रोटरी क्लब अफ पनौतीको १० औं पदस्थापन कार्यक्रम गत मंगलबार सम्पन्न भएको छ । रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का पूर्व डिष्ट्रिक गर्भनर दिलेन्द्रराज श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वर्ष २०२४–२०२५ का अध्यक्ष मणिप्रसाद सापकोटाले वर्ष २०२५–२०२६ का अध्यक्ष यतिराज अधिकारीलाई पद हस्तान्तरण गर्नुभयो । कार्यक्रममा वर्ष २०२४–२०२५ मा भएका विभिन्न गतिविधिहरुका बारेमा अध्यक्ष मणिप्रसाद सापकोटाले जानकारी गराउनुभयो । रोटरी क्लब अफ पनौतीको वर्ष २०२५–२६ का लागि यतिराज अधिकारीको अध्यक्षतामा चयन नयाँ कार्यसमितिको सचिवमा ई. विनोद बजगाई, डिरेक्टर– क्लब एड्मिनमा मणिप्रसाद सापकोटा, भावी अध्यक्षमा राजेशसुन्दर सैंजु, निर्वाचित अध्यक्षमा सुबेश ताम्राकार, उपाध्यक्षमा कृष्ण प्रसाद सैंजू, कोषाध्यक्ष एवं डिरेक्टर–इन्भाइरोमेन्टमा मधुसुधन गुरागाईं, सर्जेन्ट एट आर्मस् मा डा. गणेश बञ्जारा, डिरेक्टरहरुमा डा. नारायणचरण श्रेष्ठ (मेम्बरसिप), प्रा.डा. सुमनराज ताम्राकार (पब्लिक ईमेज), दिपा स्याङतान (सर्भिस प्रोजेक्ट), ई. सितु सैंजु (टिआरएफ) र इन्द्रमणि तिमल्सिना (युथ सर्भिस) रहनुभएको छ । उक्त अवसरमा रोटरी पत्रकारिता र स्वास्थ्य सम्मान प्रदान गरिएको थियो । क्लवका संस्थापक अध्यक्ष प्रा.डा. सुमनराज ताम्राकारले स्व. आमा–बुबाको स्मरणमा स्थापना गरेको ‘पुष्पराज स्मृति रोटरी पत्रकारिता सम्मान’ वरिष्ठ पत्रकार मधुसुदन गुरागाईं र ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ केयु स्कूल अफ मेडिकल साइन्सेजका डीन प्रा.डा. मनोज हुमागाईंलाई प्रदान गरियो । दुबै सम्मानको राशी ५÷५ हजार रुपैंया र सम्मान पत्र रहेको छ । त्यस्तै मणिप्रसाद सापकोटाले स्व. माता पिताको स्मरणमा स्थापना गरेको ‘द्रोण–दुर्गा स्मृति रोटरी प्राबिधिक (पशु प्रजनन) सम्मान’ प्रदान गरिएको थियो । जिल्लाभर कृत्रिम गर्भाधान गराउने पशु प्राबिधिक गोविन्द तिमल्सिना र पनौती नगरपालिका भरमा उत्कृष्ट कृत्रिम गर्भाधानकर्ता पशु प्राबिधिक शुभदेव दाहाललाई सम्मान गरियो । कार्यक्रममा पनौती नगर प्रमुख रामशरण भण्डारी, रोटरिका निवर्तमान एसिस्टेन्ट डिष्ट्रिक गर्भनर भुवन कुँवर, संस्थापक अध्यक्ष प्रा.डा. सुमनराज ताम्राकार, पूर्व अध्यक्ष सितु सैंजु, भावी अध्यक्ष राजेशसुन्दर सैंजु, सहायक गभर्नर रामप्यारी बस्नेत बज्राचार्य, रोटरी क्लवका पदाधिकारीहरु, अन्य क्लबका रोटरीयनहरुको सहभागिता रहेको थियो । रोटरीयन दिपा स्याङतानले संचालन गर्नुभएको कार्यक्रममा लिलानाथ सापकोटा र भिमसेन के.सि ले रोटरी क्लब अफ पनौतीको नयाँ सदस्यता ग्रहण गर्नुभएको थियो । उक्त कार्यक्रममा स्वागत मन्तव्य राजेश सुन्दर सैंजुुले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन मधुसूदन गुरागाईले गर्नुभयो ।
