IMG-LOGO

इस्कोन पनौतीले श्रीकृष्ण जन्मास्टमी मनायो

 मंगल, भदौ ३, २०८२  --

 

     नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन पनौती) को आयोजनामा श्रीकृष्ण जन्मास्टमी महा महोत्सव २०८२ को अवसरमा भजन किर्तन बिबिध कार्यक्रम गरि मनाएको छ । इस्कोन पनौतीका अध्यक्ष प्रद्दिप्पन कृष्ण  दास (प्रदीप सत्याल) को सभापतित्वमा तथा बागमती प्रदेश साम्सद एबम पुर्वमन्त्री तिर्थ लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा बोल्दै पूर्वमन्त्री लामाले धर्मले सामाजिक एकता, नैतिकता, चरित्र निर्माणमा सहयोग हुने बताउनुभयो । उहाँले इस्कोन पनौतीको लागि आवश्यक पर्ने सहयोग गर्न आपूm तयार रहेको उल्येख गर्नुभयो । पनौती नगरपालिकाका प्रमुख रामसरण भण्डारी विशिष्ट अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा स्वागत मन्तव्य मनिशा चालिसेले गर्नुभयो । इस्कोन पनौतीकी पप्लिक रिलेशन अफिसर संजीता तिमल्सिनाका अनुसार कृष्ण जन्मा अस्टमी विश्वका १ सय ५० भन्दा बेसी देशमा मनाउने गरेको जानकारी दिनु भयो । पनौती वडा नं. ४ का अध्यक्ष दिपक दाहाल, नेपाल पत्रकार महासंघ काभ्रे पूर्व अध्यक्ष बद्रीराज तिमल्सिना, सामुदायिक रेडियो प्रसारक काभ्रेका अध्यक्ष रमेशप्रसाद न्यौपानेको अतिथ्यता रहेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्