको अलैंचीको विरुवा प्राप्त पछि किसानहरु हर्षित

 मंगल, असार १५, २०७८  ----

  1.        पनौती नगरपालिकाले कृषि तथा पशु पंछि विकास शाखाले नगरपालिकाका कृषकहरुलाई उन्नतनश्ल जातको अलैचीको विउबाट उत्पादन गरेका विरुवाहरु वितरण गर्ने योजना अनुरुप बुधबार एक कार्यक्रम बिच पनौती वडा नं १ रयाले र वडा नं. ३ का कृषकहरुलाई अलैचीको विरुवा वितरण गरेको छ । नगर प्रमुख भिम न्यौपाने, उपप्रमुख गिता बञ्जारा, पनौती-१, रयालेका वडा अध्यक्ष गुणनाथ सापकोटा र पनौती नगरपालिका पशु पंछि विकास शाखा प्रमुख मणिप्रसाद सापकोटाले संयुक्त रुपमा कृषकहरुलाई तोदे जातको उच्च नश्लको अलैंचीको विरुवा वितरण गरेका थिए । नगरपालिकाका १२ वटै वडाका कृषकहरुलाई ४० हजार विरुवा दिइने जनाएको छ । वडाका किसानहरुले कम्तीमा १ रोपनी जग्गामा अलांैचीको दाना खरिद गरी विरुवा उत्पादन गरेको कृषि तथा पशुपंछि विकास शाखाका प्रमुख मणिप्रसाद सापकोटाले जानकारी दिए । १२ लाख लगानी गरी साढें २ लाख विरुवा उत्पादन गरेको नगरपालिकाले जनाएको छ । नेपाली अलैंचीमा रोग बढी लाग्ने, रोग प्रतिरोधात्मक क्षमता कम हुने कम फल फल्ने भएकाले भुटानबाट अलैचीको दाना खरिद गरी विरुवा उत्पादन गरेको नागरपालिकाले जनाएको छ । अलैंचीको बिरुवा किसानले ४० प्रतिशत नगरपालिकाले ६० प्रतिशत बेहोर्ने गरी कृषकलाई विरुवा वितरण गरिएको हो । मध्य पहाडी क्षेत्रमा बलौटे माटो रातो माटोमा १५ सय देखि २ हजारको तापक्रममा अलैची उत्पादन हुने विज्ञको सुझाव रहेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्